निर्णय नं. ७२७ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२७ - लेनदेन भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/01/22 ३९३१ निर्णय नं. ७२७ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२८ सालका देवानी फु.नम्बर १४४ फैसला भएको मिति : २०३०।१।२२।६ निवेदक : ल.पु.जि. लुभु इटाफल बस्ने रत्नकुमारी लेखिएको रणकुमारी कार्कीनी विरूद्ध विपक्षी : ऐ.ऐ.चाँगाथली बस्ने कर्णबहादुर खत्री क्षेत्री मुद्दा : लेनदेन (१) लखबन्धकी लिखतको स्थित पहिलेको भोग वा दृष्टि जुनबाट सरेर आएको हो सो सरह नै हुने । तत्काल प्रचलित साहू आसामीको २ (क) नं.अध्ययन गरी हेर्दा भोग वा दृष्टिबन्धक लेखाई लिएकोमा भोगबन्धकीमा १ बर्ष र दृष्टिबन्धकीमा २ बर्षभित्र बन्धकी लिएको अचल सम्पत्ति चलन गर्नू वा चलन गर्न नदिए चलन चलाई माग्न नालेस दिनुपर्ने सो नगरेमा लिखत कपाली सरह हुने व्यवस्था भएको पाउँछौँ । उक्त ऐनमा लखबन्धकीको कुरा उल्लेख नभए पनि सोही साहू आसामीको ३१ नं.मा भोगबन्धक वा दृष्टिबन्धक लिई राख्नेले तमसुक बमोजिमको वा त्यसभन्दा घटि लिई अर्कोलाई लखबन्धकी दिन लिन पाउने व्यवस्था भएको र त्यसरी लखबन्धकी लिखत गरी दिए लिएकोमा पहिलेको भोगबन्धक वा दृष्टिबन्धक र पछिको लखबन्धक लिखतको मूल रूपमा फरक हुने र भोग वा दृष्टिको हैसियत बदलिने नभई पहिले जुन रूप र हैसियत छ सोही रूप र हैसियतमा भोगबन्धक वा दृष्टिबन्धक साहूमा रहेको हक दायित्व लखबन्धक साहूमा सर्नेसमेत हुनाले लखबन्धकी लिखतको स्थिति पहिलेको भोग या दृष्टि जुनबाट सरेर आएको हो सो सरह नै हुने कुरा प्रष्ट हुन्छ । त्यसकारण लखबन्धकीको हकमा उक्त ऐनको व्यवस्था लगू नहुने भन्न मिल्ने देखिँदैन लखबन्धकी लिएको जग्गा पहिलेको भोगबन्धकी सरह १ बर्षभित्र साहूले चलन गर्न वा चलन चलाई माग्न नालेस नदिएको भएमा उक्त साहू आसामीको २ (क) नं.अनुसार उक्त लखबन्धकी लिखत कपाली सरह हुने कुरामा कुनै शङ्का छैन । (प्र.नं. ९) (२) जसलाई रूपैयाँ दिई लिखत गराई लिएको हो उसैउपर कपाली थैलीमा नालेस गर्नु पर्ने । अब लखबन्धकी लिखत उपरोक्त साहू आसामीको २ (क) नं.अनुसार कपाली हुन आएकोमा त्यस्तो लिखतको थैली भराई माग्न लखबन्धकवाला साहू वादीले पहिले भोगबन्धकी दिने वा पछि लखबन्धकी दिने कस उपर नालेस गर्न पर्ने हो भन्ने प्रश्न उपस्थित हुन्छ यस प्रश्नको निराकरणको लागि साविक साहू आसामीको ३१ हालको लेनदेन व्यवहारको २९ नं.हेर्दा लखबन्धक परेको चल अचल अघि भोग दृष्टिबन्धक राख्नेले रूपैयाँ तिरी निखन्न जाँदा घटि लिई लख सारेकोमा आफूले बन्धक दिएको ठाउँमा तह–तहसम्म गई निखन्न जानु पूरा लिई लख सारेकोमा पछिल्ला साहूकहाँ निखन्न गए पनि हुन्छ भन्ने निखन्ने कुरासम्मको लागि व्यवस्था भएको पाइन्छ लखबन्धकी लिखत लखबन्धकीकै रूपमा कायम रहेको नभई उपरोक्त साहू आसामीको २ (क) नं.अनुसार कपाली हुन आएको र भोगबन्धकी लिई मैले भोग गरी आएको जग्गा लखबन्धक दिएको छु भनी लखबन्धकी लिखतमा लेखिएको भएपछि भोगबन्धकी लिखतले पहिलेकै रूप लिने र जग्गा भोगबन्धकी नै कायम हुने अवस्था पर्न आउने र कपाली हुन आएको लखबन्धकी लिखतको साहू वादीको पहिले भोगबन्धकी दिने आसामीसँग कुनै सम्बन्ध नरहने हुँदा निजउपर थैलीमा नालेस गर्नु पर्ने भन्न मिल्ने देखिँदैन जसलाई आफूले रूपैयाँ दिई लिखत गराई लिएको हो उसैउपर कपाली थैलीमा नालेस गर्नु पर्ने प्रष्टै छ । (प्र.नं. ११) निवेदक तर्फबाट : अधिवक्ता सर्वज्ञरत्न तुलाधर विपक्षी तर्फबाट : अधिवक्ता