निर्णय नं. ९१७३ - सवारी ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१७३ - सवारी ज्यान भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/०३/१९ ५३६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ फैसला मिति : २०७१।३।१९।५ ०६८–CR–०१६६ मुद्दा : सवारी ज्यान । पुनरावेदक/वादी : कृष्णबहादुर श्रेष्ठको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : गुल्मी जिल्ला, गैंडाकोट वडा नं ७ घर भई मध्यपश्चिम पृतना मेडिकल गण महाङ्कालस्थान काठमाडौंमा अ.म.पदमा कार्यरत् ठगबहादुर कार्की § प्रतिवादीले मानिस मर्न सक्छ भन्ने जानी जानी लापरवाही साथ जीप चलाएको कारणले दुर्घटना भई मृतकको मृत्यु भएको पुष्टि हुन नसकेको अवस्थामा दुर्घटना भएपछि प्रतिवादीले मृतकलाई बचाउन आफ्नो कर्तव्य निर्वाह नगरी भागेको भन्ने आधारमा मात्र सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को कसुर अपराध गरेको भनी मान्न नमिल्ने । (प्रकरण नं. ४) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री राम घिमिरे प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : § सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ सुरू फैसला गर्ने : मा.जि.न्या. श्री कुमारप्रसाद पोखरेल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री मोहनप्रसाद घिमिरे मा.न्या. श्री पुरूषोत्तम भण्डारी फैसला न्या.देवेन्द्रगोपाल श्रेष्ठ : पुनरावेदन अदालत, पाटनको मिति २०६६।७।२४ को फैसला यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रूपमा दायर भई निर्णयार्थ पेस भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यस प्रकार छ : मिति २०६४।१।४ गते बिहान अन्दाजी ५ बजेको समयमा मर्निङवाक्मा जानुभएको मेरो माइला बुबा वर्ष ६५ को भिमबहादुर श्रेष्ठलाई ललितपुर जिल्ला, ल.पु.उप म.न.पा.वडा नं.१५ स्थित सातदोबाटो नजिक बाटोमा पुग्दा तत्काल नम्बर थाहा नभएको गाडीले ठक्कर दिई टाउकोमा समेत गम्भीर चोट लागी घाइते भई मर्निङवाक्मा सँगै हिँडेका रामबहादुर लिम्बुले हल्ला खल्ला गरी स्थानीय मानिसहरू र प्रहरीसमेत जम्मा भई उपचारको लागि पाटन अस्पतालमा ल्याउँदा मृत्यु भइसकेको भन्ने डाक्टरहरूबाट जानकारी पाएकोले मृतक माइला बुबाको लासलाई मुर्दा घरमा राखी जाहेरी दिन आएको छु । ठक्कर दिई घाइते बनाई मृत्यु गराउने गाडीको खोजतलास गरी कानूनी कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको कृष्णबहादुर श्रेष्ठको जाहेरी दरखास्त । टाउकोको कपालमा रगत लागी लतपतिएको छाम्दा भित्री हड्डी खप्पर फुटेको जस्तो रहेको, निधारमा रगत लागेको, नाकबाट रगत बगी सुकेको, मुखबाट रगत निस्केको, बायाँ कानको लोतीको भाग च्याती रगत निस्किएको भन्नेसमेत व्यहोराको मृतक भिमबहादुर श्रेष्ठको लास जाँच मुचुल्का । मिति २०६४।१।४ गते बिहान विरामी लिई विरेन्द्र अस्पताल छाउनी, काठमाडौंमा पुर्याई छाउनी अस्पतालबाट मध्यपश्चिम पृतना मेडिकल गण महाङ्कालस्थान काठमाडौंमा आउने क्रममा कलङ्की हुँदै चक्रपथ घुम्दै कोटेश्वर हुँदै जान भनी बा.१ झ ६९७७ नं. को गाडी जीप चलाई आउने क्रममा बिहान अन्दाजी ५ बजेको समयमा ल.पु.जि., ल.पु.उप म.न.पा.वडा नं.१५ सातदोबाटो नजिक सडकमा आइपुगेको थिएँ । बिहानपख गाडीको आवत जावत कम भएको हुँदा दायाँ साइड खाली भएकोले दायाँ साइड च्यापी जान खोज्दा मैले चलाएको वा.१ झ ६९७७ नं.को गाडी पिच सडकबाट अन्दाजी ४ फिटबाहिर गई फुटपाथमा हिँडिरहेका मृतक भिमबहादुर श्रेष्ठलाई जीपको ठक्क