निर्णय नं. ४७९६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७९६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ३५ साल: २०५० महिना: पौस अंक: ९ फैसला मिति :२०५०/०६/१७ ३२२८ निर्णय नं. ४७९६ ने.का.प. २०५० (ग) अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा सम्बत् २०४८ सालको रि. नं.–१३५० आदेश मिति: २०५०।६।१७।१ निवेदक : जि. रुपन्देही बोगडा गा. वि.स.वडा.नं. ५ बस्ने सुरज अहिर । विरुद्ध विपक्षी : पश्चिमाञ्चल क्षेत्रीय अदालत , पोखरा । जि. रुपन्देही बोगाढी गा.वि.स.वडा.नं.५ बस्ने वृजलाल अहिर । विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ । (१) वादी दावी भन्दा बाहिर गई वा वादीले दावी लिएको भन्दा बढी विषयमा अदालतले निर्णय गर्न नमिल्ने । (प्र.नं. ८) (२) बादीले फिरादमा स्पष्ट १० कित्ता जग्गा किटेर दुई जनाको नाममा आधा–आधा बण्डा गरी दर्ता फुटाई पाउँ भनी १० कित्ता जग्गा मध्ये आधामा दाबी लिएकोमा अदालतले फिरादमा दाबी लिएको भन्दा बढी अठारै कित्ता जग्गाबाट आधा छुट्याई दिने गरी गरेको फैसला कानूनी त्रुटीपूर्ण देखिने । (प्र.नं. ९) निबेदक तर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली । : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने । विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलीअकवर मिकरानी । अवलम्बित नजीर: शोभाकान्त मिश्र विरुद्ध देवकीवती देबी मधैनी धनुकाईन समेत भएको लेनदेन जालसाज कीर्ते मुद्यामा २०४७।४।१६ मा प्रतिपादित सिद्धान्त (ने.का.प. २०४७, अंक ४,पृष्ठ ३३५)। : भिमे बिरुद्ध जयनारायण मण्डल समेत भएको उत्प्रेषण मुद्यामा २०४५।१२।१७।२ मा प्रतिपादित सिद्धान्त ।(ने.का.प. २०४५,अंक ४, पृष्ठ३२३) आदेश न्या. कृष्ण कुमार बर्मा १. नेपाल अधिराज्यको संविधान, २०४७ का धारा ८८(२) अन्तर्गत पर्ने आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छः– २. सम्बत् २०२० सालमा अंश वण्डा गरी छुट्टी भिन्न भएपछि नापीमा २ जनाको नाममा संयुक्त दर्ता रहेको कि.नं. १३४, १५४, ३४९, ४३३, ५३२, ९०, १७२, ३२४, ३३७ र १८४ गरी जम्मा १० कित्ता जग्गा मध्ये जम्मा विगाह १–१–३,, को मोल बिगो रु २११७।५० बराबरको जग्गा छुट्याई लाल पूर्जा पाउँ भन्ने समेत ब्यहोराको विपक्षी वृजलाल अहिरले रुपन्देही जिल्ला अदालतमा फिराद गर्नु भएछ। उपभाक्ता जग्गा जम्मा ३ भाग लाग्ने हो, पिताजीलाई लोभ गरी जम्मा २ भाग मात्र लाग्ने भनी विपक्षीले दावी लिएको हुँदा सम्पूर्ण सम्पत्तिको तायदाती लिई ३ खण्डको १ खण्ड मात्र वण्डा छुट्याई लिएमा मेरो मंजुर छ भनी मैले प्रतिबाद गरें । पिताजीलाई समेत बुझी फिराद दाबी बमोजिमको १० कित्ता जग्गामा ३ भागको १ भाग दाबीले छुट्याई लिन पाउने ठहर्याई रुपन्देही जिल्ला अदालतबाट मिति २०४४।१२।१७ मा फैसला भएकोमा विपक्षी दाबीको पूनराबेदन परेपछी लुम्बिनी अंचल अदालतबाट पिताजी परलोक भै सकेको भन्ने आधारमा दाबी बमोजिमकै १० कित्ता जग्गा मध्येमा आधा–आधा २ भाग लाग्ने ठहर्‍याई २०४६।७।१ मा फैसला भयो । उक्त फैसला उपर पनि विपक्षी वृजलाल अहिरको पुनराबेदन परेपछि बादीले फिरादमा उल्लेख गरेको १० कित्ता जग्गाबाट मात्र दर्ता फुटाइदिने गरेको शुरु रुपनदेही जिल्ला अदालतको इन्साफलाई सदर गरेको लुम्बिनी अंचल अदालतको निर्णय केही उल्टी हुने भै बादी प्रतिबादीको नाममा संयुक्त दर्ता रहेको १८ कित्ता जग्गाकै दर्ता फुटाई आधी बादीको नाममा दर्ता नामसारी गरी दिने ठहर्याई पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४७।१०।२७ मा फैसला भयो । ३. उपरोक्त बमोजिम भएको पश्चिमाञ्चल क्षेत्रीय अदालतक