निर्णय नं. १३१८ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३१८ - अंश भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/११/२७ २४८४ निर्णय नं. १३१८ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको दे.पु.नं. ९४ फैसला भएको मिति : २०३६।११।२७।२ मा पुनरावेदक : जि. लम्जुङ्ग चिति पञ्चायत वार्ड नं. ७ बस्ने भोजबहादुर सेढाई क्षेत्री विरूद्ध प्रतिवादी : ऐ.ऐ.बस्ने ईश्वरीदत्त सेढाई मुद्दा : अंश (१) अ.बं.८३ नं. बमोजिम विक्षिप्त भई वेपत्ता परेको हो होइन भनी बुझिएको सरजमीनबाट वादी लिखत बमोजिम विक्षिप्त भई वेपत्ता भएको भन्ने नदेखिएको र प्रधानपञ्चले गरी दिएको सिफारिशपत्रको नक्कलमा पनि विक्षिप्त भई वेपत्ता भएको भन्ने किटानी साथ लेखिएको नभई विक्षिप्त जस्तो भनी अन्दाजी किसिमसँग लेखिएको देखिएकोले बाबु विक्षिप्त भई वेपत्ता भएको भन्ने प्रमाण प्राप्त हुन नसकेकोले बाबु जीवित छँदै बाबुको अख्तियारनामा बेगर वादीले नालिस गर्न अ.बं.८२ नं. ले हकदैया पुग्ने देखिन नआएकोले वादी दावी खारेज हुने । (प्रकरण नं. ११) फैसला न्या. त्रैलोक्यराज अर्याल : प.क्षेत्रीय अदालतबाट भएको फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीले चढाएको निवेदनमा अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको छ । २. बाजे लक्ष्मीदत्तका २ परिवारमा कान्छी यामकुमारी र जेठी पट्टि मेरो बाबु ईन्द्रबहादुर भएको बाजे लक्ष्मीदत्त परलोक भइसकेको र मेरो बाबु ईन्द्रबहादुर पनि २७।२८ वर्ष भयो विक्षिप्त हुनुको साथ मरे बाँचेको समेत थाहा नभएको हुँदा बाबुको र काका ईश्वरीदत्त बज्यै यामकुमारीको अंश हुन बाँकी नै हुँदा बाबुले पाउने अंश म जिम्मा गरी अंश देउ भन्दा नदिएकोले फिराद गरेको छु । रीत पूर्वकको अंश दिलाइपाउँ भन्नेसमेत व्यहोराको भोजबहादुरको फिराद रहेछ। ३. बाबु लक्ष्मीदत्तकी श्रीमती एक मात्र मेरी आमा यामकुमारी हुनु हुन्थ्यो वादीको बुढी आमा पनि मेरी बाबुकी श्रीमती थिइन भन्ने कुरा मलाई थाहा छैन, सो कुरा साँचो नै भएको भए निजले बाबु लक्ष्मीदत्तसँग अंश लिनु पर्दथ्यो अथवा लोग्ने कायम गराई राख्नु पर्दथ्यो सो कुनै कुरा हुन सकेको छैन, कारणी मानिसहरू दुबैको निधन भएपछि मात्र मेरो सम्पत्ति खान जालीहरूले जालझेल गरेको मात्र हो, वादी भोजबहादुरको बाबु ईन्द्रबहादुरका नाउँमा रूम्टो भन्ने खेत र जुडी भन्ने पाखो १९९०।१९९१ सालमा दर्ता छ सो जग्गा वादीको बाबुले कसरी प्राप्त गरे भन्ने समेत व्यहोराको यामकुमारी मरी सकेको भन्ने समेत व्यहोराको ईश्वरीदत्तको प्रतिउत्तर रहेछ । ४. मेरी बज्यै लक्ष्मीदत्तकी श्रीमती मेरा बाबु ईन्द्रबहादुरकी आमा ल्याइते हुनुहुन्थ्यो नाम थाहा छैन मेरी ल्याइते बज्यैबाट मेरा बाबु ईन्द्रबहादुर १ मात्र जायजन्म भएको हो, सो बज्यै कहिले कुन सालमा परलोक हुनु भएको सो पनि मलाई थाहा छैन, वादीमा लेखिएका जग्गा बाजे लक्ष्मीदत्तले १९९०।१९९१ सालमा दर्ता गराउनु भएको र सोही दर्ताको जग्गा २००० सालमा बाजे लक्ष्मीदत्तकै जिम्माको जग्गा जीवनवृतिलाई दिएको भन्ने कुरा सुनी जानेको हुँ भन्ने समेत व्यहोराको भोजबहादुरको बयान रहेछ । ५. वादीमा लेखिएको जग्गा वादीले नै खाई आएका छन अंश भए नभएको कुरा मलाई थाहा छैन भन्ने समेत भवदत्त समेतको बकपत्र, प्राप्त दर्तामा लक्ष्मीदत्त जिम्मा ईन्द्रबहादुरका नाउँमा खेत ।२१ घर बारी विज ।.।१।५ र जडी खेत पाखो ।.।३ दर्ता देखिन्छ सो लक्ष्मीदत्त जग्गा दर्ता भएका नकि लक्ष्मीदत्तका छोरा भन्ने उल्लेख भएको पाइन्