निर्णय नं. १३१७ - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३१७ - अंश दपोट भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०९/२३ २४७८ निर्णय नं. १३१७ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३४ सालको देवानी विविध नम्बर ७२ फैसला भएको मिति : २०३६।९।२३।२ मा वादी : कैलाली जिल्ला त्रिनगर गा.पं.वार्ड नं. २ बस्ने बालकुमारी क्षेत्रीनी विरूद्ध विपक्षी : ऐ.ऐ. बस्ने लोचनाथ रिजाल समेत जना ९ मुद्दा : अंश दपोट (१) वादीले आफ्नो फिरादमा किटान साथ दावी गर्न नकसेको र सो वादी दावीको जग्गा ०२२ सालमै बिक्री भई खरीद गर्ने साहुले घर समेत बनाएको भन्ने कुरा ०२३ सालमै वादीले थाहा पाएपछि मुलुकी ऐन जग्गा मिच्नेका १८ नं. र घर बनाउनेको ११ नं. अनुसार म्यादभित्रै उजूर गर्नुपर्ने । (प्रकरण नं. १३) फैसला न्या. बासुदेव शर्मा : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ जाँची कानून बमोजिम गर्नु भन्ने समेत श्री ५ महाराजाधिराजबाट मिति ०३४।३।१५ मा भएका हुकुम प्रमांगी अनुसार इन्साफ जाँच निमित्त पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ। २. विपक्षी तोयनाथसँग अंशदिलाई पाउन मेरो ०२०।११।२७ मा नालिसगर्दा ०२३।८।२६ गते ३ खण्डको १ खण्ड पाउने र पुनः विपक्षी हरिप्रसादको अंशमा नालिसपर्दा ५ खण्डको १ खण्ड अंश पाउने गरी ०२६।३।१५ मा भएको फैसला बमोजिम अंश पाएको तोयनाथले अंशको फाँटवारी दिँदा अंश दिनुपर्ने निम्न जग्गाको फाँटवारी नदिई दबाई राखेको कुरा ०२३।५।२६ मा राजीनामा नक्कल लिई थाहा पाएँ । भिनगा गा.पं.वार्ड नं. २ख कि.नं. २६७ को जग्गा विगाहा ६।२।। मध्य ३–०–० विपक्षी हरिनन्द, मानबहादुर, जीवनबहादुर, गंगा सिंह, लालसिंह समेतलाई ०२२।८।१ गते राजीनामा गरी ०२२।८।१० मा रजिष्ट्रेशन पास गरी दिएको र ऐ.२क कि.नं. २७ को ०–७–० मध्ये ०–३–७ जग्गा विपक्षी मोतिराम पन्तलाई ०२२।१२।२६ गते पास गरी दिएको सो जग्गा मेरो अंशमा ०२०।११।२७ मा नालिस परी सकेपछि मुद्दा टुङ्गो नलागेसम्म अरूलाई राजीनामा गरी दिन समेत नहुने ज.मि.का.१ नं. ले लिए दिए पनि सदर नभई बदर हुने हुँदा घर बनाउनेको ४ नं. बमोजिम क्षतिपूर्ति दिलाई अंशबण्डाको २७ नं. बमोजिम मेरो हक कायम गरी दर्ता गरिपाउँ कानून बमोजिम जग्गा खाली गराई दिन नमिले उक्त दबाएको जग्गाको बिगो दिलाई विपक्षहरूलाई सजाय समेत गरिपाउँ भन्ने समेत मिति ०२६।१०।२७ को बालकुमारी क्षेत्रीनीको फिरादपत्र रहेछ । ३. फिरादको दावा झुठ्ठा हो बालकुमारीले तोयनाथ मैनाकुमारीका नाउँमा दिएका मुद्दाबाट अंश पाएको भए तापनि अंशियार भनी यो नालिस दिएका कुराको हामीहरू अंशियार र हकवाला नहुँदा तोयनाथ मैनाकुमारीले हामीलाई राजीनामा दिँदा अड्डामा पारित भएको काम दबाई छिपाई भन्न नमिल्ने उक्त जग्गा हामीलाई बिक्री गरी दिएको कुरा फिरादीले थाहा पाएको भनी वादी लेखबाटै सावित हुँदा कानूनको म्यादभित्र फिराद दावी गर्न नसक्नु भएकोले फिराद खारिज हुनुपर्छ भन्ने समेत होइन, हरिनन्दन जोशी १, मानबहादुर खड्का १, गंगा सिंह ऐ.१, लाल सिंह ऐ.१, जीवनबहादुर विष्ट १, मोतिराम पन्त १ समेत जना ६ को संयुक्त प्रतिवादी रहेछ । ४. फिराद दावी झुठ्ठा हो फिरादी र हाम्रे अंशबण्डा फिरादीले ०२०।११।१२ मा दिएको मुद्दाबाट कायम रहे भएको नभई हरिप्रसाद समेतले ०२५ सालमा जि. अ.कैलालीमा फिरादी समेतका नाउँमा दायर गरेको मुद्दाबाट ०२६।३।१५ मा फैसला भई बण्डा कायम भएको फिराद पर्नु अघि ०२२ सालमा अड्डामा राजीनामा पास भई विभिन्न व्यक्तिले पक्की घर बनाई भोगी र