निर्णय नं. १३१५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३१५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/११/०६ २३५९ निर्णय नं. १३१५ ने.का.प. २०३६ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् ०३६ सालको रिट नम्बर १३०६ आदेश भएको मिति : ०३६।११।६।२ मा निवेदक : जिल्ला बाँके नेपालगञ्ज न.पं. वडा नं. ४ कधैलाल भुजवा विरूद्ध विपक्षी : श्री नेपालगञ्ज नगरपञ्चायत नेपालगञ्ज बाँकेसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कसैको उजूरै नपरी केवल सरजमीनको भनाइको भरमा अदालतमा जानु भनी विपक्षी नगरपञ्चायतबाट निवेदकलाई सुनाई दिई गरेको निर्णय नगरपञ्चायत (संशोधन सहित) ऐन, २०१९ को दफा ४९ को उपदफा (२) समेतको त्रुटि देखिएको र नगरपञ्चायतका प्रधान अधिकृतको पर्चा र नगरपञ्चायतको बैठकको बहुमतद्वारा भएको फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण लगायत अन्य जो चाहिने आज्ञा, आदेश जारी गरी विपक्षी प्रधान अधिकृतको मिति ०३५।९।२३ को पर्चा र विपक्षी नगरपञ्चायत बैठकको मिति ०३६।१।१४ को बहुमतको फैसला बदर गरिपाउँ भन्ने समेतका कुराको माग गर्दै मिति ०३६।२।११ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारका रहेछन् : २. बाबु कधैलाल भुजवाका नाममा दर्ता रहेको ने.ग.न.पं.वार्ड नं. ४ सुवा विरेद्रकेशरी बङ्गाला पछिम तर्फ नं. ११२० को जग्गा बिगाहा द्र।।२ मध्ये पूर्व आफ्नै घर समेत ४ किल्ला भित्र लम्बा ४१–६ चौडाई ४२ उचा १०–६ हुने गरी नक्सा बमोजिम घर बनाउन इजाजत पाउँ भन्ने कधैलाल भुजवाको छोरा राम दुलारेको निवेदन परेकोमा ने.ग.न.पं. वडा नं. ४ सुवा विरेन्द्रकेशरी टोलको सडक सो पूर्व कधैलाल सो पश्चिम समेत ४ किल्ला भित्रको जग्गालाई यस नगरपञ्चायतले आफ्नो जग्गा भनी घोषित गरेको सो जग्गा सार्वजनिक हित सुविधाको लागि आफ्नो पूँजी लगाई न.पं.को नाउँमा एउटा धर्मशाला बनाउनको लागि इजाजत पाउँ भन्ने समेत मोहमद हलुवाईको निवेदन पर्न आएको सो घर बनाउने सम्बन्धमा यस कार्यालयबाट कार्यवाही भई फैसला उपर विपक्षीको सर्वोच्च अदालतमा उजूर परी किनारा लागेको कुनै जानकारी प्राप्त नभई कधैलालको नक्सा पास गरिपाउँ भन्ने कार्यवाही स्थगित गरी दिने ठहराई न.पं.बाट ०३५।५।१३ मा पर्चा भएकोमा श्री सर्वोच्च अदालतबाट भएको फैसलाको नक्कल कार्यालयले हेर्न खोजेका बखत देखाउने गरी निवेदन साथ संलग्न गरी निवेदन गरेको छु, उक्त मुद्दा अविलम्ब लगाई कारवाई भई नक्सा पास गरिपाउँ भन्ने कधैलाल भुजवाको निवेदन परेको रहेछ सरजमीन बुझ्दा सरकारी जग्गा हो भन्ने ७ जना र नक्सा बमोजिम घर बनाएमा कुनै किसिमको बाधा अडचन समेत पर्दैन भन्ने समेत ३ जनाले सरजमीन गरी दिएको रहेछ । सो नं. ११२ को चौहद्धी नमिलेको र सरकारी जग्गा हो घर बनाउन दिन मनासिव पर्दैन भन्ने सरजमीनको भनाई भएकोले नक्सा पास गरी दिन नमिल्ने सम्बन्धित अदालतमा जानू भनी निवेदकलाई सुनाइने ठहराई प्रधान अधिकृतबाट ०३५।९।२३ मा पर्चा भएको रहेछ, सो उपर निवेदकको पुनरावेदन परेकोमा प्रधान अधिकृतको ०३५।९।२३ को फैसला मनासिव छ भनी विपक्षी नगरपञ्चायतको बैठकबाट ०३६।१।१४ मा फैसला भएको रहेछ । सो बदर गराई माग्न प्रस्तुत रिट निवेदन पर्न आएको छ । ३. विवाद सम्बन्धी नं. ११