निर्णय नं. ७३२ - रजिष्ट्रेशन पारित गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३२ - रजिष्ट्रेशन पारित गरिपाउँ भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/11/17 २२३३ निर्णय नं. ७३२ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२९ सालको दे.फु.नं. १२१ फैसला भएको मिति : २०२९।११।१७।४ पुनरावेदक : जि.रूपन्देही तप्पे हाठी मौजे दवौलीया बस्ने कल्याणचन्द्र उपाध्या विरूद्ध विपक्षी : ऐ.मङ्गलापर बस्ने नन्दप्रसाद कठौरिया थारु मुद्दा :रजिष्ट्रेशन पारित गरिपाउँ (१) चल सम्पत्ति राजीनामा गरिदिएको लिखत रजिष्ट्रेशन पारित गर्न नपर्ने । तसर्थ उपरोक्त उल्लिखित कारणले जग्गा राजीनामा दिएको देखिन नआई मिलसम्म राजीनामा दिएको देखिएकोले त्यस्तो चल सम्पत्ति राजीनामा गरिदिएको लिखत प्रचलित मुलूकी ऐन रजिष्ट्रेशनको १ र ३ नं.ले रजिष्ट्रेशन पारित गर्न नपर्ने रजिष्ट्रेशन पारित गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहराएको मिति ०२९।५।३० को डिभिजन बेञ्चको मा.न्या.श्री चन्द्रप्रसाद प्रधानको राय मनासिव छ । शुरु जि.अ.र अञ्चल अदालतको इन्साफ उल्टी भएकोले तपसील बमोजिम लगत दिई मिसिल नियमबमोजिम बुझाई दिनू । (प्र.नं. १०) पुनरावेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : अधिवक्ता लवदेव भट्ट फैसला न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दा ०२९।५।३० को डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी रायबाझी फैसला भई निर्णयार्थ नियमबमोजिम आज यस बेञ्च समक्ष पेस हुन आएको रहेछ । २. मुद्दाको तथ्य यसप्रकार छ : विपक्षीले एकमुष्ट रू.१६५००। लिई मिति ०२४।१२।२९ मा आय टिकटसमेत टाँसी सही गरी दिएको मिल र जग्गासमेतको राजीनामा पास गरी नदिएकोले पारित गरिपाउँ भन्नेसमेत वादी नन्दुप्रसादको फिरादपत्र । ३. वादीले हाम्रो मिल खरीद गरी लिँदा मिल म सितको मोल बुझी लिई मिलको हक छोडेको लिखत वादीलाई २४।१२।२९ मा गरी दिएको हो । त्यस बखत जग्गा हाम्रा नाउँमा दर्तै नभएको हुँदा हामीले राजीनामा गर्न मिल्ने भएकोले घर जग्गाको राजीनामा गरेको छैनौं मिल अचल सम्पत्ति होइन चल सम्पत्तिको राजीनामा पास गर्न नपर्ने हुनाले हामीले पास गरी दिनुपर्नेसमेत होइन भन्नेसमेत कल्याणचन्द्र १ ईश्वरचन्द्रसमेतको एउटै प्रतिवादी । ४. मिल स्थापना बारेका मिसिलबाट कल्याणचन्द्रले मेरै हक भोगको जग्गा भनी लेखी मिल स्थापित भएको देखिनाले वादीलाई राजीनामा दिँदा मेरो हकमा जग्गा थिएन । पछिमात्र राजीनामा लिएको भन्ने झुठ्ठै इन्कार गरेको देखिनेमा पनि जग्गाासमेतको मिल राजीनामा दिइसकेपछि जग्गा दिएको हैन भन्ने प्रमाण पुर्याउन पछिमात्र उत्तर साँधमा रहेको ढोढेबाट राजीनामा खडा गरेको देखिन आउने जग्गा राजीनामा दिएको नभई मिलमात्र भए सो मिल यत्ति समय टायम म्यादमा उठाई लैजाने भन्ने शर्त लेखिएको हुन र यता मेरो जग्गाबाट मिल हटाई पाउँ भन्ने प्रतिवादी तर्फबाट उजूर गरेका हुनपर्ने सो भए गरेको देखिएन, पास गर्नु नपर्ने भए २ प्रति लिखत हुन नपर्नेसमेत प्रमाणबाट लिखतमा लेखिएको ४ किल्लाभित्रको जग्गामा भएको मिल रजिष्ट्रेशनको नं.१ को दफा १ अनुसार पास गरिदिनुपर्ने ठहर्छ भन्नेसमेत रूपन्देही जि.अ.को फैसला । ५. चित्त बुझेन भन्ने प्र.कल्याणचन्द्र, ईश्वरचन्द्रको पुनरावेदन परेकोमा लिखत हेर्दा यति ४ किल्ला भित्रको जग्गामा रहेको मिल भन्ने लेखिएको जग्गा बाहेक भन्ने बोली परेका नदेखिएको र रजिष्ट्रेशनको १ नं.१ दफाले बिक्री गरी वा हक छाडिदिएको लिखत पास गराउनुपर