निर्णय नं. १३०१ - उत्प्रेषण, परमादेश लगायत आवश्यक आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३०१ - उत्प्रेषण, परमादेश लगायत आवश्यक आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०८/२७ १९६२ निर्णय नं. १३०१ ने.का.प.२०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् ०३६ सालको रिट नम्बर १३८३ आदेश भएको मिति : ०३६।८।२७।५ मा निवेदक : जि. सप्तरी रूपनगर गा.पं.वा.नं. ९ वस्ने गणेशप्रसाद खरेल विरूद्ध विपक्षी : जि. सप्तरी रूपनगर गा.पं.वा.नं. ९ बस्ने कृपा साहुतेली समेत विषय : उत्प्रेषण, परमादेश लगायत आवश्यक आदेश जारी गरिपाउँ (१) एक सालको कूत प्रतिवादीले नदिएकोमा मोहीबाट निष्काशन गर्न मनासिव नपर्ने भएकोले मोही हक प्रतिवादीको कायम रहन्छ भनी विपक्षी भूमिसुधार अधिकारीले निर्णय गरेकोमा निष्काशन नगर्ने भनी जो कारण उल्लेख छ त्यसलाई उचित कारण भन्न मिल्ने देखिँदैन । अर्धन्यायिक मनको प्रयोग गरी स्वेच्छाचारी किसिमबाट गर्न नमिल्ने । (प्रकरण नं. १०) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद विपक्षी तर्फबाट : विद्वान व.स.अधिवक्ता श्री केदारनाथ उपाध्याय, वि.व.अ.श्री कुञ्जविहारी आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०३६।३।१०।१ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : मेरा नाउँको रूपनगर गा.पं.वार्ड नं. ५(क) को कि.नं. १४३ को ज.वि.०–१५–१ को ०३३ सालको कूत धान मन ६–१५–१२ मलाई नदिई म्यादभित्र धरौटी समेत नराखी दिएको हुनाले सो कूतको प्रति मन रू.५५। का दरले हुने मूल्य रू.३५१।७० प्रतिवादीबाट दिलाई भराई उक्त जग्गाको मोहीबाट निष्काशन समेत गरिपाउँ भन्ने वादीको फिरादपत्र । वादीले दावी गरेको कूत मैले तिर्नु बुझाउनु पर्ने र मोहीबाट समेत निष्काशन हुनुपर्ने होइन र वादीको नालिस म्यादभित्र नभएकोले खारेज गरिपाउँ भन्ने समेत प्रतिवादी । वादीले दावी गरेको रूपनारायण गा.पं.वा.नं. ५(क) कि.नं. १४३ को ज.वि.०–१५–१ सिमको हुने कूत धान मन ६–१५–१३ को तत्कालीन प्रचलित मूल्य मन १ के रू.५५। का दरले हुने रू.३५१।७० प्रतिवादीले वादीलाई तिर्नु बुझाउनु पर्ने ठहर्छ । एक सालको कूत प्रतिवादीले नदिएकैमा मोहीबाट निष्काशन गर्न मनासिव नपर्ने भएकोले मोही हक भने प्रतिवादीकै कायम रहन्छ भन्ने समेत विपक्षी कार्यालयबाट निर्णय गरेको रहेछ । ३. भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९ मा उक्त ऐनको उक्त दफा अनुसार प्राप्त गरेको मोहियानी हक समाप्ति विधि वर्णित छ । उक्त दफा २९ को (१) मा दैवी परी बाली नास भएमा वा उब्जा हुन नसकेमा बाहेक मोहीले कूत बुझाएन भन्ने कुराको जग्गावालाले उजूरी दिएमा त्यस्ता मोहीलाई निष्काशन गर्ने आदेश दिन सक्ने भन्ने व्यवस्था भएकोले ज.ध.ले तिरो कर आदिसमेत हकबाट हटाउन पाउने जग्गावालाको हक हो । बाली नबुझाएको देखिए पछि विपक्षीलाई मेरो फिराद दावा अनुसार निष्काशन गर्न पर्नेमा नगरेको कानूनी त्रुटि हो । ४. मोहियानी हक निरपेक्ष शर्त रहित होइन भन्ने कुरा उक्त दफा २९ को १ ले प्रष्ट गरेको र अधिकारको उपभोग गर्ने हरेक व्यक्तिमा केही न केही कर्तव्य अन्तरनिहित हुने कुरा कर्तव्य विनाको अधिकार हुँदैन भन्ने संवैधानिक अङ्गीकरणले पनि प्रष्ट छ । विपक्ष कृपा साहुले जग्गावालालाई समयमा कानून बमोजिमको कूत बुझाउने कर्तव्य पालन नगर्नुभएकोले निजको मोही हक कायम रहन नसक्ने कुरा प्रष्ट छँदाछँदै कानू