निर्णय नं. १३०८ - जि. पर्सा वीरगञ्ज नगरपञ्चायत वार्ड नं. ९ बस्ने मालिराम अग्रवाल समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३०८ - जि. पर्सा वीरगञ्ज नगरपञ्चायत वार्ड नं. ९ बस्ने मालिराम अग्रवाल समेत भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०९/२३ २२९१ निर्णय नं. १३०८ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३४ सालको रिट नम्बर १८२६ आदेश भएको मिति : २०३६।९।२३।२ मा निवेदक : जि. पर्सा वीरगञ्ज नगरपञ्चायत वार्ड नं. ९ बस्ने मालिराम अग्रवाल समेत विरूद्ध विपक्षी : श्री कर फर्छ्यौट आयोग बबरमहलसमेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) कर फर्छ्यौट आयोगले कायम गरेको आय र त्यसको आधारमा नारायणी अञ्चल कर कार्यालयले निर्धारण गरेको कर सम्बन्धी निर्णयहरू त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) उल्लिखित मुद्दा : निवेदक ठे.गौतम बुध्द वि.कर फर्छ्यौट आयोग भएको रि.फु.नं. ३५ निर्णय मिति ०३६।८।२५।३ मा आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी विपक्षी आयोगको मिति २०३३।१२।१९ को निर्णय र सो आधारमा मिति ०३३।१२।२२ मा भएको कर निर्धारण आदेश समेत बदर गरिपाउँ भन्ने समेतका कुराको माग गर्दै मिति २०३४।३।२६।१ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी सक्षिप्त तथ्य तथा जिकिर यस प्रकारका रहेछन् : २. निवेदकको उक्त स्टोर्सको आर्थिक वर्ष २०३१।३२ श्रावण आषाढको आय विवरण विपक्षी कर कार्यालयमा पेश गरेकोमा निवेदकको प्रतिनिधिको बयान समेत गराएको थियो । यस्तैमा विपक्षी कर फर्छ्यौट आयोगबाट मिति २०३३।१२।१९ मा उपरोक्त आ.व.२०३१।३२ को खूद आय रू.३,९०,६९४। बनाई आयकर निर्णय गर्न विपक्षी कर कार्यालयमा पठाएको रहेछ । विपक्षी कर कार्यालयबाट आयोगको उक्त निर्णयानुसार भनी आर्थिक वर्ष ०३१।३२ को आयकर रू, १,९७,६०६। र जरिवाना रू.९३।३० लाग्ने गरी मिति २०३३।१२।२२ मा गरेको निर्णय आदेश निवेदकहरूलाई २०३३।१२।२२ मा प्राप्त भएको रहेछ, उक्त दुवै निर्णयहरू बदर गराई माग्न निम्न जिकिर लिँदै प्रस्तुत रिट निवेदन पर्न आएको छ । ३. कुनै व्यक्तिको हक हितमा निर्णय गर्दा निर्णय गर्ने निकायले सो व्यक्तिलाई प्रतिवाद गर्ने मौका दिनुपर्ने नैसर्गिक नियम र सो मौका पाउनु पर्ने व्यक्तिको नैसर्गिक हक हो । त्यस्तो प्रतिवाद गर्ने मौका नदिई गरिएको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत हुने हुँदा बदरभागी हुन्छ । विपक्षी आयोगले उक्त खूद आय कायम गर्दा प्रतिवाद गर्ने मौका दिएको छैन । मौका दिएको भए वास्तविक स्थिति स्पष्ट हुनुको साथै प्राकृतिक न्याय सिद्धान्त अनुकूल निर्णय हुने कुरा थियो, तर हामी निवेदकलाई बुझ्दै नबुझी गरेको ०३३।१२।१९ को निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत हुँदा बदरभागी छ हामीले कारोबार गरेको सामानको कुनैमा आयात अंकमा २५ प्रतिशत र कुनैमा १० र ७ प्रतिशतले खूद आय कायम गरेको छ । तर विपक्षी आयोगले नारायण ट्रेडिङ कन्र्सनको विदेशी सामानमा ४ प्रतिशतले खूद आय कायम गरेको छ, जसबाट समान कारोबार गर्ने समान व्यक्तिमा असमानताको व्यवहार भई समानताको हकबाट समेत वञ्चित भएका छौं । प्रस्तुत मुद्दाको खूद आय कायम गर्दा विपक्षी आयोगले आयकर ऐन, २०३१ को दफा ३३(४)(५) र अ.बं. १८४ क.नं. समेतको त्रुटि गरेको छ । विपक्षी आयोगको ०३३।१२।१९ को निर्णय अ.बं.१८४ कर फर्छ्यौट आयोगऐन,२०३३ को दफा ६(१)(४) १०,१२ आयकर ऐन, २०३१ को दफा ३३ प्राकृतिक न्यायसिद्धान्तसमेतको विपरीत न्यायिकमन प्रयोग नगरी भएगरेको त्रुटिपूर्