निर्णय नं. १३१६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३१६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/१०/१७ २१९१ निर्णय नं. १३१६ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३६ सालको रिट नम्बर ७५४ आदेश भएको मिति : २०३६।१०।१७।५ मा निवेदक : डोटीराजमार्ग योजनाका नि.डि.ई.शशिधर नेपाली विरूद्ध विपक्षी : निर्माण यातायात मन्त्रालय, बबरमहलसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) दरखास्त फाराम शीर्षक अन्तर्गत खण्ड (क) र द्रष्टव्यमा उपाधिको स्तर निर्धारण भएको हुनुपर्छ भन्ने उल्लेख भएको हुँदा, निवेदकले दरखास्त दिँदाको समयमा आफ्नो डिग्रीको स्तर निर्धारण भएको प्रमाण संलग्न गर्नुपर्ने, सो गरेको नदेखिएकोले लोक सेवा आयोगले उजूरी सुनी गरेको निर्णय कानून बमोजिम देखिने । (प्रकरण नं. १६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल, विद्वान वरिष्ठ अधिवक्ताहरु श्री लक्ष्मणप्रसाद अर्याल तथा श्री शम्भुप्रसाद ज्ञवाली आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी कार्यालयको रिट निवेदन अन्तिम टुङ्गो नलागेसम्म विपक्षी नं. ४ लोकेन्द्रप्रसाद ढकाल र विपक्षी नं. ५ प्रेमकुमार पौड्याललाई बढुवा पूर्जी नदिनु भन्ने विपक्षी नं. १, २ र ३ को नाउँमा अन्तरिम आदेश जारी गरिपाउँ भनी रिट निवेदन मिति २०३६।४।१७।५ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : सूचना नं. १।०३५।३६ बाट इञ्जिनियरिङ्ग सेवा (सि.ई.समूह) ट्रान्सपोर्टेसन उपसमूहको राजपत्राङ्कित द्वितीय श्रेणी (प्राविधिक) को पदमा बढुवाको लागि माग गरियो । उक्त पदमा बढुवा पाउनु पर्ने सबै शर्त आफूमा विद्यमान रहेको हुँदा मैले पनि विधिवत दरखास्त ०३५।६।१ मा गरेँ । विपक्षी नं. १ ले ०३६।१।५ गोरखापत्रमा निकालेको बढुवाको प्रथम नामावलीमा मेरो नाम निस्कियो । मिति २०३६।३।३० मा गोरखापत्रमा निस्केको दोश्रो नामावलीमा बढुवा पाउनेको सूचीमा मेरो नाम समाविष्ट भएको छैन उपरोक्त दोश्रो नामावलीबाट मेरो नाम कति कारणले वञ्चित भयो सो को जानकारी पाउन मिति ०३६।४।३ मा विपक्षी नं. २ मा निवेदन गर्दा विपक्षी नं. २ ले कुनै लिखितपत्र बराम्बार धाउँदा पनि दिनुभएन । मौखिक रूपमा प्रथम नामावली निस्केपछि मैले एस.एल.सी, आई.एस्सी.र वि.ई.मा प्रथम श्रेणी वापतको अङ्क पाएको मिलेन भनी विपक्षी नं. ५ ले उजूरी गर्दा तदनुरूप मेरो डिग्रीहरूको अङ्क कट्टा भएको जानकारी प्राप्त भयो । दोश्रो नामावलीबाट मेरो नाम काटिनु पर्ने कुनै अवस्था छैन । खुला प्रतियोगितामा मेरो डिग्रीहरूको स्तर निर्धारणबारे मैले ०३५।६।१३ मा द.नं. ३८२१ द्वारा विरोध जनाई पत्र दिएकोमा कुनै जवाफ प्राप्त भएको छैन उपरोक्त मिति ०३६।३।३० को दोश्रो नामावली काम कारवाही र निर्णय निम्न बमोजिम गैरकानूनी भई मेरा संवैधानिक प्रत्याभूति प्राप्त मौलिक हकहरूको अपहरणसँग निम्न रूपमा सम्बन्धित छन् : ३. नि.से.नि.०२१ को नियम ३.५(४) ले शैक्षिक योग्यता बापत बढुवाको लागि अङ्कहरूको व्यवस्था गरेको छ । मैले अध्ययन गरेको रंगुन विश्वविद्यालय लोक सेवा आयोगद्वारा मान्यता प्राप्त छ । उक्त विश्वविद्यालयले आफ्नो डिग्रीहरूमा श्रेणी नदिई ग्रेड प्रणाली अनुरूप श्रेणी अङ्कित पर्दछ । एस.एल.सी परीक्षामा कुल पूर्णाङ्क ८०० मा ५४२ अङ्क अर्थात ६७.७५ प्रतिशत