निर्णय नं. १३०६ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३०६ - ज्यान भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/१०/१६ २८२५ निर्णय नं. १३०६ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३६ सालको फौ.पु.नं. १६१, १६२, १६३, १६४, १८४ फैसला भएको मिति : ०३६।१०।१६।४ मा निवेदक : जिल्ला कार्यालय काठमाडौं कारागार शाखा भद्रगोल थुनामा रहेको सन्ते भन्ने श्यामकृष्ण महर्जनसमेत विरूद्ध पुनरावेदक : श्री ५ को सरकार (जाहेरवाला श्याम महर्जन) निवेदक : (श्याम महर्जनको जाहेरीले श्री ५ को सरकार) विरूद्ध प्रतिवादी : ल.पु.जि. सिद्धिपुर गा.पं.वार्ड नं. २ साना गाउँ बस्ने हेरीमाया महर्जन समेत मुद्दा : ज्यान (१) मार्ने नै मनसाय लिई पूर्वयोजना अनुसार तत्कालै उठेको रिसले वारदात भए गरेको देखिन आएको र कुटपिट हुँदा कडा चोट पर्न गई मृत्यु भएकोमा ज्यान मार्नेको १४ नं. बमोजिम १० वर्ष कैद हुने । (प्रकरण नं. ९०) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरु श्री शम्भुप्रसाद ज्ञवाली, श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ताहरु श्री विश्वकान्त मैनाली, श्री सिन्धुनाथ प्याकुरेल, श्री रामनाथ मैनाली वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री ईन्द्रराज पाण्डे फैसला न्या. घनानाथ पन्त : मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३५।११।२७।१ को फैसलाले प्रतिवादीहरूलाई जन्म कैद गर्ने ठहर गरे उपर पुनरावेदन परी बेञ्च समक्ष पेश हुन आएको रहेछ। २. मिति २०३२।६।२।३ गते र मेरो भतिजा ठूलो आमाको घर गछे टोलमा गएको दिनको २ बजेको समयमा धसिटोलमा पुग्दा विपक्षी अष्टमान र गुण्डाले कठालोमा समाई बाटोमा ल्याई यसलाई नमारी हुँदैन लौ ठोक भनी बचन दिना साथ ज्ञानवीर १, चन्द्रबहादुर १, हरिगोबिन्द १ समेत अन्याय विपक्षीहरूले लाठी नोल ढुङ्गाहरूले प्रहार गरी अचेत अवस्था हुने गरी टिका भतिजा माथि १३।१४ जनाको हुल भई कुटपिट गरी बेहोस तुल्याई लडाएको छ भन्ने खबर आएकोले म हतपत हेर्न जाँदा भतिजा टिका रगतपक्ष भई लडी रहेको देखी चन्द्रमान र कृष्ण महर्जनले निजलाई वीर अस्पतालमा पठाई वेड नं. १३२ मा भर्ना गराई उपचार गराई रहेको छु आज पनि निजको होस नआई अचेत नै भएको हुँदा दरखास्त गर्न आएको छु भतिजाको घा केश फाराम गरी गराई पाउँ र कुटपिटतर्फ ऐनको म्यादभित्र छुट्टै जिल्ला अदालतमा फिराद गर्ने छु भन्ने जाहेरवाला श्याम मर्हजनको मिति २०३२।६।३०।५ को जाहेरी र मिति २०३२।६।२७ का दिन २ बजे म आफ्नो घरमा बसी रहेको थिएँ । टिकाले म ठूलोआमाको घरमा गएर आउँछु भनी साना गाउँ गछेटोलतर्फ गएको घरबाट निस्की गएको १५।२० मिनेटमै लौ टिकालाई अष्टमान समेतले कुटपिट गरी सख्त घाइते तुल्याई भागे भन्ने खबर गर्न नक्कली महर्जनले टोलका मानिसलाई भन्न पठाएछन र म दौडी जाँदा घसिटोल सडकमा टिका रगतपक्ष भई लडिरहेको देखेँ उठाउन जाँदा निज बेहोस भएको भई बाबुचा र म समेत भई साना गाउँकै मेडिकल हलमा लगी औषधी लगाउन लाग्दा टाउकोमा ठूलो घाउ रहेछ टाँका राखी औषधी लगाएपछि घरमा लगे निज टिकालाई बेहोस भयो र निज टिकाले मलाई अष्टमानले समाती सकेपछि गुण्डाले कठालो समाती सन्ते भन्ने श्यामकृष्ण १ महन्त १ लक्ष्मीबहादुर १ चुतर काजी १ हरिगोविन्द १ चन्द्रबहादुर १ ज्ञानवीर १ टिका चा १ महेन्द्र १ साहिला १ सिद्धिबहादुर १ बुद्धिबहादुर १ निज गुण्डा समेतले लाठी ढुङ्गा समेतले हानी कुटपिट गरे मलाई औषधी गर्न मेरो मालिक बहादुर शमशेर कहाँ लगिदेउ भनेँ त्यतिकैमा निज भतिजाको साथी चन्द्रमानले साइकलमा राखी ल्याएको ताहाचलमा पुगी