निर्णय नं. १३०२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३०२ - उत्प्रेषण भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०६/२५ २३८७ निर्णय नं. १३०२ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३५ सालको रिट नम्बर १०३० आदेश भएको मिति : २०३६।६।२५।५ मा निवेदक : जि. धुनषा जनकपुर न.पं.वार्ड नं. ९ बस्ने माधवप्रसाद आचार्य विरूद्ध विपक्षी : प्रधानपञ्च जनकपुर न.पं.जनकपुरधाम, प्रधान अधिकृत जनकपुर नगरपञ्चायत जनकपुरधाम समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) एकपटक नक्सा पास गरिदिने आदेश गरी सकेपछि कानून बमोजिम सो नक्सा पास गर्ने आदेश निर्णय उपर म्यादभित्र पुनरावेदन परेकोमाबाहेक नगरपञ्चायत स्वयम्ले सो पहिले पास भईसकेको नक्सालाई बदर गर्न नमिल्ने । (प्रकरण नं. ६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना उल्लिखित मुद्दा : आदेश न्या. बासुदेव शर्मा : विपक्षी नगरपञ्चायतको बैठकको मिति ०३५।५।३० को निर्णय उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरी हक प्रचलन गरिपाउँ भन्ने समेतका कुराको माग गर्दै प्रस्तुत रिट निवेदनपत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३५।९।२८ मा दर्ता हुन आएको रहेछ । २. रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य यस प्रकारको छ : जनकपुर वार्ड नं. ९ को हाल सर्भे नभएको साविक कि.नं. ६५६ र ६५७ को जग्गा बिगाहा ०–०–१४ धुर र नरबढी ०–०–१६ धुर जम्मा ०–१–१० को क्षिरेखर मार्ग देखि पश्चिम रेल्वे लाईन से उत्तर समेतको जग्गामा पर्खाल लगाउनको लागि नक्सा पास गरिपाउँ भनी न.पं.ऐन, ०१९ को दफा ४६, ४७ अनुरूप निवेदकले जनकपुर नगरपञ्चायतमा ०३४।२।२८ मा दरखास्त दिएको रहेछ, उक्त दरखास्त उपर नगरपञ्चायत ऐन, ०१९ को दफा ४८ (१) (२) र (३) अनुरूप कार्यविधि पूरा गरी निवेदकलाई सार्वजनिक जग्गा र नाल छाडी क्षिरेखर मार्ग र रेलवे जग्गा छाडी पक्की पर्खाल बनाउन ०३४।७।३० मा घर नक्सा पास प्रमाणपत्र दिए अनुरूप पर्खाल बनाएकोमा विपक्षी मध्ये जागेश्वर समेतले नक्सा वेरीतको करार गर्दै कारवाई बदर गरिपाउँ भनी ०३५।४।१८ मा उजूरी गरेको रहेछ । निवेदकले उजूरी झुठ्ठा हो भन्ने व्यहोराको प्रतिवाद गरेकोमा विपक्षी नगरपञ्चायत बैठकले माधवप्रसाद आचार्यको नाउँमा ०–०–१४ मात्र नम्बरी जग्गा भएको निजले पास गराएको जग्गामा साविक देखिनै चार पाँच परिवारले स्थायी घर बनाई बसोबास समेत गरेको जग्गालाई नरबढी भनी ०–०–१६ धुर जग्गा बढी देखाई देवालको काम शुरू गरेको भन्ने उल्लेख भएकोमा जरिवाना समेत नगरी ०–१–१० को नक्सा पास गरेको देखिएकोले बसोबास गरी बसेकालाई ज्यादै नै मर्का परेको कुरालाई महसूस गर्दै आजको बैठकले सो नक्सा बदर गरी नम्बरी जग्गाको मात्र नक्सा पेश गरेमा कारवाही गर्ने र सो को जानकारी समेत दिने निर्णय गरियो भनी ०३५।५।३० गतेको न.पं.बैठकले गरेको निर्णयानुसार गर्नु हुन जानकारी गराइएको छ, भन्ने समेत व्यहोराको मिति ०३५।६।३ मा नि.प्रधानअधिकृतद्वारा निवेदकका नाउँमा विपक्षी नगरपञ्चायत कार्यालय जनकपुरधामबाट पत्र लेखिएको रहेछ, सो निर्णयसमेत बदर गराई माग्न प्रस्तुत रिटनिवेदनमा निम्न कुराको जिकिर लिएको छ : ३. नगरपञ्चायत ऐन, ०१९ को दफा ४७ तथा ४८ को उपदफा (१) (२) र (३) को सम्पूर्ण कार्य पूरा गरी नक्सा पास गरी दिई सकेकोमा दफा ५३ (१) या (२) मा वर्णित अवस्थामा बाहेक नक्सा पास गरी दिने गरी सम्पन्न भइसकेको निर्णय पुनः अन्यथा गर्न समर्थ छैन । नक्सा पास गरी प्रमाणपत्र समेत दिई सकेको ११ महीना पछि कानूनको अनिश्चि