निर्णय नं. ७२८ - जग्गाबाली
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२८ - जग्गाबाली भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/10/20 १९७६ निर्णय नं. ७२८ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२८ सालको देवानी फुल बेञ्च नम्बर ११० फैसला भएको मिति : २०२९।१०।२०।३ निवेदक : गुल्मी लेहाङ बस्ने टिकाराम भण्डारी जोशीको स्वास्नी दुर्पदा जैस्यानी विरूद्ध विपक्षी : ऐ.बस्ने गनपति भण्डारी जैशीको स्वास्नी धनकला जैस्यानी मुद्दा : जग्गाबाली (१) तत्कालिन प्रचलित बाली झगडाको २० नं.–जग्गा तेरो मेरो हकबेहकमा दावी गरी मुद्दा चलाई राखेकोमा बालीमा तत्काल प्रचलित बालीको झगडाको २० नं.अन्तर्गत वादीको नालेस लाग्न सक्ने अवस्थाको नदेखिने । वादीको पहिले दावी २००७ सालदेखि २०१६ साल तकको बालीको हकमा मेरो तिरो रू.१।६ को जग्गामा ।२५ गनपतिले दर्ता गराएको बदर गरिपाउँ भनी टिकारामले २००६ सालमा मेरो नाउँमा नालेस दिर्र्र्ई जग्गाको आयस्ता बालीसमेत खाएको आखिर पश्चिमाञ्चल उच्च अदालतबाट ०७।३।२८ मा फैसला हुँदा जग्गा मेरै दर्ता हक भोग सदर थामी वादीको उजूर खारेज भएकोले मेरो हक ठहर्न आएको जग्गाको उपरोक्त सालको बाली बिगो भराई पाउँ भनी वादीले दावी लिएको रहेछ । हाल यो मुद्दाको प्रतिवादी टिकाराम वादी र वादी गनपति प्रतिवादी भई पहिले परेको दोहरा दर्ता लगत कट्टा गरिपाउँ भन्ने मुद्दामा पश्चिमाञ्चल उच्च अदालतबाट भएको ०१७।३।२८।२ को फैसला हेर्दा मेरो तिरो रू.१।६।१ मध्ये रू.।२५ तिरो गनपति ९४ सालमा दर्ता गराएको बदर गरिपाउँ भन्ने टिकारामको दावी भएकोमा ९४ सालमा दर्ता भई मोठ खडा भएको कुरामा दर्ता बदर गरिपाउँ भन्ने २००८ सालमा उजूर गरेको वादी दर्ता गरी इन्साफ दिन मनासिव नपर्ने भनी वादी खारेज गरेको भए पनि जग्गाको हकमा कुन–कुन जग्गा क–कस्को ठहर्छ उजूर परेकै बखत निर्णय हुन्छ हाल इन्साफ गरी जग्गा छुट्याउनु अपीलको गल्ती ठहर्छ भनी जग्गा हकबेहकमा निर्णय नभएको र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट पनि सोही सदर भई ०१९।८।४।२ मा फैसला भएको देखिन आयो । जग्गामा झगडा पर्दा मामिला फैसला नभई हक नछुटी रहेको बालीमासम्म तत्काल प्रचलित बालीका झगडाको २० नं.अनुसार सो मामिला छिनिएको १ बर्षभित्र नालिस लाग्न सक्ने हो उपरोक्त उल्लेख भए बमोजिम पहिले परेको दोहरा दर्ता मुद्दामा पश्चिमाञ्चल उच्च अदालतसमेतको फैसलाबाट वादीको रू.२५ तिराको जग्गा यहाँनेर ठहर्छ भनी जग्गा तेरो मेरो हकबेहकको निर्णय नभएको र जग्गा तेरो मेरो हकबेहकमा यस मुद्दामा दावी गरी मुद्दा चलाइराखेकोले ०७ सालदेखि ०१६ सालतकको बालीमा तत्काल प्रचलित बालीका झगडाको २० नं.अन्तर्गत वादीको नालेस लाग्न सक्ने अवस्था देखिएन । (प्र.नं. ११) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : अधिवक्ता गङ्गाप्रसाद उप्रेती फैसला न्या. धनेन्द्रबहादुर सिंह १. प्रस्तुत मुद्दा डिभिजन बेञ्चले ०२७।१।१०।५ मा छिनेको दोहर्याई पाउँ भनी प्रतिवादी पक्षले चढाएको निवेदनपत्र जाहेर हुँदा व्यहोरा साँचो हो र अब फुल बेञ्चबाट मुद्दा हेरी छिनिँदा हारे पनि फेरि दोहर्याई पाउँ भनी विन्ती गर्ने छैनौं भन्ने कागज गर्छन् भने गराई डिभिजन बेञ्चबाट फैसला भएको मिसिल झिकी एकपटक फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट विशेष जाहेरी विभाग राजदरवार मार्फत् ०२८।४।१८।३ मा हुकुम प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेस हुन आएको छ । २. मुद्दा