निर्णय नं. ७३६ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३६ - जालसाजी भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/02/12 १९५७ निर्णय नं. ७३६ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. सम्वत् २०२८ सालको फौ.फु.नं. ४३ फैसला भएको मिति : २०३०।२।१२।६ निवेदक : ल.पु.जि.घर भई हाल लेले राणाडी गाउँ बस्ने टिकाकुमारी खत्री क्षेत्री विरूद्ध विपक्षी : ऐ.ऐ.बस्ने हिराबहादुर राणाभाटसमेत मुद्दा : जालसाजी (१) जग्गाको हकबेहकसमेतमा निर्णय गर्न पर्नेमा नगरी जालसाजी तर्फमात्र निर्णय गरेको फैसला बदर हुने । यसमा निर्णयतर्फ विचार गर्दा आमाले मलाई बकसपत्र गरी दिएको आमा परलोक भइसकेको अघि मेरो आमाको हक ठहरी अपील दोस्राबाट समेत फैसला भइसकेको छँदै विपक्षी पञ्चायतको कर्मचारी मिली जालसाज गरी हिराबहादुरका नाउँमा नाउँ सारी गरिदिनु भन्ने ल.पु.माललाई लेखोट गरी गराई जालसाज गरेमा सजाय गरी बेहिसाबसँग ल.पु.मालमा हिराबहादुरका नाउँमा नाउँसारी दर्ता गरे गराएकोसमेत बदर गरिपाउँ भन्नेसमेत वादी र दावीको जग्गा मेरै हक ठहरी पञ्चायत र अपील दोस्राबाट फैसला भएको हुँदा मेरै नाउँमा नाउँसारी गरिदिनु भन्ने पञ्चायतबाट पूर्जि दिएकोले वादीको हक नठहरी मालबाट दर्ता गरिदिएपछि अपील पर्दा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट इन्साफ सदर गरी फैसला भएको हो जालसाजी गरेको होइन भन्नेसमेत हिराबहादुरसमेतको प्रतिवादी भएकोबाट मुख्यतः जग्गामा नै हकबेहकको विवाद उत्पन्न हुन आएको देखिएकोले जग्गा हकबेहक तर्फ लाग्ने कोर्टफी वादीबाट लिई जग्गाको हकबेहक र जालसाजीतर्फ निर्णय गर्न नपर्ने प्रष्ट हुन आएको छ । त्यसरी जग्गाको हकबेहककोसमेत निर्णय गर्न पर्नेमा नगरी जालसाजीतर्फसम्म निर्णय गरी वादी खारेज गर्ने नगरेको ललितपुर जिल्ला अदालतको इन्साफ मनासिव ठहराएको बागमती अञ्चल अदालतको इन्साफ सदर गरेको डिभिजन बेञ्चको ०२७।११।२३ को इन्साफ मिलेको नदेखिएकोले विद्वान अधिवक्ताहरूको उपरोक्त बहसमा यो बेञ्च सहमत भएन सो फैसला सबै बदर गरी दिएको छ तपसीलको कलममा तपसील बमोजिम गरी जग्गा हकबेहक तर्फ कानूनबमोजिम लाग्ने कोर्टफी वादीबाट लिई जग्गा र जालसाजी दुवैतर्फ कानूनबमोजिम निर्णय गर्नु भनी तारेखमा रहेका पक्षहरूलाई तारेख तोकी मिसिल नियमबमोजिम बागमती अञ्चल अदालतमा पठाई दिने ठहर्छ । (प्र.नं. १० र ११) फैसला न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ । २. मुद्दाको विवरण यसप्रकार छ : विपक्षी हिराबहादुर र मेरी आमा नैनकुमारीको अंश नामसारी दर्ता मुद्दा लेले ग्राम पञ्चायतमा परेकोमा मेरी आमाको दावी बमोजिम जेठाबाबु कृपासुरका नाउँमा ल.पु.पहिला मालमा दर्ता भएको खेत मुरी ।३४ मध्ये सि.नं.३३० को धान ।२।४ बीउ जाने खला १ सि.नं.५०१ को पाखा बारी रोपनी २।। को खला १ मकैको बीउ पाथी ।४ जाने पाखो कित्ता १ सो जग्गामा बनेको ९,१० को कच्चि पराले घर १ सि.नं.५०२ को पाखोबारी रोपनी १।।। समेत मध्ये सि.नं.५०१ को खला बाहेक आधि मेरी आमाको र आधि हिराबहादुरको हक ठहराई लेले पञ्चायतबाट ०९।३।२।४ मा र सोही सदर गरी अ.दो.बाट ०९।१२।२६ मा समेत फैसला भएको आमाले मलाई शेषपछि बकसपत्र गरी दिनु भएको ०१६।१।१३ मा आमा परलोक भएपछि फैसला बमोजिम आधि मेरो हक भएको नामसारी दर्ता गरिपाउँ भनी ल.पु.