निर्णय नं. १२९८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२९८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०७/०६ २०६६ निर्णय नं. १२९८ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको रिट निवेदन नं. ८०६ आदेश भएको मिति : २०३६।७।६।३ मा निवेदक : का.जि. का.न.पं.वार्ड नं. १६ क्षेत्रपाटी बस्ने आजिम शाह विरूद्ध विपक्षी : साझा केन्द्रीय सञ्चालक समिति केन्द्रीय कार्यालय पुल्चोक समेत विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) निर्णय गर्दाको मिति भन्दा अघिको मिति देखि निवेदकलाई नोकरीबाट बरखास्त गर्ने गरेको अध्यक्ष साझा केन्द्रीय कार्यालयको निर्णय तथा सो निर्णय उपर पुनरावेदन पर्दा साझा केन्द्रीय सञ्चालक समितिको बैठकले बरखास्त गरेको समर्थन गरेको निर्णयहरू त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३४।५।२३ मा दर्ता भएको रहेछ । २. तथ्य यस प्रकार छ : गत असोज ७ गते चेकबुकबाट एकपाना हराएको थाहा पाएपछि पनि बित्तीय नियन्त्रण विभागको एक अधिकृत भएर तपाईंंले पनि कुनै पर्याप्त कदम नउठाएकोले आफ्नो जिम्मेवारी बहन गर्न नसक्ने भई संस्थाको अहित हुन गएकोबारे तपाईं उपर किन कारवाही नहुनु भनी लिखित स्पष्टीकरण मागिएकोमा तोकिएको समयावधि भित्र तपाईंले स्पष्टीकरण पेश नगर्नुभएकोले साझाकेन्द्रीय सञ्चालक समितिको ०३३।७।१६। को बैठकले चेक हराएको बारे कारवाही गर्न गराउन अध्यक्षलाई दिएको अधिकार प्रयोग गरी तपाईंलाई ०३३।७।२३ देखि नोकरीबाट बरखास्त गरिन्छ भन्ने मिति ०३३।८८ को र त्यस उपर पुनरावेदन गरेकोमा साझा केन्द्रीय सञ्चालक समितिको मिति ०३४ साल बैशाख १५ गते बसेको बैठकले तपाईंलाई बरखास्त गरेको समर्थन गरेको विषय अवगत गराएको छु भन्ने मिति ०३४।१।२२ को विपक्षी साझा केन्द्रीय कार्यालय पुल्चोकबाट निवेदकलाई लेखेको पत्र रहेछ । ३. रिट निवेदन जिकिर यस प्रकार छ : मलाई नोकरीबाट बरखास्त गर्ने गरी विपक्षी अध्यक्षले निर्णय गर्न पाउने अधिकार साझा कामदार प्रशासन नियमावली, ०३३ कुनै परिच्छेद तथा दफाले प्रदान गरेको देखिँदैन । क्षेत्राधिकार नाघी निर्णय गर्न नहुने कानूनी सिद्धान्त छ । मलाई साझा कामदार प्रशासन नियमावली, ०३३ को परिच्छेद २ को नियम १ को (ख) अनुसार संस्था प्रमुखले सञ्चालक समितिको पुर्वस्वीकृत लिई नियुक्ति गर्नुभएको हो विपक्ष अध्यक्षले गर्नुभएको होइन विपक्षी अध्यक्षज्यूले गर्नुभएको सजाय साझा कामदार प्रशासन नियमावली, ०३३ को परिच्छेद २ को नियम १ को (ख) को बर्खिलाप हुन गएको छ, सो उपरको पुनरावेदन सुन्ने अधिकारी समेत कानून विपरीत कानून बमोजिम प्रष्ट अधिकार नभएको प्रष्ट छ । सोही नियमको परिच्छेद ७ को नियमको उपनियम (५) को देहायमा उल्लिखित कुन अवस्थाको उल्लंघन भएको हो मलाई दिएको पत्रबाट देखिँदैन । मैले समयमै पेश गरेको प्रष्टीकरण दर्ता नगर्दैमा मेरो म्याद गएको भन्न अ.बं.१८ नं. ले समेत मिल्दैन । मबाट स्पष्टीकरण ०३३।८।६ गते मागियो ७ गते अधिराज्यभर विदा परेको थियो ८ गते स्पष्टीकरण पेश गरेकोलाई पेश नगरेको भनी खोट लगाउनु न्यायसंगत होइन पुनरावेदनमा लिएको जिकिरको ख्यालै राखिएन चेक जिम्मा लिने श्री रविन्द्रबहादु