निर्णय नं. ७२४ - अंश मानाचामल

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२४ - अंश मानाचामल भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/09/20 २७२२ निर्णय नं. ७२४ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२८ सालको देवानी फुल बेञ्च नम्बर १५४ फैसला भएको मिति : २०३०।९।२०।६ मा निवेदक : का.जि.बागबजार बस्ने लक्ष्मीप्रसाद दुलाल विरूद्ध विपक्षी : केन्द्रिय कारागारमा थुनामा रहेकी भुवनेश्वरी बाहुनीसमेतको संरक्षक का.जि.बत्तिसपुतली बस्ने खिलकुमारी जैशीनी मुद्दा : अंश मानाचामल (१) लोग्नेले खान लाउन नदिएको स्वास्नीले कुनै किसिमबाट खान लाउन पाई राखेको भए पनि मानाचामल दिन पर्ने कानूनी दायित्वबाट खान लाउन नदिने लोग्नेले पन्छिन पाउँछ भन्न नमिल्ने । निज बौलाही भुवनेश्वरी जेलमा थुनी राखेको हुँदा निजले खान लाउन जेलबाटै पनि कानून अनुसार पाई राख्ने भएकोले खान लाउन नदिने लोग्नेबाट मानाचामल पाउँदैन कि भनी शङ्का गर्नलाई पनि प्रचलित मुलकी ऐन अंशबण्डाको १० नं.मा छोरा स्वास्नीलाई खान लाउन नदिई राख्न पनि हुँदैन । इज्जत आमद अनुसार खान लाउन दिनैपर्छ भन्ने कानूनी व्यवस्था भएको देखिएकोले सो कानूनी व्यवस्था अनुसार खान लाउन नदिएमा लोग्नेले स्वास्नीलाई खान लाउन वापतको मानाचामल दिन पर्ने कानूनी दायित्व भएको देखिन्छ । त्यस्तो बौलाहा भई उपचार निमित्त जेलमा थुनी राखेको वादी भुवनेश्वरीलाई औषधी उपचारसमेत गर्ने कर्तव्य हुने लोग्ने प्रतिवादीले खान लाउन नदिएको स्वास्नीले अरू कुनै किसिमबाट खान लाउन पाई राखेको रहेछ भने पनि उक्त कानूनी व्यवस्थाले लोग्ने स्वास्नीलाई खान लाउन निमित्त मानाचामल दिन पर्ने कानूनी दायित्वबाट खान लाउन नदिने लोग्नेले पन्छिन पाउँछ भन्न नमिल्ने हुनाले प्रतिवादीबाट भुवनेश्वरीले खान लाउन मानाचामल पाउने देखिएकोले त्यसतर्फ अरू कुनै शंङ्का गर्नु परेन । (प्र.नं. १०) फैसला न्या. बब्बरप्रसाद सिंह १. प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट निर्णय भएको दोहर्‍याई पाउँ भनी निवेदक लक्ष्मीप्रसादको निवेदन परी न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ को महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : विपक्षीसँगको मुद्दामा २०१६ साल कार्तिक १८ गते फैसला हुँदा अंशतर्फ कुनै कारवाई नगरी मानाचामल वापत रू.७२०। भरी पाउने गरेको यो साल तकको भन्ने कुनै उल्लेख नभएको विपक्षीको स्वास्नी भुवनेश्वरी १६ सालदेखि बौलाही भई निजलाई र निजको छोरा नावालख फणिन्द्रप्रसादलाई भए नभएको खर्च लगाई ऋण गरी औषधी खर्च र खाना खर्चसमेत गरी दुवैलाई पालन पोषण गरी आएको दुवैको अंश मानाचामल सरकारबाटै विपक्षीबाट दिलाई भराई नावालखको हक नपुगेसम्म सरकारकै जिम्मा राखी पाउँ भन्नेसमेत संरक्षक खिलकुमारीको निवेदनमा मुद्दा फैसला भएपछिको मानाचामल बारेमा ठाडै बुझी कानून बमोजिम गर्नु भन्ने बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम कोर्टफीको हकमा पछि ठहरे बमोजिम लिने गरी हाल पक्राउ नगरी कानून बमोजिम गर्नु भन्ने स.अ.सिंगल बेञ्चबाट आदेश भएको र दे.ई.अ.बाट १६।७।१८ मा मानाचामल रू.७२०। भुवनेश्वरीले पाउने ठहरी फैसला भई भरी भराउतर्फ कारवाई चलिरहको भुवनेश्वरी मेरो बहिनी निजको छोरा फणिन्द्रप्रसाद मेरो छोरा नाता पर्ने हुन भुवनेश्वरी १७ सालदेखि मगज बिग्री १७ साल पौषदेखि जेलमा थुनी राखेको २० साल बैशाखमा औषधी गर्