निर्णय नं. ७४३ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४३ - जग्गा खिचोला भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/03/19 २०५६ निर्णय नं. ७४३ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२८ सालको दे.फु.नं. १५ ‘१’ फैसला भएको मिति : २०३०।३।१९।३ निवेदक : पूर्व ४ नं.खिगामाछा दला गाउँ बस्ने धर्मप्रसाद उपाध्याय विरूद्ध विपक्षी : पूर्व ४ नठथुमसिक्रेल लकुरे बस्ने शमशेरबहादुर मगरसमेत मुद्दा : जग्गा खिचोला (१) जग्गामा हकै नभएको बीचको मानिससँग मुद्दा गरी जग्गा छाडिदिने व्यहोरासँग मिलापत्र गरेको सम्म नाताले जग्गामा हक पुग्न नसक्ने भोग तिरोसमेतको अन्य सबूद चाहिने । अब रह्यो २००३।१२।२६।२ को मिलापत्रको कुरा उक्त मिलापत्र हुनु भन्दा अगावै परेको मुद्दाहरूमा माथिको प्रकरणमा उल्लेख भए बमोजिम नैनमानबाट तिरो बुझ्नु पर्ने ठहरी पूर्व ४ नं.गोश्वाराबाट २००१।७।२०।१ मा फैसला भएकोमा उक्त फैसलामै नैनमानको हक कायम भएको जग्गामा हकै नभएको बीचको मानिस भिमबहादुरसँग प्रतिवादी शमशेरबहादुरको स्वास्नी इन्द्रमायाले मुद्दा गरी जग्गा इन्द्रमायालाई छाडी दिने व्यहोरासँग उक्त २००३।१२।२६।२ मा मिलापत्र गरेकोसम्म नाताले जग्गामा प्रतिवादी शमशेरबहादुरको हक पुग्न सक्ने हुँदैन जग्गामा हक कायम गर्नालाई भोग तिरोसमेतको अन्य सबूद प्रमाण पनि चाहिन्छ त्यस्तो सबूद प्रमाण प्रतिवादी तर्फबाट कुनै आउँन नसकेको माथि नै उल्लेख भइसकेको छ सो मिलापत्र भन्दा पछि भिमबहादुर नैनमानको अर्को मुद्दा परेकोमा जग्गा नैनमानले खान पाउने गरी २००४।७।२० मा मिलापत्र भएको र नैनमानबाट राजीनामा लिने भनेको वादी धर्मप्रसाद र भिमबहादुरको जग्गा बाली मुद्दा परेकोमा सो जग्गा वादीले राजीनामा लिएको कायम भई अधिया बाली वादीले भरी पाउने ठहरी पूर्वाञ्चल उच्च अदालतबाट ०१६।१२।५।६ मा फैसला भएकोसमेत प्रमाणपत्रबाट उक्त ०३।१२।२६ को मिलापत्र अमान्य भइसकेको पनि छ । (प्रकरण नं. १९) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल उल्लिखित मुद्दा : ( दे.फु.नं. १४२ षडानन्द उपाध्याय वि.हरिभक्तसमेत, जालसाजी) फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२८।८।१२।१ को हुकुम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ । २. तथ्य यसप्रकार छ : अर्जुन दर्ताको अंशबाट पाउने प्रमानसिंबाट ७२।९।१९ मा बाबा रामनाथले रू.४१२ मा बन्धकी लिई भोग चलन गरेको उक्त तमसुकमा बड थप गरी भा.रु. १६१२। मा प्रमानसिं मर्दा छोरा नैनसिंबाट ज्यामिरे पुछार बगर खेत मुरी ।४ मध्ये मिलापत्रबाट हक भएको खेत मुरी ।१ पाँधेरे माटो मुरी ।२ मध्ये ।१ लकुरे पाँधेरे र ठाउँ खेत मुरी ।१ मानुवासे बुढा खेत मुरी ।३ समेत ४ खला खेत ०६।८।१४।३ मा भोगबन्धकी र त्यसमा फेरि रू.५८८। बड थप गरी रू.२२०० मा ०१०।१०।४ मा राजीनामा पास गरी लिई भोग गरेको पहलसिं अर्जुन थापा दर्ता मुरी ।४ मध्ये १। ज्यामिरे बगरमा भिमबहादुरसँग झगडा पर्दा नैनमानले बेचेको मेरो हक पाको ठहरी पूर्वाञ्चल उच्च अदालतबाट फैसला भएको उक्त ज्यामिरे खेत १८ सालको बर्षे बालीदेखि अधियाँमा शमशेरबहादुर तोष बहादुरलाई कमाउन दिएको अरू खेत मुरी ।५ नैनमानलाई रोपाइँ गर्न दिएकोमा १९।८।१४ गते मेरो भागको धान पराल शमशेरबहादुर इन्द्रमायाले लगेछन् बालीको बिगो रू.४९७। दिलाई मोहीबाट हटाई पा