निर्णय नं. १३०० - अपुताली
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३०० - अपुताली भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०९/०६ २४४१ निर्णय नं. १३०० ने.का.प.२०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् ०३५ सालको दे.पु.नं. १०९ फैसला भएको मिति : २०३६।९।६।६ मा पुनरावेदक : का.जि. भूलाखेल बस्ने लक्ष्मी खड्गीनी विरूद्ध प्रतिवादी : ऐ.ऐ.बस्ने नानी भन्ने गणेशकुमारी खड्गीनी मुद्दा : अपुताली (१) मुलुकी ऐन अपुतालीका ३ नम्बरले गरेको व्यवस्थाले स्याहार सम्भार गरेकोले पाउन सक्ने सम्पूर्ण अपुताली हक प्रतिवादीले पाउन सक्ने देखिँदैन । वादी र प्रतिवादी सहोदर दिदी बहिनी भएको र अपुतालीको अरू हकदार नभएको हुनाले तत्कालीन मुलुकीऐन अपुतालीका २ नं. का व्यवस्थाले अपुताली वादीप्रतिवादी दुवैले आधा–आधा पाउने । (प्रकरण नं. १४) फैसला न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चले मिति ०३४।२।३०।१ मा गरेको फैसलामा चित्त बुझेन भन्ने पुनरावेदन परी अनुमति प्राप्त गरी आएको प्रस्तुत मद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : विपक्षी र म एकै बाबु आमाबाट जन्मेको दिदी बहिनी हौं, पिता मंगलदास परलोक भएपछि पति त्यागी पोइल गइसकेको विपक्षीले आमा लक्ष्मीमायाको वृद्ध अवस्थामा व्यक्तिगत फाइदा उठाउन २०१४ साल तिर माइतीघरमा गई आमाको आर्जनले पालिएको र आमाको जीवनकाल भरी म पनि बराबर माइतीघरमा आई हेरविचार गरी आएकोमा आमा कालगतिले ०२०।११।१८ मा परलोक हुनु भएको ३ पुस्ताको हकवाला कोही नभएकोले काजकृया हामीले गरेका हौं । अपुतालीको २ नं. ले बाबु आमाको सम्पत्ति तपाइँको र मेरो आधा आधा भाग लाग्छ, चल अचल आधा आधा गरी दिनुहोस भन्दा नदिने नियत गरेकोले अपुतालीको २० नं. को आधारमा यो नालिस गरेको छु । अपुताली पर्न आएको सम्पत्तिको फाँटवारी लिई मेरो भाग समेत बण्डा गरिपाउँ भन्ने समेत व्यहोराको लक्ष्मी खड्गीको फिरादपत्र । २. पिताजी परलोक भएपछि आमालाई हेरविचार गरी बसेको विपक्ष वादीले हेरचाह पालनपोषण गरेको होइन, आमा तदीमाया २०१९ साल चैत्र कृष्णतृतीयाको दिन परलोक भएपछि विपक्षीले दागबत्ति गरेको होइन दागबत्ति र काजकृया समेत मैले गरेको हो, आमाको हेरचाह गरी म बसेको अपुतालीको ३ नं. ले मैले खान पाउने सम्पत्ति हो, २०१९ सालमा परलोक भएकी आमालाई २०२० सालमा परलोक भएको भनी हदम्याद नाघी सकेको फिरादलाई म्यादभित्रको पारी झुठ्ठा फिराद गरेको हो भन्ने समेत गणेशकुमारी खड्गीको प्रतिवादी । ३. प्र.गणेशकुमारी २००४ सालदेखि आमासँग बसेको भन्ने वादीमा उल्लेख भएकोले अपुताली पाउँ भन्ने वादी दावी झुठ्ठाठहर्छ भन्ने शुरू ल.पु. जि. अ.को फैसला । ४. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको बागमती अञ्चल अदालतमा परेको पुनरावेदन । ५. मोल बिगो खुलाई फिराद नगरेको हुँदा चिज बस्तुको मोल बिगो नखुलाई गरेको अधुरो फिरादपत्र खारेज हुने ठर्हछ, भन्ने समेत बागमती अञ्चल अदालतको फैसला । ६. सो फैसलामा चित्त बुझेन भन्ने वादीको सर्वोच्च अदालतमा पुनरावेदन परेकोमा मोल बिगो नखुलाएकोमा अ.बं.१३३ नं. अनुसार अड्डाले कागज गराउने व्यवस्था गरेकोले वादी दावी खारेज गरेको बा.अं.अ को इन्साफ गल्ती ठहर्याई वादीबाट जो खुलाउनु पर्छ खुलाई कागज गराई कोर्टफी समेत लिई कारवाई किनारा गर्नु भनी मिसिल बागमती अञ्चल अदालतमा पठाई दिनु भन्ने स.अ.को फैसला । ७. २०२३ सालमा फिराद दर्ता भएको देखिन आएको ०२० सालमा मरेकोले अपुताली पाउँ भन्ने वादी र २०१९ सालमा परलोक भएको भन्ने प्रतिवादी भई २०२० सालमा परलोक