निर्णय नं. ७३३ - जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३३ - जग्गा भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/06/16 १९०३ निर्णय नं. ७३३ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२७ सालको दे.फु.नं. ९४ फैसला भएको मिति : २०२९।६।१६।२ निवेदक : गुल्मी तोलाकोत बस्ने चन्द्रवीर थापा मगर विरूद्ध विपक्षी : ऐ.प्रैयांपाटा बस्ने डम्बरबहादुर थापा मगरसमेत मुद्दा : जग्गा (१) लिखतको जग्गा कच्चा भएकोबाटमात्र जालसाज ठहर्ने नभई जालसाजी काम कुरा गरेको सबूद पुग्न आउँदामात्र जालसाजी ठहर्ने । रु. २००० को राजीनामामा लेखिएको ४ किल्ला भने झगडा परेको नं.नं.९।१०।११।१२।१३ को जग्गामा मिल्न भिड्न आएकोले पहिले रणबहादुरले रू.६०० मा राजीनामा लिएको जग्गा नं.नं.१४ को भएकोमा पछि डम्बरबहादुरबाट रणबहादुरले रू.२००० मा राजीनामा गराई लिँदा बढी र फरक फरक किल्ला लेखी डम्बरबहादुरको नाममा दर्ता नभएकोमा डम्बरबहादुरको नाममा रू.१५ तिरो दर्ता भएको भनी झुठ्ठा कुरा लेखी झगडा परेको नं.नं.९।१०।११।१२।१३ को जग्गालाई किल्ला भित्र पारी राजीनामा दिए लिएको रहेछ भन्ने प्रमाणित हुन्छ रणबहादुरले रू.६०० मा जुन जग्गा राजीनामा गराई लिएको हो सोही जग्गासम्म पछि अर्कोलाई राजीनामा दिन पाउने हक हुने हो रू.६०० मा राजीनामा लिएको जग्गा नं.नं.९।१०।११।१२।१३ को नभएपछि सो जग्गा राजीनामा दिन पाउने डम्बरबहादुरको हक भएको देखिँदैन सो रू.२०००। को राजीनामा बेदामे जालसाजी भनी वादीले उजूर गरेकोमा जालसाजी नठहरी लुम्बिनी अञ्चल अदालतसमेत बाट फैसला भएको भए पनि लिखतको जग्गा कच्चा भएकोबाटै मात्र जालसाज ठहर्ने नभई जालसाजी काम कुरा गरेको सबूद पुग्न आउँदामात्र जालसाज ठहर्नेमा वादी दावीबमोजिम बेदामे लिखत पास गरेकोसमेत नदेखिएकोले जालसाज नठहर्ने भन्ने आधारमा उक्त फैसला भएकोले सो लिखत जालसाज नठहरेको कारणलेमात्र जग्गामा बमबहादुरको हक पुग्न आउने हुँदैन खास गरी परेको झगडा नं.नं.९।१०।११।१२।१३ को जग्गा वादीको भनी प्रतिवादीहरूले पनि स्वीकारै गरेको न.नं.२९ २९/१२९/२ मा कित्ता मिलेकोसमेत हुँदा वादीकै दर्ता हकको रहेछ भन्ने प्रष्ट हुन आएको छ । (प्रकरण नं. १२) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता लवदेव भट्ट उल्लिखित मुद्दा :  फैसला न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दामा ०२५।१०।१७।५ को डिभिजन बेञ्चबाट भएको इन्साफ दोहर्‍याई पाउँ भन्ने वादी चन्द्रवीर थापा मगरको निवेदन परेकोमा व्यहोरा साँचो भए यो मुद्दा एकपटक फुल बेञ्चबाट दोहर्‍याई हेरी कानूनबमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफका विशेष जाहेरी विभाग राजदरवार मार्फत ०२७।४।२८।४ को हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेस हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : मेरो नाममा तिरो रू.।८१।१ मा दर्ता भएको पूर्व बलबहादुर बसेको घरको करासो आँगन र आँगन मुनीको बारे पाटो ठाडो डाँडो पश्चिम देउरालीबाट वन जाने मूल बाटो उत्तर पैयांपाटाबाट वनमा जाने तेर्छो डहर भक्तिरामको आवादी बाहेक दक्षिण मुखिया थरबाट देउराली जाने तेर्छो बाटो यति ४ किल्ला भित्रको तोलाकोट घरबारी पाखो मध्ये तिरो रू.।८ लाग्ने पूर्व निज बलबहादुर बसेको घरको करासो आँगन र आँगन मुनीको बारे पाटो ठाडो डाँडो पश्चिम मेरै पाखो जग्गा ठूलो नागढुड्डो उत्तर भक्तिराम, दलामीको पाखो दक्षिण पनि मेरै घडेरीको चाउके पाटा यति ४ किल्ला भित्रको प