निर्णय नं. १३०७ - उत्प्रेषणको आदेश जारी गरि पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३०७ - उत्प्रेषणको आदेश जारी गरि पाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०६/१० २२४९ निर्णय नं. १३०७ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको रिट नम्बर ११९५ आदेश भएको मिति : २०३६।१०।६।१ मा निवेदक : बर्दीया जि. मानपुर मैना पाखेर गा.पं.वार्ड.नं. ७ख बस्ने हरिबल्लभ पौडेल विरूद्ध विपक्षी : श्री ५ को सरकार भूमिसुधार मन्त्रालय जग्गा बिक्री वितरण छानविन आयोग वर्दियाको हाल भूमिसुधार मन्त्रालय विषय : उत्प्रेषणको आदेश जारी गरि पाउँ (१) जग्गामा हक प्राप्त गरिसकेको निवेदकलाई बुझ्दै नबुझी कसूरै नखुलाई गरेको विपक्षी आयोगको निर्णय तथा त्यसको आधारमा प्रकाशित गरेको अनुसूची तथा जफत गरेको निर्णयहरू उत्प्रेषणको ओदशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी आयोगको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०२३५।१२।३१।६ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य जिकिर यस प्रकार छन् : म सुकुम्बासीले भूमिसम्बन्धी ऐन, २०२१ तथा भूमिसम्बन्धी नियमहरू, २०२१ अन्तर्गत तत्कालिन भूमिप्रशासन कार्यालय बर्दीयाबाट २०२७ साल जेष्ठ महीनामा ऐ.मानपुर मैना पोखर गा.पं.वार्ड नं. ७ ख को कि.नं. ३२९ मध्ये १३ कठ्ठा र कि.नं. ३२७ मध्ये जग्गा बिगाहा २ समेत गरी जम्मा जग्गा बिगाहा २ कठ्ठा १३ बिक्री वितरणमा पाई सोही सालदेखि जग्गाको तिरो मालपोत बुझाई अटूटरूपले भोग गर्दै आएको छु । उक्त जग्गामा मेरो पूर्ण स्वामित्व स्थापित भइसकेको छ । विपक्षी आयोगले मिति ०३०।१।१८। र ०३०।२।८ को नेपाल राजपत्रमा प्रकाशित सूचनालाई आधार मानी जग्गा छानबिन जाँचबुझ र बिक्री वितरण समेत गर्ने अधिकार प्राप्त छ भन्ने सोची सम्झी मलाई बुझ्दै नबुझी जथाभावी तरिकाले मेटेर जग्गा जफत गरिएको रहेछ सो कुरा मलाई थाहा थिएन । जग्गाधनी दर्ता प्रमाणपूर्जा लिन परी उक्त कार्यालयमा जाँदा तिम्रो जग्गा जफत गरिएको छ भन्ने सुनी विपक्षी आयोगको सूचना नक्कल ०३५।१२।१६ मा सारी हेर्दा मेरो जग्गा जफत गरिएको कुराको यकिन हुन आएकोले विपक्षी आयोगको सूचना नक्कल सारेको मितिले ३५ दिनभित्रै निवेदन दिन आएको छु । जग्गामा भोगचलन तिरो भरो माथि उल्लेख गरे बमोजिम मैले नै गरी आएको छु । मेरो हक पक्का भइसकेको मैले किस्ताबन्दी र मालपोत समेत तिरे बुझाएको त्यस्तो मेरो सम्पत्ति जफत गर्नु पर्दा भूमिसम्बन्धी ऐन र अ.बं.११० नं. को रीत पुर्याई मलाई सूचना दिनु पर्नेमा सो केही नगरी प्राकृतिक न्याय सिद्धान्तको विपरीत एउटै मितिको एउटै निर्णयबाट विभिन्न व्यक्तिहरूले विभिन्न समयमा प्राप्त गरेको विभिन्न कित्ता जग्गाहरू जफत गरेको कारवाही मुलुकी ऐन अ.बं.७२ नं. समेतको विपरीत छ । मेरो जग्गा गैरकानूनी रूपबाट जफत गरिएको हुँदा त्यस्तो गैरकानूनी जफतबाट मेरो संविधान प्रदत्त हकमा आघात पुग्न गएको कुरा स्वतःसिद्ध छ । जग्गा कसैलाई दिइएको समेत छैन । विपक्षी आयोगले उचित निर्णयाधारको अभावमा गरेको कार्यवाही मुलुकी ऐन अ.बं.१८४क १८५, १८९ को समेतको विपरीत छ । त्यस्तो कारवाही सर्वथा अभाव भएकोले बदर गरी पाउन अनुरोध गर्दछु । ३. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको मिति २०३६।१।२४