निर्णय नं. ४७९४ - उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७९४ - उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ भाग: ३५ साल: २०५० महिना: पौस अंक: ९ फैसला मिति :२०५०/०६/१९ ३२४८ निर्णय नं– ४७९४ ने.का.प. २०५० (ग) अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०४५ सालको रिट नं–१०१८ आदेश मिति: २०५०।६।१९।३ निबेदक : कास्की जिल्ला हेम्जा गा.प.वडा नं. ३ तल्लो हेम्जा बस्ने सीता थापा । विरुद्ध विपक्षी : श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालय, सडक विभाग समेत । विषय : उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ । (१) जग्गाको मुआब्जा वितरण गर्न नसक्नाको कारण बजेटको अभाव भनी लिखित जवाफमा उल्लेख गरेको छ । यसरी घर कटेरालाई प्राथमिकता दिई मुआब्जा बाँड्ने कार्य प्रारम्भ भैसकेको, पोखरादेखि बागलुङ सम्मको दुरीमा पर्ने जग्गाहरुको तत्कालै मुआब्जा दिन ठूलो धनराशीको आवश्यकता पर्ने देखिएको र यति समय भित्र मुआब्जा वितरण गर्ने कार्य सम्पन्न गरी सक्नु पर्ने भन्ने कानूनमा किटानी ब्यवस्था भएको समेत नदेखिंदा निबेदकको माग बमोजिमको मुआब्जा दिनु भन्ने परमादेश जारी गरी रहन पर्ने अवस्था नदेखिने । (प्र. नं. ८) निबेदक तर्फबाट: विद्वान अधिवक्ता श्री बद्रि प्रसाद शर्मा । विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलराम के.सी आदेश न्या. लक्ष्मण प्रसाद अर्याल १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त ब्यहोरा यस प्रकार छः– २. अहिले निर्माणाधिन पोखराबाग्लुङ राजमार्ग योजना निर्माणको सन्दर्भमा सो राजमार्गको केन्द्रबिन्दुबाट दायाँ २५ मिटर, बायाँ २५ मिटर सीमा कायम भएको र सो राजमार्गको रेखांकन सीमाभित्र पर्ने जग्गाको क्षेत्रफल जग्गा प्राप्ति ऐन, ०३४ अनुसार अधिग्रहण गर्ने भै जिल्ला कार्यालय कास्कीले हेम्जा गा. पं. मा र पोखरा–बाग्लुङ राजमार्ग योजना चिप्लेढुङ्गा पोखरालाई सूचना समेत पठाएको रहेछ । सोही सन्दर्भमा निर्माण तथा यातायात मन्त्रालय,सडका विभाग, पोखरा बागलुङ राजमार्ग योजना पोखराले त्यस गा. पं. अन्तर्गत विभिन्न वडाहरुको यस राजमार्गको रेखांकन भित्र पर्ने क्षेत्रफल जग्गा प्राप्ति ऐन, ०३४ अनुसार अधिग्रहण गर्ने जिल्ला कार्यालयको सूचना प्राप्त भएको होला, अधिग्रहण क्षेत्रभित्र कुनै प्रकारको घरगोठ वा अन्य कुनै नयाँ निर्माण कार्य गर्न नदिन आवश्यक ब्यवस्था भै राजमार्गको सुरक्षित राखि सहयोग गरी दिन सम्बन्धित हेम्जा गा. पं र योजना प्रमुख पोखरा–बाग्लुङ राजमार्ग योजनालाई पत्र लेखिएको र सम्बन्धित पञ्चायतबाट सूचना समेत प्रकाशित गरिएको, ०४५।५।२० मा जानकारी पत्र समेत मलाई दिएको छ । मेरो हेम्जा गा प्।. वडा नं. ३ कि. नं. २५१ को क्षे फ १२–४–०–० मध्ये ६–१–२–३ ऐ वडा नं. ७ कि. नं. ८१९ क्षे ६–२–२–० मध्ये ५–६–१–१ र ऐ कि नं. ८०८ क्षे २–१२–१–२ मध्ये २–११–०–१ जग्गा अधिग्रहणमा पारिएको, जग्गा प्राप्ति ऐन०३४ अनुसार जग्गाको मुआब्जा नदिइकन सम्पत्ति अपहरण हुन नसकेमा सो नगरी मलाई जग्गाबाट बंचित गर्ने क्रियाकलाप भएकोले प्र जि अ समक्ष निवेदन दिंदा समेत सुनवाई भएन । ३. जग्गा प्रप्ति गरिदाका अवस्थामा जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६मा प्रारम्भिक कारवाही गर्नु पर्ने र दफा ८ बमोजिम प्रारम्भिक कारवाहीको प्रतिवेदन प्राप्त भएपछि ऐ को दफा ९ (१) बमोजिम प्राप्त गरिने जग्गाका सम्बन्धमा कुन कामका लागि जग्गा वा त्यसमा रहेको घर परखाल आदि समेत प्राप्त गर्ने हो सो समेतका विवरण खोल