निर्णय नं. ७३१ - जग्गा बाली
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३१ - जग्गा बाली भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/01/26 २०९४ निर्णय नं. ७३१ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३८ सालको दे.फु.नं. १०५ फैसला भएको मिति : २०३०।१।२६।३ निवेदक : लमजुङ मौजे ४ नाला छ गाउँ बस्ने मथुरा पाध्यानी विरूद्ध विपक्ष : ऐ.ऐ. बस्ने जि.म. रघुनाथ पाध्यासमेत मुद्दा : जग्गा बाली (१) मुडिई जोगी भएका मानिसको कृया नगरेको भन्ने दोष लगाउन मिल्ने नदेखिने । यसमा वादी दावीको ३ कित्ता मध्ये सोति भन्ने खेत मुरी ।३।१५ को हकमा वादीको ससुराका दर्ता हकको हुँदा वादीकै ठहराई शुरुले छिने उपर प्रतिवादी बलराम जगदेवले पुनरावेदन नै नगरी चित्त बुझाई बसेकोसमेत देखिन आयो । अर्को सिम्ले भन्ने खेत मुरी ।३।१० को हकमा मेरो नाति नाबालक भएकोले निजले कृया गर्न सक्ने डालो बोक्ने र नसके तैंले कृया गरी खानू भनी सिम्ले भन्ने खेतमुरी।३।१० समेत रू.१००। मोल राखी नारानदत्तले प्रतिवादी जि.मु.रघुनाथलाई २०१०।१।२।३ मा राजीनामा लिखत गरी दिएको सद्दे हो भन्ने कुरा वादीले स्वीकार गरेको पाइन्छ निज रघुनाथले कृया नगरेकोले जग्गामा निजको हक नपुग्ने भन्ने वादीको मुख्य जिकिर भए पनि पछि वादीको ससुरा नारानदत्त मुडिई जोगी भएकोबाट मरेपछि जोगीको रीत माफिक भण्डारा भएको हो भन्ने प्रतिवादी रघुनाथले प्रतिवादीमा जिकिर लिएको त्यसरी मुडिई जोगी भएका मानिसको प्रतिवादीले कृया नगरेको भन्ने दोष लगाउन मिल्ने देखिएन मुख्य लिखत गरी दिने नारानदत्तले सो लिखत बदर नगराई कायम रहेको र लिखतबमोजिम जग्गा प्रतिवादी रघुनाथले भोग तिरो गरी आएको प्रमाणित हुन्छ । त्यसकारण उक्त सिम्ले भन्ने खेत मुरी ।३।१० मा वादीको दावी पुग्न नसक्ने ठहराई ०२६।६।८।४ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवै ठहर्छ । (प्र.नं. १५) फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधान धारा ७२ (ख) अनुसार दोहर्याई दिनू भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमाङ्गी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : जि.मु.रघुनाथ पाध्या जिम्मा ९० सालमा जाँचमा विष्णुमायाका नाउँमा दर्ता भई मेरो ससुरा नारायणदत्तले छोडपत्र राजीनामा गरिलिई रघुनाथको बाबु तारानाथसँग मुद्दा परी प.३ नं.गोश्वाराको ९५।१२।२२ का फैसलाले ससुराकै हक ठहरेको सोती भन्ने खेत मुरी ।३।१५ को कित्ता र ससुरा नारायणदत्तका नाउँमा दर्ता भएको छाप भन्ने खेत मुरी ।६।५ को कित्ता र सिमले भन्ने खेत मुरी ।३।१० को कित्तासमेत ससुराको शेषपछि सासु चन्द्रकलाले भोगेकी निज ७५ बर्ष नाघी दौलतको हिसाब गर्न नसक्ने हुँदा घरको मुख्य जानकार म भई सो जग्गाको तिरो जि.मु.रघुनाथलाई तिरी बुझाई रसिद लिई भोग गरी आएको १८ सालको धानबाली लगाउन जोताई राखेकोमा अन्यायवालाहरू सबैले हलगोरु हली ल्याई १८।२।२५ गते धानबाली छरी १९ सालको बालीसमेत चलन गर्न नदिई बाली आफैं काटी लगेकाले १८।१९ सालको धान परालको बिगो रू.१६४०। अन्यायवालाबाट बराबर दरले दिलाई जग्गामा दावी खिचोला मेटाई पाउँ भन्नेसमेत वादी । ३. वादी दावीको दाप भन्ने खेत मुरी ।६।५ मा वादीको ससुरा नारायणदत्तले दावी झगडा गरे तापनि म चिरञ्जिवीको आमा वसन्धरी म लिलाधरको बाजे श्रीकृष्णको हक ठहरी ९३।९।२२ मा भारदारी दोस्रा फाँटबाट फैसला भई जिती भोग तिरो गरेका छौँ वादी दावी झुठ्ठा