निर्णय नं. १३०५ - अदालतको अपहेलना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३०५ - अदालतको अपहेलना भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/१०/१५ ३७११ निर्णय नं. १३०५ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र सम्वत् २०३६ सालको फौ.वि.नं. ५४ फैसला भएको मिति : २०३६।१०।१५।३ मा निवेदक : का.जि. का.न.पं. वडा नं. १२ बस्ने अधिवक्ता निरञ्जनकुमार थापा विरूद्ध विपक्षी : ललितपुर जिल्ला ल.पु.नगरपञ्चायत वडा नं. २ सानेपा बस्ने भु.पू.प्रधानमन्त्री डा. कुँवरइन्द्रजित सिंह मुद्दाः अदालतको अपहेलना (१) न्याय सम्पादनमा कार्य गरिरहेका न्यायाधीशलाई भ्रष्ट्राचारको आरोप लगाएबाट त्यस अदालतको न्यायप्रशासनको कार्यप्रति गम्भीर तवरले अविस्वास वा अनास्था उत्पन्न हुने गरी भाषण गरेबाट अदालतको अपहेलना हुने । (प्रकरण नं. ३५) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरु श्री कुञ्जविहारीप्रसाद सिंह, श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुली विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरु श्री कृष्णप्रसाद भण्डारी, श्री कृष्णप्रसाद पन्त, विद्वान अधिवक्तहरुा श्री हरिहर दाहाल र श्रीमती कल्याणी शर्मा फैसला न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३६।८।४ को आदेशानुसार फौज्दारी विविधको लगतमा दर्ता भई निर्णयको लागि यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. प्रस्तुत मुद्दाको तथ्य निम्नअनुसार छ : ०३६।७।१७ गते विपक्षी भु.पू.प्रधानमन्त्री डा.के.आई.सिंहज्यूले आयोजना गर्नुभएको आमसभामा देशको विविध पक्षमा चर्चा गर्नु हुँदै अब म नेपालको न्यायपालिका तर्फ लाग्छु भन्ने वाक्यबाट शुरू गर्नुहुँदै वर्तमान सम्मानित प्रधान न्यायाधीश श्री नयनबहादुर खत्रीज्यूको विगत सार्वजनिक र आधिकारीक जीवनको उल्लेख गरी भ्रष्टाचारीको संज्ञा दिनुको साथै यस्तो भ्रष्टाचारी प्रधान न्यायाधीश भएको सर्वोच्च अदालतबाट जनताले के न्याय प्राप्त गर्न सक्छन ? भन्ने कुरा बदनियत एवं दुरासयले व्यक्त गरी सम्मानित सर्वोच्च अदालत प्रति रही आएको जनआस्था जनविश्वास जुन मर्यादा, एवम् सम्मान उपर नै खतरा उत्पन्न गराउनु भएको छ । जुन कुरा सरासर सम्मानित सर्वोच्च अदालतको अवहेलना हो । डा.के.आई.सिंहज्यूद्वारा बोलाइएको ०३६।७।१७ गतेको आमसभामा सम्माननीय प्रधान न्यायाधीशज्यू उपर व्यक्त गर्नुभएको विविध अभिव्यक्तिको सम्बन्धमा पत्रपत्रिकाहरूले पनि उल्लेख गरेका छन् । ०३६।७।१९ को पत्रपत्रिकाले छद्म नेताको थाङने भाषण नामक शीर्षकमा सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्रीज्यूका बितेका जीवनका व्यक्तिगत रूपमा डा.के.आई.सिंहले चर्चा गर्नुभएको कुरा उल्लेख गरेको छ । ०३६।७।३० को जागरणपत्रिकाले डा.के.आई.द्वारा भण्डाफोर सत्य हो त ? भन्ने शीर्षकमा डा.के.आई.सिंहले भाषणको क्रममा देशका वर्तमान वरिष्ठ व्यक्तित्वहरूको चरित्रबारे प्रतिकृया व्यक्त गर्नुहुँदै स्मग्लर चरित्रहिन व्यक्तिहरू भनी आरोप लगाउनु भयो भन्ने उल्लेख गरेको छ । ०३६।७।२२ को राष्ट्रपुकार पत्रिकाले डा.के.आई.सिंहद्वारा तगारो भन्ने शीर्षकमा डा.के.आई.सिंहले भ्रष्टाचारको दोषारोपण लगाउनु भएको एउटा क्षेत्रले भने अवहेलनामा मुद्दा चलाउन लागेको पनि अहिले निकै चर्चा चलिरहेको छ भनी सम्माननीय प्रधान न्यायाधीश उपर आमसभामा डा.के.आई सिंहज्यूले भन्नु भएको कुराको पुष्टि गरेको छ । वर्ष २० अङ्क ४४ को समीक्षा पत्रिकाले पनि डा.सिंहले सर्वोच्च अदालतका प्रधान न्यायाधीश श्री