निर्णय नं. ७२६ - अपुताली जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२६ - अपुताली जग्गा खिचोला भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/01/15 २२३१ निर्णय नं. ७२६ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको दे.फु.नं. १८४ फैसला भएको मिति : २०३०।१।१५।६ निवेदक : मोरङ प्रमानगढ मौजे दुलारी गच बनरझुला बस्ने सोमे थारुको मुद्दा सकार गर्ने ठकनी थरुनी विरूद्ध विपक्षी : ऐ. डंग्राहा गा.पं. वार्ड नं. १ बस्ने मुसहरू मारी थारु गोरेलाल माझी थारुसमेत मुद्दा : अपुताली जग्गा खिचोला (१) अपुतालीको ८ नं.मा उल्लेख भएको हकवाला भन्ने शब्द ३ पुस्ता भित्रकैलाई मात्र संकेत गर्छ भन्न नमिल्ने । उक्त अपुतालीको ८ नं. मा हकवाला र छोरी छैनन् भने मर्नेको अपुताली छोरीको छोराहरूले खान पाउँछन भन्ने लेखिएको त्यसमा ३ पुस्ता भित्रको भन्ने नभए पनि पहिले सोही अपुतालीको ३ नं.मा सँग बसेका तीन पुस्तासम्मका हकवाला कोही छैनन् र भिन्न भई बसेका लोग्ने स्वास्नी छोरा वा छोराको छोराले हेरचाह नगरी छोरी वा छोरी ज्वाईले स्याहार सम्भार गरी पालेको रहेछ भने चल जति सबै अचलमा आधा छोरी ज्वाईले अपुताली खान पाउने उल्लेख गरी सो पछि ८ नं.मा हकवाला र छोरी नभएकोमा छोरीको छोराले अपुताली खान पाउने लेखिएको उक्त ८ नं.मा उल्लेख भएको हकवाला भन्ने शब्दले ३ पुस्ता भित्रकैलाई मात्र संकेत गर्छ भन्ने पुरनतर्फका विद्वान वरिष्ठ अधिवक्ताको मुख्य बहस जिकिर भएको हकमा उक्त ३ नं.छोरी र छोरी ज्वाईले हेरविचार गरेकोमा निजहरूले अपुताली खान पाउने कुरालाई ८ नं. हकवाला छोरी नभएकोमा छोरीको छोराले अपुताली खान पाउने कुरालाई लिई बनेको भई ति दुबै नम्बरको अवस्था फरकफरक भएको र उक्त ८ नं. मा आश्रित भएकोसमेत नहुनाले उक्त ८ नं. मा उल्लेख भएको हकवाला भन्ने शब्दले ३ पुस्ता भित्रकैलाई मात्र संकेत गर्छ भन्ने विद्वान वरिष्ठ अधिवक्ताको उपरोक्त बहस जिकिरमा सहमत हुन मिलेन उक्त ८ नं.मा उल्लेख भएको हकवाला भन्ने शब्द भित्र वादी सो मै पर्न आउने नै देखिएकोले मर्ने वुटनीको अपुतालीमा छोरीको छोरा पुरनको हक पुग्न नसक्ने प्रष्ट हुन्छ । (प्र.नं. १३) (२) वादी प्रतिवादीको पेटबोलीमा लेखिएको मानिस नबुझी मुद्दा नछिनिने देखिएमा प्रमाणका तवरले अड्डाबाट बुझ्न नहुने प्रतिवादी सहकारणी देखिन आएमा तारिखमा राखी फैसला गर्नुपर्ने । पुरन चौधरी दर्तावाला भए पनि निज उपर वादीले उजूर नगरेकोले वादी दावा नपुग्ने भन्ने डिभिजन बेञ्चले ठहर गरेको हकमा अ.बं.१३९ नं.मा वादी प्रतिवादीका पेटबोलीमा लेखिएको मानिस नबुझी मुद्दा नछिनिने देखिएमा प्रमाणका तवरले अड्डाबाट बुझ्न नहुने र प्रतिवादी सरह कारणी देखिन आएमा प्रमाणसमेत खुलाई बयान लिई कारणी सरह नै तारेखमा राखी फैसला गर्नु पर्नेसमेत व्यवस्था भएको र उक्त ऐन बमोजिम निज पुरनलाई शुरुले नै पेटबोलीबाट बुझी कारणी सरह बयान गराई तारेखमा राखी फैसला गर्दै ल्याएकोसमेत देखिएकोले निज पुरन उपर उजूर नगरेको भन्ने दोष लगाउन मिल्ने देखिएन । वुटनीको अपुतालीको जग्गा पुरनका नाउँमा दर्ता गराई सकेको देखिन आएको भए पनि अपुताली हकबेहकमा ०२४।८।२९।६ मा यो मुद्दा परी सकेपछि हकवाला कोही नभएको भनी यो मुद्दा पर्दापर्दै ०२५।१।१।७ मा दर्ता गराएको कुराले यो मुद्दामा हकबेहकको निर्णय दिनलाई कुनै असर पुर्‍याउन नसक्ने हुँदा त्यसतर्फ अरू विचार गरिरहनु परेन । (प्र.नं. १४) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : व