निर्णय नं. ७४२ - हक सफा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४२ - हक सफा भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/03/15 २७०६ निर्णय नं. ७४२ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२८ सालको दे.फु.नं. १४३ फैसला भएको मिति : २०३०।३।१५।६ निवेदक : जि.सप्तरी प्र.पकडी मौजे विसहरिया घर भई ऐ.मौजे अकवर पुरमा दोहट घर गरी बस्ने दाइजीवति वैश्यनीसमेत विरूद्ध विपक्षी : ऐ.विसहरिया बस्ने गोदावरुवति वैश्यनी मद्दा : हक सफा (क) रजिष्ट्रेशन गर्ने अड्डाको अधिकारक्षेत्र भित्र नपर्ने विषयहरू दावीमा समावेश भएको छ भने पहिले रजिष्ट्रेशन गर्ने अड्डामा दर्खास्त नगरी सिधै अदालतमा नालेस नलाग्ने भन्न नमिल्ने । (ख) सामान्यत रजिष्ट्रेशन गर्ने अड्डामा धरौट राखी निखन्न दर्खास्त दिनुपर्ने, निखन्न दिनु नपर्ने कुरा देखिन आए रजिष्ट्रेशन अड्डाले नालेस गर्नु भनी सुनाए पछिमात्र अदालतमा नालेस गर्न पाउने । हुन त यस्तो निखनाई पाउँ भन्ने कुरामा कतिपय यस्ता विषयहरू जुन कि घटि थैली लिई बढी थैलीको लिखत गरी दिएकोले खुद लिए दिएको थैली कायम गरी निखनाई पाउँ भन्ने र मेरो हक लाग्नेसमेत जग्गा लिनु दिनु गरेको हुँदा मेरो हक जति लिनु दिनु गरेको बदर गरी बिक्री गर्नेको हक जति निखनाई पाउँ भन्नेसमेत इत्यादि रजिष्ट्रेशन पास गर्ने अड्डाको अधिकारक्षेत्रभित्र नपर्ने कुरा पनि दावीमा समावेश भएका हुन्छन् पहिले नै यस्तो रजिष्ट्रेशन गर्ने अड्डाको अधिकार क्षेत्र भित्र नपर्ने विषयहरू दावीमा समावेश भएको देखिएको छ भने त्यस्तोमा पहिले रजिष्ट्रेशन गर्ने अड्डामा दर्खास्त नगरी सिधै अदालतमा नालेस नलाग्ने भन्न नमिल्ने स्थिति पनि हुन सक्छ तर सामान्यत लिनु दिनु गरेको थैली साहुलाई बुझाई निखनाई पाउँ भन्ने कुरामा निखन्न दिनुपर्ने व्यक्तिले निखन्न दिन बाधा अटकाउ उपस्थित गरेमा रजिष्ट्रेशनको ३५ नं.२ दफा अनुसार निखन्न पाउने व्यक्तिले लिखत रजिष्ट्रेशन भएको वा साहु रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा धरौट राखी निखनाई पाउन दर्खास्त दिनुपर्ने र निखन्न दिनुपर्नेले निखन्न दिनु नपर्ने कारण देखाएकोमा प्रमाण बुझी इन्साफ दिनुपर्ने कुरा देखिन आए रजिष्ट्रेशन गर्ने अड्डाले ३५ दिनभित्र नालेस गर्नु भनी सुनाएपछि मात्र अदालतमा नालेस गर्न पाउने हुन्छ । निखन्न दिनुपर्नेले निखन्न दिन मञ्जुर नगरे दर्खास्तवालाले दावी लिएको सम्मत्ति रजिष्ट्रेशन भएको लिखत वा अड्डामा रहेको श्रेष्ताबाटै निखन्न दिनुपर्नेमा निखन्न दिन इन्कार गरेको देखिन आए रजिष्टे׫शन गर्ने अड्डाबाटै निखनाई दिने फैसला गर्न पाउने अधिकार उक्त रजिष्ट्रेशनको ३५नं.२ दफाले रजिष्ट्रेशन गर्ने अड्डालाई नै प्रदान गरी राखेको छ माथि उल्लेख गरिएअनुसार प्रमाण बुझी इन्साफ गर्नु पर्ने कुरा देखिन आएमात्र ३५ दिनभित्र नालेस गर्नु भनी सुनाउनु पर्ने हो, रजिष्ट्रेशन पास गर्ने अड्डाको अधिकारक्षेत्र भित्र नपर्ने कुराहरू दावीमा समावेश नभएको सामान्यत निखन्न दिनुपर्नेले निखन्न दिन बाधा अडकाउ उपस्थित गरेकोमा पहिले रजिष्ट्रेशन गर्ने अड्डामा थैली धरौट राखी दर्खास्त गर्न नगई सिधै अदालतमा पनि नालेस लाग्न सक्ने भन्ने हो भने रजिष्ट्रेशन भएको लिखत वा अड्डामा रहेको श्रेष्ताबाटै निखन्न दिनुपर्नेमा निखन्न दिन इन्कार गरेको देखिन आए रजिष्ट्रेशन गर्ने अड्डाबाटै निखनाई दिने फैसला गर्न पाउने उपरोक्त रजिष्ट्रेशनको ३५ नं.२ दफाले अधिकार प्रदान गरी राखेको कुरामा पनि अदालतबाट