निर्णय नं. १३११ - उत्प्रेषण परमादेशको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३११ - उत्प्रेषण परमादेशको आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०८/१८ २३०९ निर्णय नं. १३११ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् ०३५ सालको रिट नम्बर १०६५ आदेश भएको मिति : ०३६।८।१८।३ मा निवेदक : सर्लाही जि. कविलासी गा.पं.व.नं. ७ बस्ने पुरन शाह विरूद्ध विपक्षी : जि. न्या. श्री लिलाबहादुर बस्नेत रहनु भएको निर्वाचन विशेष अदालत मुकाम जिल्ला अदालत सर्लाही, सर्लाही जिल्ला कविलासी गा.पं. वडा नं. ७ बस्ने राजकुमार शाह विषय : उत्प्रेषण परमादेशको आदेश जारी गरिपाउँ (१) अधिकार प्राप्त अदालतबाट निवेदकलाई बुझी निर्वाचन बदर गरेकोमा प्राकृतिक न्यायको सिद्धान्त विरूद्ध तथा दोषपूर्ण निर्णय गरेको भन्न नमिल्ने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय तथा विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर आदेश न्या. बासुदेव शर्मा : विपक्षी अदालतको मिति ०३५।९।१२।४ को फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ यो निवेदनको अन्तिम किनारा नहुन्जेल प्रत्यर्थी नं. १को निर्णय कार्यान्वित नगर्नु नगराउनु भन्ने सर्वोच्च अदालत नियमावलीको नियम ५८(२) अन्तर्गत अन्तरिम आदेश पनि जारी गरिपाउँ भन्ने समेतका कुराको माग गर्दै नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०२५।१०।१२ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारका रहेछ : २. निवेदक जि. सर्लाही कविलासी गा.पं. वडा नं. ७ को गाउँसभा सदस्यको रिक्त पद पूर्ति निमित्त भएको चुनावमा १४१ मत प्राप्त बिजयी उमेद्वार घोषित भएको रहेछ, उक्त निर्वाचनमा पराजित भएका राजकुमार शाहले अर्को एक उम्मेदवार देवनारायण मण्डल उपर विपक्षी अदालतमा निर्वाचन (अपराध र सजाय) ऐन, ०२४ को दफा १४(२) बमोजिम निज देवनारायणको निर्वाचन बदर गरी आफू निर्वाचित घोषित गरी पाउन उजूर दिनुभएको रहेछ । पेटबोलीबाट लेखिएका निवेदक पुरन शाह समेतलाई अ.बं.१३९ नं. बमोजिम बुझ्दा निवेदकले मतदान अधिकृतले प्र.देवनारायण र हामी समेतको पक्षमा लागी कुनै काम कुरा गरेको छैन भन्ने समेत बयान दिएकोमा निर्वाचन परिणाम तेरिज फाराम तथा मतगणना फारामबाट भोला पासवानले मतसंख्या १४६ देवनारायणले १४६ रघुनाथले १४६ भिखारीले १४४ तुरनले १४१ मत पाएकोबाट निजहरू बिजयी घोषित गरिएकोमा मदतान अधिकृतले सो निर्वाचन बदर गरेको संख्या ९३ मत पेटी हेर्दा उजूरवाला राजकुमारको निर्वाचन चिन्ह अनुसार प्राप्त मतपत्रमा बदर गरिएको भनिएका मतपत्रहरू मध्ये मतपत्र थान १२ कानून बमोजिम सदर गर्नुपर्ने सदर नगरी बदर गरिएको पाइएबाट सो सदर कायम मान्न पर्ने मत थान २१ र उल्लेख मतसंख्या १२६ समेत जम्मा १४७ मत पत्र प्राप्त भएको देखिन आयो । सो अनुसार उक्त निर्वाचनमा मत गणना फाराम र निर्वाचन तेरिज फारामबाट देखिएको मतसंख्या १४१ पाउने पेटबोलीबाट बुझिएका पुरन शाहको अल्पमत देखिन आएकोले निर्वाचन अपराध तथा सजाय ऐन, २०२४ को दफा १२ (२) बमोजिम निजको निर्वाचन बदर भई उजूरवाला राजकुमार शाह उचित तवरले निर्वाचित भएको ठहर्छ भन्ने समेत गरी ०३५।९।१२ मा विपक्षी विशेष अदालतबाट निर्णय फैसला भएको रहेछ, सो बदर गराई पाउन निम्न कुराहरूको जिकिर लिँदै प्रस्तुत रिट निवेदन पर्न आएको छ । ३. विपक्षी अदालतले मेरो निर्वाचन सम्बन्धमा गरेको कारवाही र निर्णय नै