निर्णय नं. ७४१ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४१ - लेनदेन भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/03/19 २९८९ निर्णय नं. ७४१ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२९ सालको दे.फु.नं. १०५ फैसला भएको मिति : २०३०।३।१९।३ निवेदक : का.जि.नक्साल नाग पोखरी बस्ने रौद्र शमशेर थापा विरूद्ध विपक्षी : ऐ. जुद्धसडक बस्ने प्रतापबहादुर जोशी मुद्दा : लेनदेन (१) तत्काल प्रचलित साहु आसामीको २ नं.–तमसुक नामाकरण नगरी अरू नै नाम राखेको नभए पनि सापटी लिनु दिनु गरेको व्यहोरा पारी लिखत गरेकोछ भने त्यसतोलाई कर्जा लिनु दिनु गरेको नै मान्नु पर्ने । साहु आसामी बनी कर्जा लिनु दिनु गरेको व्यवहारमा जस्तै तमसुक गरी रूपैयाँ लिए दिएको नभई मञ्जुरनामा लिखत गरी रूपैयाँ दिएको यस्तो व्यवहारलाई कर्जा दिए लिएको मान्न नमिल्ने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताले बहसमा तर्क उठाउनु भएको हकमा नयाँ मुलूकी ऐन लेनदेन व्यवहारको २ नं.मा तमसुक भन्नेसम्म उल्लेख भए पनि यो नयाँ मुलूकी ऐन लागू हुनु भन्दा अगाडिको व्यवहार भएको र तत्काल प्रचलित साहू आसामीको २ नं.मा तमसुक लिखतपत्र भन्ने उल्लेख भएकोले लिखतको तमसुक नामाकरण नगरी अरू नै नाम राखेको भए पनि वास्तवमा सापटी लिनु दिनु गरेको व्यहोरा पारी लिखत भए गरेको छ भने त्यसतालाई कर्जा लिनु दिनु गरेको नै मान्नु मर्ने र वादी दावीको ०११।८।७ को लिखतमा सापटी भन्ने बोली परी राखेकोसमेत हुँदा विद्वान अधिवक्ताको उपरोक्त बहस जिकिरमा सहमत हुन मिलेन । (प्रकरण नं. १३) (२) रूपैयाँ लिई सापटी लिए दिएको भराई पाउँ भन्ने दावीको व्यवहार साहु आसामीको २ नं.भित्र पर्न आउने हुनाले साहु आसामीको २ नं.कै हदम्याद लाग्ने । हदम्यादको सम्बन्धमा तत्काल प्रचलित लेनदेन व्यवहारको २ नं.या ३८ नं.कुन ऐनको हदम्याद लाग्ने हो भन्ने कुरा विवादास्पद भएकोले त्यसतर्फ हेर्दा तत्काल प्रचलित साहू आसामीको १ नं.मा कर्जा लेनदेन गर्दा ऐनको रीत पुर्‍याई तमसुक खाता बहीसमेतको लिखतपत्र केही नगरी नगर्नु भन्ने र ऐ.२ नं.मा तमसुक लिखतपत्र भएका मितिले १० बर्षसम्म केही ब्याज असूल पनि नभएको भाका पत्रको कागज पनि नगराएको भराई माग्नालाई नालेस पनि नदिई त्यसै बसेको रहेछ भने त्यो आसामीको मोलाहिजामा रहेको ठहर्छ तमसुक लिखतपत्र भए पनि त्यस्तोमा म्याद नाघेपछि नालिस सुनिने छैन १० बर्षको बीचमा भाखापत्रको कागज गराएको वा ब्याज खाएको रहेछ भने सो मितिले फेरि १० बर्षको म्याद पाउँछ भन्नेसमेत उल्लेख भएको र ऐ.३८ नं.मा अरू भए गरेको २ बर्ष भित्र नालेस दिए लाग्छ म्याद नाघेपछि नसुन्नु भन्ने उल्लेख भएको पाइन्छ, उक्त साहु आसामीको २ नं.भित्र नपर्ने अरू किसिमको व्यवहार भए त्यस्तोमा ऐ.३८ नं.को २ बर्षको हदम्याद लाग्ने हो लिखतपत्र गरी रूपैयाँ सापटी लिए दिएको भराई पाउँ भन्ने दावीको यो व्यवहार उक्त साहुआसामीको २ नं.भित्रै पर्न आउने हुनाले यस्मा ऐ.३८ नं.को हदम्याद लाग्ने प्रश्न आउँदैन साहुआसामीको २ नं.कै हदम्याद लाग्ने प्रष्ट छ २०१२।६।१४।६ मा भाकापत्र भएको मितिले उक्त साहुआसामीको २ नं.को म्याद १० बर्ष भित्रै ०२२।४।१०।१ मा वादीको नालेस दर्ता भएकोले वादीको नालेस ऐनको हदम्यादभित्रै परेको देखिन्छ । (प्रकरण नं. १४) निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे उल्लिखित मुद्दा : (फौ.फु.नं. ५७ गोविन्दमान प्रधान विरूद्ध महेन्द्रविक्रम शाह,