निर्णय नं. १३१३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३१३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/१०/०४ २४६८ निर्णय नं. १३१३ ने.का.प. २०३६ फुल बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् ०३६ सालको रि.फु.नं. ३३ आदेश भएको मिति : २०३६।१०।४।६ मा निवेदक : जि. नवलपरासी बेणी मणिपुर गा.पं वडा नं. २ बस्ने भीमदेव भुर्तेल जैशी विरूद्ध विपक्षी : श्री का.मु भूमिप्रशासक भूमिप्रशासन शाखा नवलपरासीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अदालतमा मुद्दा परी रहेको छँदै दरपीठको आधार लिई फट्टा प्रमाणित गर्ने गरेको निर्णय सम्बन्धमा रिट निवेदनबाट निर्णय गर्दा उक्त अदालतमा परी राखेको कीर्ते जालसाजी मुद्दामा असर पर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. बासुदेव शर्मा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट निर्णय हुँदा सो बेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी राय बाझिएकोले निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य र निवेदन जिकिर यस प्रकार छ : मैले शंकरध्वज जोशीबाट रू.१४,५००। मा जि. नवलपरासी कावस्वती गा.पं. वडा.नं. ३(घ) कि.नं. ३६ को खेत ज.जि. ०–४–१२ कि.नं. ४७ को ज.वि.२–४–१८ कि.नं. ५५ को ०–१६–१९ कि.नं. ६७ को १–७–४ कि.नं. ७० को १–०–१९ जग्गाहरू ०२८।५।२३।४ मा राजीनामा रजिष्ट्रेशन पास गरी लिई नामसारी दर्ता गरी जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त गरी सो जग्गा भोगचलन गरी आएकोमा विपक्षी शिवलालले यो जग्गा खरीद गर्न दिनुहोस् भनेकोले रू.२०,०००। लिई ०२९।१२।६ मा ६ महीनाभित्र रजिष्ट्रेशन पास गरी लिनेदिने व्यहोराको राजीनामा लेखी दिए पनि कानूनका म्यादभित्र सो जग्गा निजले रजिष्ट्रेशन पास गराई नलिएकोले लिखत कपाली हुन गएबाट सो रूपैयाँ मैले ०३२।१२।२२ मा तिरी कानून बमोजिम लिखत फट्टा गराई लिएँ । सो जग्गा बिक्री गर्ने सिलसिलामा शङ्करध्वजबाट गराई लिएको राजीनामा कागज विपक्षी शिवलालको मानिस हरी केशवलालसँग राखेकोमा निजहरूले मिली कीर्ते जालसाजी कार्य गरी ०२८।८।२५ गते घरसारमा निखनी लिएको भनी अघिको मिति पारी दरपीठ गरी लगत कट्टा जनाई पाउँ भनी प्रचलित कानूनको विपरीत विपक्षी कार्यालयमा निवेदन दिई विपक्षी कार्यालयले म्याद नघाई आएकोले रू.७२।५० जरिवाना लिई लगत कट्टा गरी दिने गरी निर्णय गरी दिनु भएछ । ३. विपक्षीहरूले कीर्ते जालसाजी गरेतर्फ जिल्ला अदालतमा मुद्दा समेत दिएकोले त्यसतर्फ उतैबाट इन्साफ हुने नै छ । ४. विपक्षी शिवलाल उक्त जग्गाको सँधियार पनि हैनन् । मुलुकी ऐन लेनदेन व्यवहारको १२ नं. को आधार लिई निखन्न पाउँ भनी आउने व्यक्तिले लिखत रजिष्ट्रेशन भएको मितिले ६ महीनाको म्याद नाघेको ३५ दिनभित्र निखन्न चाहेको अचल सम्पत्ति लिने साहुका साथ रजिष्ट्रेशन गर्ने अड्डामा गई लिनु दिनु गरी भरपाई गराई लिनु पर्ने बाध्यात्मक कानूनी व्यवस्था मुलुकी ऐन रजिष्ट्रेशनको महलको ३५ नं. मा छ । घरसारमा राजीनामाको पिठमा दरपीठ गराई लिएकोलाई प्रचलित कुनै कानूनले पनि मान्यता दिएको नहुँदा कानूनी व्यवस्थाको अभावमा विपक्षी कार्यालयले गर्नुभएको उक्त निर्णय त्रुटिपूर्ण छ । विपक्षी कार्यालयले लिखत फट्टा गराउने भनी गर्नुभएको निर्णयमा रजिष्ट्रेशनको महलको ३७ नं. र ४४ नं. समेतको उल्लेख गरी जरिवाना गरेर फट्टा गराउने निर्णय गर्नुभएको छ राजीनामा गर