निर्णय नं. ७२५ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२५ - लिखत बदर भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/05/30 २१७५ निर्णय नं. ७२५ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सि. माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२८ सालको दे.फु.नं. १६० फैसला भएको मिति : २०२९।५।३०।५ मा निवेदक : का.जि.ठमेल बस्ने जगतनारायण श्रेष्ठ मरी मु.स.गर्ने रामकृष्ण श्रेष्ठ विरूद्ध विपक्षी : ऐ.ऐ.बस्ने अष्टमाया मानन्धर्नी मुद्दा : लिखत बदर (१) हकवालाले हेरविचार नगरी राखेकोमा अचलमा दसौंद बाँकी राखी अरू सबै आफ्नो खुस गर्न पाउने । वादीले चिदिमायाको हेरविचार गरे नगरेको के हो भन्ने तर्फ दावी अनुसार आफ्नो जेठो छोरा रामकृष्णलाई निज चिदिमाया को सँग साथमा राखी हेरविचार गरी आएको भन्ने कुराको लिखित सबूद कुनै पनि वादीले दिन गुजार्न सकेको पाइएन वादीका साक्षीको बकाई हेर्दा ति साक्षीहरूमा बुद्धिबहादुरले वादीले हेरविचार गरे नगरेको थाहा छैन भनेको र तुइलालले हेरविचार गरेकै हो भनी किटान साथ भन्न नसकी रामकृष्णले हेरविचार गरे होला जस्तो लाग्छ भनेको । पूर्णहरि, पूर्णप्रसाद, चन्द्रकृष्ण ३ जनाले रामकृष्णलाई चिदिमायाकै घरमा राखी हेरविचार गरी आएको भनी बकेका भए पनि तत्काल प्रचलित विधवा अंशधनको १ नं.२ दफामा “हकवालाले उसको लोग्ने छँदा जस्तै गरी हेरविचार इज्जत साथ राखेको रहेछ भन्ने” उल्लेख भएकोमा पूर्णहरिले आमा नाता पर्ने चिदिमाया हुनाले आफ्नू खर्च नगरी वादीले र मसमेतले हेरविचार गरी आएको भन्ने र चन्द्रकृष्णले चिदिमायाको बाली र आसामी रामकृष्णबाटै उठ्ती गराई हेरविचार गरी आएको भन्नेसम्म बकेको भई उक्त विधवा अंश धनको १ नं.दफा २ बमोजिम लोग्ने छँदा जस्तै गरी हेरविचार गरी इज्जत साथ राखेको भन्ने निजहरूको बकाइबाट खुल्न नआएको पूर्णप्रसादको हकमा रामकृष्णले हेरचाह गरी आएको मैले देखेको ४।५ बर्ष जति भयो भन्ने निजको बकाई ०८ सालदेखि नै हेरविचार गरी आएको भन्ने वादी दावीसँग मेल नखाई फरक परेकोसमेत बाट लिखत सबूदको अभावमा ती साक्षीहरूको उपरोक्त बकाईसम्मको आधारमा वादीले चिदिमायालाई लोग्ने छँदाको जस्तै गरी हेरविचार इज्जत साथ राखेको भन्ने ठहराउन मिल्ने देखिएन उक्त विधवा अंश धनको १ नं.को २ दफा अनुसार हकवालाले हेरविचार नगरी राखेकोमा अचलमा दसौंद बाँकी राखी अरू सबै आफू खुसी गर्न पाउने प्रष्टै छ । (प्र.नं. १०) (२) तत्काल प्रचलित विधवा अंश धनको १ नं.२ दफा : दसौंद बाँकी राख्न पर्नेमा, प्रत्येक अचल सम्पत्तिमा छुट्टाछुट्टैको हिसावले दसौंद बाँकी राख्नु नपर्ने, जम्मा अचल सम्पत्तिमा दसौंद बाँकी राखे हुने । चिदीमायाले अष्टमायालाई गरी दिएकी फार्छे लिखत बदर हुने नहुने के हो भन्नेतर्फ दसौंद बाँकी राख्नु पर्ने अंक जुन घर फार्छे लिखत गरी दिएको छ त्यसैबाट छुट्याउन पर्ने हो वा अरू अचल सम्पत्ति भएकोमा त्यसबाट छुट्याए पनि हुने के हो भन्ने प्रश्न उठेको छ । यस सन्दर्भमा हेर्दा तत्काल प्रचलित विधवा अंश धनको १ नं.२ दफामा अचल सम्पत्तिमा दसौंद बाँकी राखी अरू सबै आफ्नो खुसी गर्न पाउँछे भन्ने उल्लेख भएको पाउँछौं, प्रत्येक अचल सम्पत्तिबाट छुट्टाछुट्टैको हिसाबले दसौंद बाँकी राख्नुपर्ने बोली नपरेको हुँदा जम्मा अचल सम्पत्तिमा दसौद बाँकी राखे हुने उक्त ऐनको मनसाय प्रष्ट छ वादीतर्फका विद्वान अधिवक्ताले नजीर दिनुभएको दे.फु.नं. १४० को निवेदक श्रीलाल पाध्या विरूद्ध भगिरथसमेतको जग्गा जालसाजी मुद्दामा ०१९।११।१३।२ को फुल बेञ्चबाट जुन निर्णय