निर्णय नं. ७४० - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४० - ज्यान भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/12/10 २३३८ निर्णय नं. ७४० ने.का.प. २०३० फुल बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी सम्वत् २०२९ सालको फौ.फु.नं. २९ फैसला भएको मिति : २०२९।१२।१०।६ निवेदक : श्री ५ को सरकार विरूद्ध विपक्षी : जि.बाजुरा सात सौदरा सत्यान गाउँ बस्ने हन्ते कार्कीसमेत मुद्दा : ज्यान (१) मुद्दा फैसला भएको सूचना र फैसला सक्कल प्राप्त भएपछि अ.बं.१९७ बमोजिम पहिले नै पुनरावेदन गर्न पर्ने भन्न मिल्ने अवस्था नहुँदा पुनरावेदन म्याद दिई पुनरावेदन लिएको कानून अनुरूप नभएको भन्न मिल्ने नदेखिने । यसमा ०२९।६।४।४ को डिभिजन बेञ्चमा मा.न्या.श्री जयदेव भट्टले व्यक्तगर्नु भएको राय अनुसार वादी पक्षलाई सेती अञ्चल अदालतको आदेश बमोजिम शुरु जिल्ला अदालतले पुनरावेदनको म्याद दिई पुनरावेदन लिएको कानून अनुरूप छ छैन भन्ने तर्फ पुनरावेदनको म्याद दिने सम्बन्धमा शुरु फैसलाको ईन्साफमा चित्त नबुझे अपील सुन्ने सेती अञ्चल अदालतमा अपील दिनुु भनी हन्तेसमेतका प्रतिवादीलाई फैसला सुनाई निस्सा राख्ने र सहायक अभिवक्तालाई मुद्दा छिनिएको जनाउ दिने भन्ने उल्लेख भएको पाईन्छ शुरु फैसलामा वादी पक्षलाई पुनरावेदनको म्याद दिने भन्ने उल्लेख नभएको र साधकतहबाट मिसिल सेती अञ्चल अदालतमा गएकोमा प्रतिवादी किडेलाई वादीले दावी लिएको भन्दा घटी सजाय गरी फैसला भएपछि स.स.अ.लाई पुनरावेदनको म्याद दिनुपर्ने दिएको देखिएन अब चाँडो म्याद दिनु भन्ने ०२०।१०।३।५ मा आदेश भएपछिमात्र वादी पक्षले पुनरावेदनको म्याद पाई पुनरावेदन गर्न पाउने हुन आएको यस्तोमा मुद्दा फैसला भएको सूचना र फैसला नक्कल प्राप्त भएपछि अ.बं.१९७ नं. बमोजिम पहिले नै पुनरावेदन गर्नु पर्ने भन्न मिल्ने अवस्था नहुँदा वादीपक्षलाई पुनरावेदनको म्याद दिई पुनरावेदन नलिएको कानून अनुरूप नभएको भन्न मिल्ने देखिएन । (प्र.नं. १३) (२) पुनरावेदन सुन्ने अदालतबाट फैसला हुँदा जे जस्तो वारदात कायम हुन आउँछ सो अनुसार सजाय मिले नमिलेको स्वतः विचार गर्नु पर्ने स्थिति पर्न आउने शुरुबाट भएको सजाय हेरफेर गर्न मिल्ने कुरामा अन्य तर्क उठाई अ.बं.२०५ नं.र न्याय प्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा १०—११ विवेचना गर्नु आवश्यक नदेखिने । शुरु फैसलाले प्र.हन्तेलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम कैद बर्ष १० गर्ने गरेकोमा निजको पुनरावेदन नपरेकोले पुनरावेदन सुन्ने अदालतले सो सजायमा हेरफेर गर्न हुने नहुने के हो भन्ने प्रश्नको हकमा ०२९।६।४।४ को डिभिजन बेञ्चमा मा.न्या.श्री रंगनाथले शुरु फैसलाको इन्साफ खण्डमा भवितव्यको ठहर गरी सजाय खण्डमा ज्यानसम्बन्धीको १४ नं. बमोजिम कैद बर्ष १०। सजाय तोकी भूल गरेको देखिएको, न्याय प्रशासन विविध व्यवस्वथा ऐन, २०२८ को दफा १०।११ अनुसार पुनरावेदन सुन्ने अदालतले त्यस्तो भूल सच्याउन पाउने हुँदा भूलसुधार गरी ज्यानसम्बन्धीको ६ नं.२ दफा लगाई भवितव्यको सजाय गर्ने गरेको सेती अञ्चल अदालतको मनासिव छ भन्ने र मा.न्या.श्री जयदेव भट्टको शुरु फैसला उपर प्रतिवादी हन्तेले पुनरावेदन नै नगरी निजलाई कैद बर्ष १० गर्ने गरेको फैसला अन्तिम भइसकेकोमा सेती अञ्चल अदालतले सो सजायलाई परिवर्तन गर्न नहुने गरेको मिलेको देखिएन भन्ने राय व्यक्त गर्नु भएको रहेछ शुरु फैसला उपर प्रतिवादी हन्तेको पुनरावेदन नपरेको भए पनि अभियुक्त किडेलाई ज्यानसम्बन्धीको १७ नं.३ दफा अन्तर्