निर्णय नं. १३०९ - बालहत्या
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३०९ - बालहत्या भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०९/२२ २४१० निर्णय नं. १३०९ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३६ सालको फौ.पु.नं. १५२ फैसला भएको मिति : २०३६।९।२२।१ मा पुनरावेदक : ईन्द्रबहादुर क्षेत्रीको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी : बागलुङ जिल्ला कुडले गा.पं. वडा नं. ३ कुडेल ठूलो स्वारा बस्ने गंगादेवी आचार्य क्षेत्री मुद्दा : बालहत्या (१) प्रतिवादीले ज्यूँदो बालक जन्माएकोमा बारीमा लगी फालेको कारणबाट स्याहार र खान नपाई मृत्यु भएको भन्ने प्रमाणको अभाव भएकोले ज्यूँदो बालकलाई मारेको नठहराई सफाई दिने गरेको इन्साफ मनासिव देखिने । (प्रकरण नं. १२) श्री ५ को सरकारतर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय फैसला न्या. बासुदेव शर्मा : प्रतिवादी गंगादेवी आचार्यलाई सफाई दिने गरी पश्चिमाञ्चल क्षेत्रीय अदातलले गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत वादी श्री ५ को सरकारको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छन् : २. मेरो छुट्टिई भिन्न भएको दाजु हिराबहादुर आफ्नो जीविकाको निमित्त भारततर्फ नोकरी गर्न गएको अवस्था नमालुम भाउजू गंगादेवीले को कस्को गर्भ बोकी रहिछन्, सो गर्भ के कति महीना भए पुगेको हो कहिले कसरी कुइले ठूलो स्वारा पोथेवारी भन्ने जग्गाको बारीको छेउको डोकेनल भित्र कपालको हाडको खोपरो फालिएको रहेछ । ०३३ साल कार्तिक २० गतेको दिन अन्दाजी १२ बजेको टायममा लहरे पिपले गा.पं.अन्तर्गत ठूलो बारी बस्ने छली जैसीनीले ठूलो स्वारा घोबारे भन्ने जग्गामा कपालको हाडको खोपरो देखिछ र के हो टुक्रा हो भनी गाउँ वरपर सबैलाई भन्दा सबै सो जग्गामा गई हेर्न जाँदा निज गंगादेवी उपर शंका गरी सोधपुछ गर्दा निज गंगादेवीले यो गर्भ मैले फालेको हुँ भनेकोले म देवर ईन्द्रबहादुर खत्रीको जाहेरी दरखास्त । ३. लहरे पिपल गा.पं.अन्तर्गत ठूलो स्वारा घोचे बारी भन्ने जग्गामा भेटिएको कपालको हाड खोपरो समेत देखिएको सो मैले जन्माई फालेको बच्चा हो । मैले यही २०३३ साल कार्तिक हरिशयनी एकादशीको २ दिन अगाडि कार्तिक १५ गते बिहान उज्यालो हुने बेलामा मैले छोरी जन्माएको र सो ज्यूँदो छोरीलाई जन्मने बित्तिकै नाल सहित आफ्नै निलो धोतीमा पोको पारी बाँधी घरको पछाडि बारीमा लगी फाली दिएको हुँ, सो बच्चा मैले जिउँदो जन्माई मारी फाली दिएको हुँ, मेरो विवाहिता लोग्ने हिराबहादुर खत्री भारततर्फ नोकरी गर्न गएको घरमा लोग्ने नभएको अवस्था गते बार याद छैन, २०३२ साल माघ महीनामा गाउँकै डाँफे भन्ने जैशी बाहुनको छोरा कृष्ण भन्ने मेरो घरमा आउने गथ्र्यो सोही माघ महीना देखि निजसँग करणी लिनु दिनु हुन थाल्यो । त्यसपछि माघ र फागुन २ महीना पुरै २–३ दिन बिराई बराबर निजसँग करणी हुने गरेको थियो महीनावारी सकिएपछि चैत्र महीनाको शुरूतिर निज कृष्णलाई महीनावारी रोकिएको कुरा बताई अब के गर्ने औषधी खानु पर्यो पैसा लेउ भनी माग्दा निजले पैसा दिन सकेन, ०३५ साल कार्तिक १५ गते छोरी जन्मी आजसम्म कसैले थाहा नपाएकोले आफ्नो लोग्नेको सत्मा रहनको लागि जिउँदो छोरीलाई मारी फालेको हुँ सो बच्चा मार्न कसैसँग सल्लाह गरेको र मद्दत मागेको समेत छैन मेरो आफ्नो बुद्धिले फाली मारेको हुँ मारी फाल्ने काममा कृष्णलाल आचार्य जैशीको समेत कुनै हात छैन भन्ने अभियुक्त गंगादेवी क्षेत्रीनीको प्रहरीमा गरेको बयान । ४. गंगादेवीले आफ्नो लोग्ने घरमा नभएक