निर्णय नं. ७३७ - पास बेगर किलास गारो बनायो भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३७ - पास बेगर किलास गारो बनायो भन्ने भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/12/10 २२४९ निर्णय नं. ७३७ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको देवानी फुल नम्बर १५३ फैसला भएको मिति : २०२९।१२।१०।६ निवेदक : का.जि.लगन टोल बस्ने लक्ष्मीदेवी राजभण्डारी विरूद्ध विपक्षी : ऐ.बस्ने टेकबहादुर राजभण्डारी मुद्दा : पास बेगर किलास गारो बनायो भन्ने (१) तेरो मेरो हकबेहकको निर्णय हुन पर्ने प्रश्न उठकोमा नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ को उपदफा (२) अनुसार अदालतबाट हकबेहक छुट्याई लिन पर्ने । यसमा प्रतिवादीले नक्सा पास नगराई बनाएको भनेको गारो वादी दावी अनुसार वादीको किलास मिची नयाँ बनाएको हो वा प्रतिवादी जिकिर अनुसार आफ्नो पुरानै गारोलाई सच्याई मर्मत गरी बनाएको के हो भन्ने मूल प्रश्न उपर विचार गर्दा वादीको घर तर्फ ४ १/२ मिची नयाँ थपी बनाएको के हो भन्ने जुन ओभरसियरको नक्सा रिमार्कको मुख्य आधारमा सो गारो भत्काई दिने का.न.पं.मुद्दा फाँट तथा का.न.पं.सभाबाट निर्णय गरिएको छ त्यसमा साविकमा के कति थियो र हाल ४ १/२ मिची नयाँ थपी गारो उठाई बनाएको कसरी निश्चित गरिएको हो त्यसको आधार र कारण केही नखुलेकोले ओभरसियरको त्यस्तो किसिमको नक्सा रिमार्कसम्मलाई भर लिई त्यतिकैबाट हालै नयाँ थपी बनाएको भन्ने ठहर गर्न मिल्ने देखिएन मुख्य मेरो घरको पश्चिमपट्टिको किलासमा जबरजस्ती गारो उठाई लगेकाले सो भत्काई मेरो किलास कायम गरिपाउँ भन्ने वादी, आफ्नै पुरानोमा सच्याई साविकै बमोजिम बेगल कौशी तलाको मात्र टालटुल गरी बनाएको हुँ अघि मुद्दा परी फैसला हुँदा पश्चिमपट्टि वादीको किलासै नठहरकोले वादीको किलास मिची गारो उठाएको होइन भन्ने प्रतिवादी भई सो गारो तेरो मेरो हकबेहकको निर्णय हुन पर्ने प्रश्न उठेको यस्तोमा नगर पञ्चयात ऐन, २०१९ को दफा ४९ को उपदफा (२) अनुसार अदालतबाट हकबेहक छुट्याई लिनपर्ने र सो गारो उठाउँदा वादीको किलास मिचे नमिचेको उसै मुद्दाबाट तहकिकात भई ठहरे बमोजिम हुनेसमेत हुँदा अदालतमा नालेस दिई हकबेहक छुट्याई लिनु भनी सुनाई दिने गरेकोसमेत बागमती अञ्चल अदालतको सदर गरी ०२८।५।३।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखेको हुँदा निवेदक वादीलाई मुद्दा दोहर्‍याएमा अरू सजाय गर्न परेन, नियमबमोजिम मिसिल बुझाइदिनू । (प्र.नं. १२) निवेदक तर्फबाट : अधिवक्ता कृष्णकुमार वर्मा फैसला न्या. रङ्गनाथ उप्रेती १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनू भन्ने हुकुम प्रमाङ्गी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ । २. मुद्दाको विवरण यसप्रकार छ : मेरो घर पश्चिमपट्टिको मेरो किलासमा सँधियार टेकबहादुरले जबरजस्ती गारो उठाई लगेको हुँदा सो उठाई लगेको गारो भत्काई साविक बमोजिम कायम गराई पाउँ सो बनाउँदा नक्सा पास पनि गरेको छैन भन्नेसमेत लक्ष्मीदेवीको वादी । ३. वादी दावाको किलास का.दे.इ.अ.को ०१६।३।१९ को र ०१९।२।१२।६ का फैसला बमोजिम वादीका घरको पश्चिमपट्टिको जमीन तलादेखि माथि कौसी बुइँगल तलासम्मको गारो वादी लक्ष्मीदेवीको नठहरी मेरो हक भोगको ठहराई फैसला भएको हुँदा उक्त गारो मेरै हक भोगको हो पुरानो गारो सच्याई साविकै बमोजिम बुइँगल कौसी तल्लाको मात्र टालटुल गरी बनाएकोसम्म हुँ वादी दावी झुठ्ठा हो भन्नेसमेत टेकबादुरक