निर्णय नं. ७३८ - बाली भराई जग्गा निष्कासन गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३८ - बाली भराई जग्गा निष्कासन गरिपाउँ भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/07/18 १९८२ निर्णय नं. ७३८ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२७ सालको देवानी फु.नं. १४० फैसला भएको मिति : २०२९।७।१८।६ निवेदक : भ.पु.तेखाछे टोल बस्ने भक्तबहादुर भोले विरूद्ध विपक्षी : ऐ.तोमडी टोल बस्ने बद्री किजु मुद्दा : बाली भराई जग्गा निष्कासन गरिपाउँ (१) जग्गाधनीले पाउने भन्दा बढी बाली दावी गरेमा मोहीलाई निष्कासन गर्न नमिल्ने । अब मोही निष्कासन हुने नहुने के हो भन्ने हकमा वादीले आफूले पाउने जतिमात्र दावी गरेको भए ऐनले तोके बमोजिम बाली नबुझाई बाँकी राखेमा मोहीलाई निष्कासन गर्न सकिने अवस्था आउने हो यस्मा त्यस किसिम वादीले आफूले पाउने जतिमात्र दावी गरेको नभई गहुँ बाली नपाउने भनी गहुँ बालीको बिगो दावी गरेको ठहराएको शुरु इन्साफ वादीले पुनरावेदन नगरी चित्त बुझाई बसेकोसमेत बाट जग्गाधनी बनी आफूले पनि पाउने भन्दा बढी बाली दावी गरी कचमच उठाएको रहेछ भन्ने देखिन आएको छ । यस किसिम वादी आफूले पनि पाउने भन्दा बढी बाली दावी गरी कचमच उठाएकोमा मोहीको मात्र दोष हो भन्न नमिल्ने हुँदा यस्तो अवस्थामा मोहीलाई निष्कासन गर्नु न्यायसंगत हुँदैन जग्गाधनीले पाउने भन्दा बढी बाली दावी गरेमा मोहीलाई निष्कासन गर्न नमिल्ने माथिको प्रकरणमा उल्लेख गरिएको दे.फु.नं.७९ कै मुद्दामा ०२६।६।१४।३ को फुल बेञ्चबाट निर्णय भइराखेकोसमेत हुँदा प्रतिवादीलाई जग्गाबाट निष्कासन गर्न मिल्ने देखिएन । (प्रकरण नं. १०) निवेदक तर्फबाट : अधिवक्ता सुधानाथ पन्त विपक्ष तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे उल्लिखित मुद्दा : ( दे.फु.नं. ७९, चिदिमैया विरूद्ध धनकुमारी, बाली निष्कासन) फैसला न्या. धनेन्द्रबहादुर सिंह १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहोर्‍याई दिने श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ । २. मुद्दाको विवरण यसप्रकार छ : मेरो नाममा भ.पु.मालमा दर्ता भएको वुपिंलाल मौजाको नं.४८७ को खेत रोपनी १।–। को फ.चा.१।१७ गहुँ ।८।२ का दरले बुझाउने २००२।२।१६।२ मा कबुलियत गरी विपक्षीले कमाई आएको हाल नापीमा सिपाडोल पञ्चायत वार्ड नं.८ ख.मौजाको कि.नं.५२२ अवल रोपनी २ कायम भएको सो जग्गाको २२ सालको बाली नबुझाएकोले हाल ठहर रोपनी २ को भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३३ (क) अनुसार रोपनी १ को धान १।३ ले धान २।६ र गहुँ ।८।२ को बिगो रू.२२१।१२ भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्नेसमेत वादी । ३. रोपनि १।–। को किसिम बमोजिम २२ सालको बाली वादीले नबुझेकोले नगदी रू.८५।७१ भ.पु.न.पं. मा म्यादभित्रै धरौट राखेको छु कानूनमा उल्लेख नभएको गहुँ बालीसमेतको दावी गरी वादीले फरेवी उजूर गरेको हो भन्नेसमेत प्रतिवादी । ४. प्रतिवादीले रोपनी १।–। को मात्र बाली धरौट राखेको रहेछ हाल नापीको फिल्डबूकबाट जग्गा रोपनीको २ नं.देखिएकोले प्रतिवादीले सयकडा १० भन्दा घटी हुने गरी बाली धरौट राखेको सो अपुरो बाली वादीले बुझी लिन कर लागेन भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३३ अन्तर्गत वादीले प्रतिवादीबाट ०२२ सालको रोपनी २ को अवल किसिमबमोजिम धान बालीको रू.१८४। मात्र वादीले भरी पाउने र भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९ (क) अन्तर्गत जोताहाबाट निष्कासन गरी दिने ठहर्छ भन्ने भूमिसुधार विशे