निर्णय नं. १३१२ - राजकाज

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३१२ - राजकाज भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/१०/२२ ३०१५ निर्णय नं. १३१२ ने.का.प. २०३६ फुल बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् ०३६ सालको फौ.फु.नं. ११ फैसला भएको मिति : ०३६।१०।२२।३ मा निवेदक : फिदिम गा.पं. वडा नं. ३ घर भई का.जि. कमलपोखरी डेरा गरी बस्ने शुभाष नेम्वाङ विरूद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : राजकाज (१) पुनरावेदनबाट इन्साफ जाँची निर्णय गर्दा पुनरावेदन नपर्नेको हकमा समेत इन्साफ उल्टने भयो भने निजको हकमा समेत इन्साफ उल्टाई निर्णय गर्ने भन्ने कानूनमा व्यवस्था प्रष्ट देखिने। (प्रकरण नं. २७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरबप्रसाद लम्साल उल्लिखित मुद्दा :  फैसला न्या. सुरेन्दप्रसाद सिंह : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहोर्‍याई पाउँ भनी निवेदक प्रतिवादी शुभाष नेम्वाङले चढाएको निवेदनमा न्यायिक समितिबाट भएको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएका हुकुमप्रमाङ्गी बमोजिम मुद्दा दोहरिई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : एरिया घुम्दै जाँदा त्रि–चन्द्र क्याम्पस बाहिर नेपाल सरकारको घुँडाटेकुवा नीतिको भत्सर्ना गरौं, देशको भविष्यप्रति चिन्तित भएका साथीहरू भन्ने शीर्षक भएको पर्चा फेला परेकोले दाखिल गरेको छु भन्ने समेत ०३३।१।४ को प्रहरी प्रतिवेदन । ३. नेपालका प्रधानमन्त्री श्री तुलसी गिरी नेपाल भारत सम्बन्धको सिलसिलामा भारत जानु भएकोमा भारतीय पत्रपत्रिकाले गरेको अनुचित टिकाटिप्पणींको सम्बन्धमा नेपालको नागरिकको हैसियतले स्वस्थ आलोचना गरी नेपाल सरकारको घुँडाटेकुवा नीतिको भत्र्सना गरौं भन्ने समेत शीर्षक राखी मिति ०३३।१।२ को दिन बेलुका सुनिलकुमार राई, सुभाष नेम्वाङ, भीम रावल र माधवप्रसाद पौडेल समेत मेरो डेरामा नेपाल तथा भारतीय पत्रपत्रिका समेत लिई आएकोले उक्त पर्चा म समेतले ड्राफ्ट गरी छापी ४ गतेका दिन अं.३–४ बजेको समयमा त्रि–चन्द्र क्याम्पसको २७, २८ नं. कोठामा छरी दिएको हुँ भन्ने समेत भीम न्यौपानेको प्रहरीमा भएको ततिम्बा सहितको बयान कागज । ४. देखाएको पर्चा देखेँ, सो पर्चा कसले लेखी छाप्न लगाई कुन व्यक्तिले छरे छर्न लगाएका हुन मलाई थाहा छैन, सुनिलकुमार, भीम न्यौपानेसँग भेटघाट भएको छैन भन्ने समेत टोमलाल पाण्डेको प्रहरीमा भएको प्रतिवेदन बयान कागज । ५. पर्चा छरे सम्बन्धमा थाहा छैन भनी मैले ०३३।१।१४ का दिन बच्ने विचारबाट झुठ्ठा बयान दिएको थिएँ, पछि पक्राउ भई आएका साथीहरूले पोलेको सम्बन्धमा साँचो व्यहोरा यो छ कि प्रधानमन्त्री तुलसी गिरीज्यू भारत भ्रमणबाट फर्कने कुरा सुनेकोले सल्लाह भई ०३३।१।२ गते भीम न्यौपानेको डेरामा गयौं, त्यहाँ भीम न्यौपाने, भीम रावल, माधवप्रसाद पौडेल रहेछन् र शुभाषले पर्चा ड्राफ्ट गर्‍यो र सबै साथीलाई देखाउँदा ठीक भनेकोले ड्राफ्ट कपी लिथो गरी ल्याउँछु भनी माधवप्रसादले लगे भोलिपल्ट ३ गते सुनिल चित्रकारको डेरामा निजलाई मैले चुरोटमा चरेस हाली खान दिई बेहोस भएपछि सो पर्चा लिथो गरी छरेको हो सो पर्चाको हस्ताक्षर मेरो होइन भन्ने समेत सुनिलकुमार राईले प्रहरीमा गरेको ततिम्बा बयान कागज । ६. नेपालका प्रधानमन्त्री श्री तुलसी