निर्णय नं. ७३४ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३४ - जालसाजी भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/06/16 १९५६ निर्णय नं. ७३४ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२७ सालको फौ.फु.नं. ३६ फैसला भएको मिति : २०२९।६।१५।३ निवेदक : सल्यान वंगाड गैरी कटेरी बस्ने हर्कसिंह कुँवरको हकमा सकार गरी निवेदन गर्ने उजेली कुँवर्नी विरूद्ध विपक्षी : ऐ. बुडाखोला बस्ने जि.भोलाप्रसाद बडासमेत मुद्दा : जालसाजी (१) साक्षी सबूदसमेतको अभावमा दावी साँचो मान्न नमिल्ने । त्यसरी स्वयम वादी आफू मालमा गई दर्खास्त दिई मालबाट सर्जमिन बुझी ठहर गरी नामसारी भए गराएको कारवाई वादीको लेखाई अनुसार प्रतिवादी जि.भोलाप्रसाद नन्दलालहरूले मालको हाकिम कारिन्दासमेतलाई भोर्याई वादीलाई झुक्याई गर्न गराउन सक्ने अवस्थाको देखिँदैन मालको हाकिम कारिन्दासमेत मिली झुक्याई गराएको भनी मालका हाकिम कारिन्दाहरू उपरसमेतको कानूनबमोजिम वादीको उजूर नभएको र आफूले नसुनी नबुझी आफ्नो नाममा जग्गा नामसारी गराउन माल अड्डामा गई दिएको आफ्नो दर्खास्तसमेतमा वादीले अर्काको भनाईमा लागी त्यसै सहिछाप गरे होला भन्ने कुरा प्रतितलायक पनि नभएको वादी दावीबमोजिम झुक्याई सहिछाप गराएकै हो भन्ने कुराको वादीले १ जना साक्षीसम्म पनि गुजार्न नसकेकोसमेत हुँदा साक्षी सबूदसमेतको अभावमा वादी दावी साँचो मान्न मिलेन । (प्रकरण नं. ११) निवेदक तर्फबाट : अधिवक्ता सुधानाथ पन्त फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. मुद्दा प्रस्तुत न्यायिक समितिको शिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च पेस हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : बाबु थुमां र जोते फते ३ भाइ ८७ सालमा भिन्न भई बेगल भएको जोखे कुँवरको भाग खेत रू.९०। लिई बाबु थुमांलाई दिई ४ खुवा थापा चौर खानती गाउँमा बसाई गएको ९८ सालको मोठमा खेत खला ५ को मुरी १५।१७ हाम्रो बाबु थुमांका नाउँमा दर्ता भएको बाबु मरेपछि म र भाइ जितबहादुुर छुट्टी भिन्न भई आधि आधी बण्डा गरी खाई आएको माहिला बाबु जोखे ०१६ सालमा परलोक भएपछि निजकी स्वास्नी गिमीले हाम्रो बाबु थुमांको नाउँको दर्ताको आधि खेत आफ्ना नाउँमा नामसारी गराई नन्दलाललाई राजीनामा पास गरी दिएकोमा छुट्टै नालेस परी राखेको छ जि.भोलाप्रसाद नन्दलालसमेतले जग्गा तिम्रो नाममा नामसारी गराई दिन्छौं भनी ०१७।८।३ गते सल्यान मालमा ल्याई कसलाई हो लेखाई मलाई नसुनाई दर्खास्त दिन लगाई नामसारी गर्ने हाकिम कारिन्दसमेत भोर्याई नामसारी श्रेस्ता गरेपछि सही गर भन्दा नामसारी श्रेस्ता र दर्खास्तमा मैले सहिछाप गरेको सो दर्खास्तमा आधि खेत गिमीको भागको भन्ने लेखी झुक्याई सहिछाप गराएकोसमेत पछि थाहा भयो मलाई झुक्याई जालसाज गरेमा सजाय गरी मालमा दिएको दर्खास्त बदर गरिपाउँ भन्नेसमेत वादी । ३. जग्गा हटक मुद्दामा दिएको प्रतिवादीबमोजिम गिमीले म नन्दलाललाई राजीनामा गरी दिएको व्यवहार साँचो भई म जि.भोलाप्रसाद बेरामी भएको मौका यो वादीले पनि आफ्नो हक भए जति जग्गा आफ्ना नाममा ०१७।८।३ गते सल्यान मालमा नामसारी गराएछ वादीले कसलाई दर्खास्त लेखाएको मानिस सरजमीन राखी हकको प्रमाण के कति पेस गरी दावा गरायो हामीलाई थाहा छैन हामीले मालमा लगी झुक्याई जालसाज गरेकोसमेत होइन भन्ने प्रतिवादी । ४. एकाका नाउँको जग्गा दर्तावालाको मञ्जूरी र आफ