निर्णय नं. १३१९ - जग्गा वाली
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३१९ - जग्गा वाली भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०८/२५ ३३६६ निर्णय नं. १३१९ ने.का.प. २०३६ फुल बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३६ सालको दे.फु.नं. ३४ फैसला भएको मिति : २०३६।८।२५।६ मा निवेदक : ल.पु.जाउलाखेल बस्ने पं.तोयनाथको मु.स.गर्ने छोरा कृष्णप्रसाद शर्मा विरूद्ध विपक्षी : वि.न.पं. वडा नं. १ बस्ने रघुनाथ रिजालसमेत मुद्दा : जग्गा वाली (१) एकाले हक प्राप्त गरिसकेको जग्गालाई अर्कोले हाल आवादी दर्ता गर्न पाउने कानूनमा व्यवस्था नभएको र आफ्नै पुरानो लम्बरी हो भनेको हकमा पनि लालमोहर मठबन्दी समेतबाट पर्ति बाँझो जग्गा देखिन आएको र त्यस्तो वादीको हकको जग्गालाई मेरो पुरानो साविक दर्ताको भन्ने जिकिर मनासिव नदेखिने । (प्रकरण नं. ३६) प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला न्या. बासुदेव शर्मा : प्रस्तुत मुद्दामा फुल बेञ्चबाट ०३४।१२।२२ मा छिनिएको मुद्दा दोहोर्याई पाउँ भन्ने श्री ५ महाराजाधिराज सरकारको विशेष जाहेरी विभागमा निवेदक वादी कृष्णप्रसाद शर्मा र निवेदक प्रतिवादी रघुनाथ रिजाल समेतका प्रतिवादीहरूले चढाएको निवेदनमा क.१७९४ को र यसै साथ रहेको ग.११५३ नं. को बिन्तिपत्र यसै साथ छ निवेदकहरूको बिन्तिपत्रहरूमा उल्लेख भएको जग्गा बाली मुद्दाको मिसिल झिकी दोहर्याई हेरी कानून बमोजिम छिनी दिनु भन्ने हुकुम प्रमाँङ्गी बक्स भई आए बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य र विवरण यस प्रकार छ : मैले दान पाएके भुल्के जङ्गलको ५० बिगाहा मध्ये प्रथम किल्ला देखि ४ नं. किल्लासम्म अं.९ बिगाहा भीमकुमारीले अं.४ बिगाहा अभिनारायणले ४ नं. किल्ला देखि ६ नं. किल्ला सम्म अं.४ बिगाहा रामचन्द्रले ६ नं. किल्लादेखि ७ नं. किल्ला भित्र अं. ६।। बिगाहा रघुनाथले र १० नं. किल्ला भित्र अरू अन्यायवालाहरूले आवाद गर्न लागेको ०११।११।१० गतेका दिन हेर्न जाँदा देखिएबाट हटक गर्न जाँदा नमानेकोले लालमोहर मेठबन्दी बमोजिम जग्गा मेरो सदर थामी पाँउ भन्ने समेत होमनाथको फिराद । ३. वादीको कुस बिर्ता हामीले आवाद गरी खाएको छैनौं हाल आवादी गरेको जग्गा आवाद गरी राखेको छौं म अभिनारायणले भीमकुमारीबाट राजीनामा गरी लिएको हुँ भन्ने समेत भीमकुमारी, रामचन्द्र, जोखन थारू, अलोपी थारू, भगलु थारू, गंगाप्रसाद, अभिनारायण समेतको प्रतिवादी । ४. कोई रैतीहरूसँग राजीनामा गराई लियाको र काई आफैंले आवाद गरी दाजुको छोरा र मेरो नाउँमा दर्ता भई भोग गरेको नम्बरीको जग्गा हो भन्ने समेत प्रतिवादी रघुनाथको प्रतिउत्तरपत्र । ५. के कति जग्गा कुन साल मिति देखि आवाद गरी खाएको सो नखुलेकोले समेत उजूरी खारेज हुने ठहर्छ भन्नेसमेत ०१२।३।२३ को विराटनगर अमिनीको र सोही इन्साफ सदर गरी मो.वि.अपीलबाट ०१२।१०।२३ मा फैसला भएकोमा यसै मिसिलबाट बुझी तहकिकात गरी दिनु भनी मिसिल विराटनगर अमिनीमा पठाउनु भन्नेसमेत ०१३।१२।१ को स.अदालत डिभिजन बेञ्चको फैसला । ६. रङ्गनाथबाट पोत बुझाउने गरी मोहीमा ५ साल देखि जङ्गल हुँदा ढालफाँड आवाद गरी रङ्गनगरको जग्गा आवाद गरी आएको भन्ने समेत मुगालालको बयान । ७. कृष्णगोविन्दकानाउँको सकलपुरको जग्गा बटैयामा भोगीआएको भन्नेसमेत झपटु रजवा