निर्णय नं. ७२९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/11/14 २०११ निर्णय नं. ७२९ ने.का.प. २०३० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२९ सालको रि नं.१२३४ आदेश भएको मिति : २०२९।११।१४।१ निवेदक : जि.प्रर्सा, श्रीसिया वार्ड ५ बस्ने रामवृक्ष दासकी श्रीमती हसरजिया तत्मा विरूद्ध विपक्षी : ऐ.जगतपुर श्री सिया पं वार्ड नं.२ बस्ने सुखाड महतो चाईसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अ.बं.७८ नं.–एकाको प्रमाणको कागज अर्कालाई देखाई सुनाई जो हुन आउँछ सो गर्नुपर्ने । यसमा विपक्षीले बाली नबुझाएको भन्ने निवेदिकाको मुख्य जिकिर भएको र रामवृक्षको प्रतिनिधि, निवेदिकाको प्रतिनिधिसमेत हुँदा निजलाई बाली बुझाई भरपाईसमेत लिएको भन्ने विपक्षीको मुख्य जिकिर भएकोमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ (१) ले जग्गावाला वा निजको प्रतिनिधिलाई बाली बुझाउनुपर्ने कानूनी व्यवस्था भएकोमा विपक्षी सुखाडी महतोले जग्गावाला हसरजिया वा निजैको प्रतिनिधिलाई बाली बुझाएको देखिन आएन र अ.बं.७८ नं.ले वादी प्रतिवादीले दाखिल गरेका सक्कल कागजहरू अड्डामा दाखिल हुनासाथ वादीको कागज प्रतिवादीलाई र प्रतिवादीको कागज वादीलाई सुनाउन पर्नेमा वादीको वारेसले तारेख छोडेको हुनाले सुनाउने अवस्था नै उत्पन्न भएन भन्ने जिकिरको हकमा मिति ०२८।४ मा प्रतिउत्तरपत्र गरी वादीको प्रतिनिधिले प्रतिवादीलाई बाली बुझेको रसिद दिएको छ भन्ने देखिन आएपछि अ.बं.७७ नम्बर बमोजिम मुकरर भएका तारेखमा अ.बं.७८ नं. बमोजिम एकाको प्रमाणको कागज अर्कालाई देखाई सुनाई जे हुन आउँछ सो गर्नु पर्ने थियो तर सो कानूनले निर्दिष्ट बाटो नहिंडी ०२८।७।९ गतेसम्म दुवैलाई साधारण तारेख दिएको र ०२८।७।११ मा मात्र दुवैलाई पेशीको तारेख मुकरर गरेको देखिन्छ । पेशीको दिनमा वादीको वारेस अनुपस्थित भएपछि भूमिसम्बन्धी ऐन, ०२१ को दफा ५३ मा उल्लिखित नेपाल विशेष अदालत ऐन, ०१३ को दफा ३ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम ७ दिनसम्म पर्खनुपर्ने तर सोही पेशीको दिन अनुपस्थित वादीलाई हराई मुद्दा किनारा गरेकोसमेत बाट कानूनको प्रत्यक्ष त्रुटिहरू प्रस्तुत निर्णयमा गरेको भएको देखिनाले उत्प्रेषणको आदेश जारी गरी यो निर्णय बदर गरी दिएको छ । एक प्रतिलिपि महान्यायाधीवक्ताको कार्यालयलाई पठाई फाइल रुल नियमबमोजिम बुझाइदिनू । (प्र.नं. १०) निवेदक तर्फबाट : अधिवक्ता रामगोपाल श्रेष्ठ विपक्षी तर्फबाट : का.मु.सरकारी अधिवक्ता इन्द्रराज पाण्डे आदेश न्या. प्रकाशबहादुर के.सी. १. भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ अनुसार जग्गावाला मलाई राखी बाली कटनी मडनी विपक्षीले गरेको छैन । मेरा पतिको जग्गाको बाली सियार्गमा काम गर्ने प्रतिनिधि जालिम मियाँ धुनियाले बुझी भरपाई दिएको छ भन्ने विपक्षीको भनाइलाई समर्थन जनाउँदै बाली बुझाई सकेको ठहर्छ भनी विपक्षी प्रशासकज्यूले निर्णय गर्नु भएको गैरकानूनी छ मेरा नाउँको जग्गा कठ्ठाको अधिया धान मन १० को बिगो रू.२७०। र निष्कासनको मेरो दावी भए बमोजिम विपक्षलाई म्याद जारी हुँदा विपक्षले प्रतिउत्तर दिँदा बादी मलाई नबनाई वारेससम्म हुने मेरो पतिलाई बनाई सोही अनुसार प्रतिउत्तर दिनु भएको अ.बं.१२ नं.को अनुरूप छैन । प्रतिनिधि भए कानूनबमोजिमको हुनुपर्छ । निज जालिम मियाँ मेरो प्रतिनिधि हो भन्ने कुरा विपक्षी सुखाडीले नै भनेको छैन । २. कुनै जग्गाधनीको बालीमासमेत नालिस पर्दा आफ्नो व्यक्तिको भरपाई जालस