निर्णय नं. ७२३ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२३ - जालसाजी भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/06/11 १९६९ निर्णय नं. ७२३ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री राजा ईश्वरीजंगबहादुर सिंह सम्वत् २०२८ सालको फौ.फु.नं. २८ फैसला भएको मिति : २०२९।६।११।६ मा निवेदक : जि.पर्सा प्र.जगतपुर मौजे मधुवनी बस्ने सिफती मलाईनी विरूद्ध विपक्षी : ऐ.प्र.नौरङ्गीयातर्फ जगतपुर मौजे हसवा बस्ने विश्वनाथ पाध्यासमेत मुद्दा : जालसाजी (१) कीर्ते कागजको ऐन अन्तर्गत जालसाजीमा दावी लिई फैज्दारीमा दर्ता गरेको मुद्दामा, फिरादपत्रमा ४ खण्डको १ खण्ड पाउने अंशियारको वास्तै नगरी भन्ने लेखेकोसम्मबाट, लेनदेन व्यवहारको ऐन प्रयोगमा ल्याउन नमिल्ने । म समेतको अंश हक लाग्ने जग्गा मेरो मञ्जूरी नलिई बिक्री गरेको बदर गरिपाउँ भन्ने दावी लेनदेन व्यवहारको ऐन अन्तर्गत र मसमेतका अंश हक लाग्ने जग्गा मलाई थाहा नदिई जालसाजी राजीनामा लिनु दिनु गरेको बदर गरी जालसाज गरेमा सजाय गरिपाउँ भन्ने दावी कीर्ते कागजको ऐन अन्तर्गत पर्न आउने दुई भिन्न भिन्न विषय हुन् जस्तो कि अदालती बन्दोवस्तको ९ नं.अनुसार लेनदेन व्यवहारको ऐन अन्तर्गत दावी भएको नालेस देवानी हुने र त्यस्तो नालेस दर्ता गर्दा कोर्टफी ऐन, २०१७ अनुसार लाग्ने कोर्टफीसमेत दाखिल गर्नु पर्ने हुन्छ कीर्ते कागजको ऐन अन्तर्गतको नालेस फौज्दारी हुने र त्यस्तो नालेस गर्दा कोर्टफी राख्नु पर्दैन प्रस्तुत नालेस लेनदेन व्यवहारको ऐन अन्तर्गत दावी लिई कोर्टफीसमेत राखी देवानीमा दायर गरेको नभई कीर्ते कागजको ऐन अन्तर्गत जालसाजीमा दावी लिई फैज्दारीमा दर्ता गरेकोले फिरादपत्रमा ४ खण्डको १ खण्ड पाउने अंशियारको वास्तै नगरी भन्ने लेखेकोसम्मबाट लेनदेन व्यवहारको ऐन प्रयोगमा ल्याउन नमिल्नेसमेत हुनाले प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको १० नं.या ४० नं.कुन नम्बरको हदम्याद लाग्ने हो भन्ने प्रश्नै उठ्न सक्तैन कीर्ते कागजको ३ नं.अन्तर्गतको वादी दावी हुँदा सोही ऐनको १८ नं.को हदम्याद लाग्ने प्रष्ट छ त्यसकारण नारायणी अञ्चल अदालतले लेनदेन व्यवहारको ४० नं.को हदम्याद कायम गरी म्यादभित्रको उजूरी भनी ४ खण्डको १ खण्ड राजीनामा बदर गर्ने गरेको र डिभिजन बेञ्चले लेनदेन व्यवहारको १० नं.को हदम्याद कायम गरी सो ऐनको हदम्याद नाघेको भनी त्यस आधारमा नारायणी अञ्चल अदालतको उल्टी गरेकोसमेत मिलेको देखिएन । (प्र.नं. १३) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : ससुरा काली वर्णको ४ छोरा मध्ये जेठा जदु माहिला मेरो लोग्ने रघुनाथ साहिँला विपक्षी हनुमान कान्छा विपक्षी सुखा हुन जेठाजु जदु र मेरो लोग्नेसमेत परलोक भइसकेपछि हनुमानका नाउँका हसवाको जग्गा विगाहा ।।२ मध्ये । कठ्ठा लिई म १५ सालमा चुलो मानो अलग गरी बसी सामिलतामा रहेको जग्गा बाली सालसाल बाँडी दिने गरेको लिई निर्वाह गरी आएको थिएँ सो । कठ्ठा जग्गा ०१९।३।५ गते मेरो छोराको नाउँमा राजीनामा गरी दिएको पास नगराई कपाली सरह गराई लिएतर्फ छुट्टै नालेस दिने छु सो जग्गासमेत विपक्षी हनुमानले आफ्नो नम्बरी भनी निज हनुमान ऋणी विश्वना