निर्णय नं. १२९९ - उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२९९ - उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०५/२६ १९५४ निर्णय नं. १२९९ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् ०३४ सालको रिट नम्बर १११५ आदेश भएको मिति : २०३६।५।२६।२ मा निवेदिका : लमजुङ जिल्ला चसकु गा.पं.वार्ड नं. १ चिसकु बस्ने भिद्रिका पौडेल विरूद्ध विपक्षी : श्री शाखा अधिकृत जिल्ला कार्यालय भूमिसुधार लमजुङ बेँसिसहर विषय : उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) बाली भराई जग्गाबाट निश्काशन गरिपाउँ भन्ने उजूरीमा अधिया बाली विपक्षीले जग्गाधनीलाई बुझाउने, निवेदिकाले बुझिलिने र मोहीको रेकर्ड राखी मोही कायम राख्ने भन्ने निष्कर्षमा पुगेर सो सम्बन्धमा कुनै कारण आधार समेत उल्लेख नै नगरी गरेको निर्णय–कानूनको दृष्टिमा त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ९) निवेदीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय, विद्वान अधिवक्ता श्री नुतन थपलिया उल्लिखित मुद्दा : आदेश न्या. बासुदेव शर्मा : विपक्षी भूमिसुधार शाखाको ०३४।१०।२७।५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गराई माग्न नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३४।१२।१ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धित संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको रहेछन् : २. मेरो हक भोगको जग्गा कित्ता ४ विपक्षी जितबहादुरले कमाई आएको ०३२ सालको धान बाली नबुझाएकोले दिलाई भराई जग्गाबाट निष्काशन गरिपाउँ भन्ने निवेदिकाको विपक्षी कार्यालयमा उजूर पर्दा धान चोरिएकोले जग्गाधनीका भाइ लक्ष्मीप्रसादलाई आधी धान दिई भरपाई माग्दा भोलि दिउँला भनी गरिएकोले चंखे सार्की समेत बुझी पाउँ र मेरो मोहियानी हक कायम गरिपाउँ भन्ने समेत विपक्षी जितबहादुरको प्रतिउत्तर परेको रहेछ । धान मुरी २२।४ मा धान मुरी ११।२ जग्गाधनीलाई विपक्षीले बुझाउने निवेदकले बुझी लिने कानून बमोजिम बाली कटनी मडनी गरेका र बाली बुझाएको प्रमाण विपक्षीले पेश गर्न नसकेबाट मोही विपक्षी जितबहादुरको मोही कायम राख्ने ठहराई विपक्ष भूमिसुधार शाखाबाट ०३४।१०।२७ मा निर्णय भएको रहेछ । ३. भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९(१) बमोजिम निष्काशन गर्नुपर्नेमा नगरिएको निर्णय प्रत्यक्षतया कानूनको त्रुटिपूर्ण छ वादी र प्रतिवादीको जिकिरको मुख नमिलेको कुरामा मुलुकी ऐन अ.बं.१८४क. नं. बमोजिम प्रमाण बुझी निर्णय गर्ने अवस्थामा अ.बं.१८५, १८९ नं. भूमिसम्बन्धी ऐनको दफा २९(१) समेतलाई ध्यानमा राखी निष्काशन गर्नुपर्ने कारण समेत खुलाई बुँदा प्रयोग गरी निर्णय गर्नुपर्नेमा नगरी मोही कायमै राख्ने भनी गरिएको निर्णय कानूनसंगत छैन वादी दावी बमोजिम इन्साफ गरिएन आयस्ता बाली कायम गरिएको मिलेको छैन निवेदक काशिराम राजबंशी विरूद्ध भूमिप्रशासन कार्यालय समेत भएको उत्प्रेषणको निवेदनमा फुल बेञ्चबाट ०३३।९।२४।६ मा कानूनी सिद्धान्त प्रतिपादित गरी निर्णय नं. ९९५ ने.का.प. २०३३ पृष्ठ संख्या १७६ मा प्रकाशित छ उक्त नजीरलाई विपक्षी शाखा अधिकृतको निर्णय बदर गरिपाउँ । ४. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चको ०३४।१२।२।४ को आदेशानुसार प्राप्त हुन आएका विपक्षीहरूका लिखितजवाफ जिकिर यस प्रकारको रहेछन् : ५. मुलुकी ऐन अ.बं.१८४ क.नं. प्रमाण बुझी निर्णय गर्ने अवस्था अ.बं.१८५, १८९ नं. भूम