निर्णय नं. ७३५ - ठेक बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३५ - ठेक बाली भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/11/23 २०३३ निर्णय नं. ७३५ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२६ सालको दे.फु.नं. ८१ फैसला भएको मिति : २०२९।११।२३।३ निवेदक : वीरगञ्ज तेल गोदाम बस्ने सु.भुपालसिंह प्रधान विरूद्ध विपक्षी : जि.बारा कलैयाबजार बस्ने किर्तिमान नगरकोटी मुद्दा : ठेक बाली (१) ठेक्का पट्टामा लिई पाई भोग चलन गरी राखेकोमा कानूनी रीतबाट ठेक्कापट्टा तोडाउन सक्ने अथवा दुवै पक्षको मञ्जूरी भई तोडेको हुनु बेगर एक पक्षीय जग्गाधनीको आफू खुसीले जहिले पनि बदर गरी जग्गा झिक्न नसक्ने । उक्त ९५।११।७।७ को लिखत सद्दे ठहर्न आएको र सो लिखत बमोजिम प्रतिवादी भुपालसिंले ठेक्का पट्टामा लिई पाई भोग चलन गरी राखेकोमा बीचमा निजले ठेक्का पट्टामा लिखतको सर्त उल्लंघन गरी ठेक आयस्ता नबुझाई बाँकी राखेकोसमेत भए ठेक आयस्ता बिगो भराई ठेक्का पट्टा तोडी पाउँ भनी जग्गाधनी उपेन्द्रनाथ निलमणिले कानूनबमोजिम नालेस उजूर गरी कानूनी रीतबाट प्रतिवादी भुपाल सिंहले पाएको ठेक्का पट्टा तोडाउन सक्ने अथवा दुबै पक्षको मञ्जूरी भई ठेक्का पट्टा तोडेका हुनुबेगर प्रतिवादी भुपाल सिंहले पाएको ठेक्का पट्टाको लिखत एकपक्षीय जग्गाधनीको आफू खुसीले जहिले पनि बदर गरी जग्गा झिक्न सक्ने स्थिति नहुँदा भुपाल सिंहले पाएको उक्त ९५।१२।७।७ को ठेक्का पट्टाको लिखत कायमै रहेको मान्नुपर्ने र उक्त लिखत कायमै रहेको छँदाछँदै दोहरा पर्ने गरी बीचमा अरूलाई ठेक्का बन्दोबस्त गरी दिन नपाउनेसमेत उक्त ९५।११।७।७ को लिखतमा परेको स्थायी ठेक्का गरी थामी दिएको भन्ने बोलीले नै बन्देज गरी राखेकोसमेत हुनाले जग्गाधनी मध्येको एकजना मात्रले वादी किर्तिमानलाई ०९ साल आषाढमा अर्को लिखत गरी दिएको मान्यता दिन मिल्ने देखिँदैन । (प्र.नं. १३) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल फैसला न्या. जयदेव भट्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनू भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेस हुन आएको छ । २. मुद्दाको विवरण यसप्रकार छ : उपेन्द्रनाथको मधुरी वौडनपुरको जग्गा विगाहा १०१ मालतर्फको जिमिदारी नम्बरी जोत जिरायत वीरगञ्जको घरकोठी जग्गासमेतको आयस्ता बालीमा साल १ को कं.रू.३०२ बुझाउने गरी ०९ सालको बालीदेखि ०९।४।२४ मा पास गराई लिई भोग गरी आएको किर्तिमानलाई चलन दिएको बदर गरिपाउँ भन्ने भूपाल सिंहको बारा मालमा उजूर परी कारवाई भएको मुद्दामा भुपाल सिंहको हक नलाग्ने भए उपेन्द्रनाथले अमीनीमा नालेस गर्नु भनी ०१५।६।१ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएकोले भूपाल सिंहको हार भई मेरो ठेकदारी पास बहालै रहेकोमा भूपाल सिंह र रामलखन राम सुरथसमेत मिली रैती भड्काई २ कठ्ठा जग्गाको मोल कं.रू.१५ को माटा खुर्सानी खाई दिएकाले बिगो भराई मेरो ठेक्का पट्टा उपरको खिचोला छोडाई पाउँ भन्ने वादी । ३. सो जग्गा जिमिदार उपेन्द्रनाथ निलमणिको नाउँमा बारबार दर्ता भई दुवै भाइले भुपाललाई दिई राखेको मुख्य व्यवहार गर्ने निलमणि छँदै उपेन्द्रनाथले मात्र दिन नहुने किर्तिमानलाई दिएको बदर गरिपाउँ भनी सु.भूपालले वीरगञ्ज गोश्वारामा निवेदन दिई कारवाई चलेकोमा भूपाल सिंहले पहिला पाएको निजले पाउन नसक्ने निजक