निर्णय नं. १३१४ - निखनी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३१४ - निखनी पाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०८/२८ २४७८ निर्णय नं. १३१४ ने.का.प. २०३६ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् ०३६ सालको रि.फु.नं. ३७ फैसला भएको मिति : २०३६।८।२८।६ मा निवेदक : का.जि. न.पं. वडा नं. १३ नरदेवी नेटपाचो बस्ने सुन्दरचरण बैद्य विरूद्ध विपक्षी : भ.पु.जि. भ.पु.न.पं. वडा नं. ८ तुलाछे टोल बस्ने कृष्णचरण बैद्य मुद्दा : निखनी पाउँ (१) तत्काल प्रचलित मुलुकी ऐन लेनदेन व्यवहारको ११ नं. को व्यवस्थाले मुख्यले थाहा पाएकोमा एकाघर सगोलका सबैले थाहा पाएको मान्नु पर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ तथा वि.अधिवक्ता श्री प्रकाश वस्ती फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चको मिति ०३५।९।२४।२ को निर्णय दोहर्‍याई पाउँ भन्ने निवेदक सुन्दरचरण बैद्यको परेको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हु.प्र.बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. उमाचरण बैद्यले ०२९।१।१३ मा भ.पु.न.पं. वडा नं. ८ तुलाछे टोल बस्ने नारायणभक्त त्वायनालाई ऐ.वडा नं. ८ तुलाछे टोलको पूर्व कृष्ण बैद्यको घर साझा चोक पश्चिम साझा चोक उत्तर दिवाकरहरू समेतको पाताल र साझा चोक दक्षिण म ऋणिको बाँकी कौशीपुर र उक्त कौशी पुल मुनिको कौशीपुर र बाँकी घर गल्ली बाटो यति ४ किल्ला भित्रको दक्षिण मोहडा पूर्व पश्चिम लङको पूर्व दक्षिण लम्बाई हात १२ उत्तर दक्षिण चौडाई हात ४ र अंगुल १६ भएको १ नाले ३ तल्ले कौशी समेत भएको घर र सो घरदेखि पश्चिम पट्टि जोडिएको पूर्व पश्चिम लम्बाई हात ९ उत्तर दक्षिण चौडाई हात ५ भएको १ नाले ३ कवले पक्की झिंगटी छाना भएको र सो घरले चर्चेको लगापात समेत रू.४०००। मा र पूर्व तपाईं साहूलाई बिक्री गरेको घर पश्चिम हरिभक्त चिबन्जार समेतको घर पाताल बगैंचा दक्षिण गल्ली बाटो र कृष्णचरणको घर पाताल बनेको यति ४ किल्ला भित्रको ऐ.ऐ.को उत्तर दक्षिण लम्बाई हाल ३२ पूर्व पश्चिम चौडाई हात १६ को चोक छाप्रो बगैंचा र सो चोक छाप्रो बगैंचा देखि पश्चिम पट्टिको पूर्व पश्चिम लम्बाई हात ५२।। उत्तर दक्षिण चौडाई हात १३ भएको घर पाताल बगैंचा र सो घर पाताल बगैंचाहरूले चर्चेको लगापात समेत रू.३००१। मा भ.पु.भू.प्र.का.बाट राजीनामा रजिष्ट्रेशन पारित गरी दिएछ । सो कुरा थाहा पाई नजिकको हकदार भएको ०२९।२।२२ मा भ.पु.भू.प्र.का.मा थैली धरौट राखेकोमा विपक्षीहरूले मलाई निखन्न नदिन विपक्ष मध्येको उमाचरणको एकाघर सगोलको छोरा सुन्दरचरण बैद्यले मानो छुट्टिई भिन्न बसेको भनी झुठ्ठा जिकिर लिई म्याद नाघेपछि ०२९।२।२६ मा भू.प्र.का.मा थैली धरौट राखेकोमा सुन्दरचरणले निखन्न पाउने गरी भू.प्र.का.ले गरेको निर्णय उपर प्र.जि. अ.का.भ.पु.मा मेरो पुनरावेदन परी रजिष्ट्रेशनको नं. ३५(२) बमोजिम इन्साफ दिन पर्ने कुरा देखिन आएकोले ३५ दिनभित्र नालिस गर्नु भनी निखन्न पाउने बदर समेत गरी ०३१।२।१५ मा फैसला भएको उपरोक्त कारणहरूबाट विपक्षीको मानु छुट्टी भिन्न रहेको भन्ने झुठ्ठा दावीको निराकरण गरी मेरो घरसँगै जोडिएको घर र नजीकको हकदार समेत हुँदा मैले निखन्न पाउने गरिपाउँ भन्ने समेत वादी दावी । ३