निर्णय नं. ८६६४ - लिखत दर्ता बदर दर्ता ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६६४ - लिखत दर्ता बदर दर्ता । भाग: ५३ साल: २०६८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६६/१०/१४ ४७२६ ने.का.प. २०६८, अङ्क ८ निर्णय नं. ८६६४ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल दे.पू.ई.नं.२०६४–DF–००१२ फैसला मितिः २०६६।१०।१४।५ मुद्दाः लिखत दर्ता बदर दर्ता । पुनरावेदक वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ बालुबाटार बस्ने डा.अशोक शमशेर ज.ब.रा. विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ३३ घर भै हाल काठमाडौँ जिल्ला चपली गा.वि.स. वडा नं. ९ वस्ने रेखा घिमिरे समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री ठाकुरप्रसाद शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री बिनोदप्रसाद ढुंगेल मा.न्या.श्री मोहनप्रसाद घिमिरे यस अदालत संयुक्त इजलास मा.न्या.श्री शारदा श्रेष्ठ मा.न्या.श्री पवनकुमार ओझा § मुद्दाको आ–आफ्नो प्रकृति र त्यसमा उठाइएका प्रश्नहरू अलग–अलग हुन सक्ने हुँदा एकै लगाउको हुँदैमा सवै मुद्दालाई समान अवस्थाका मान्नुपर्ने भन्ने नहुने । (प्रकरण नं.५) § आफ्ना बाबुको नाममा जुनसुकै स्रोतबाट प्राप्त हुन आएको सम्पत्ति निजका सन्तानका लागि पैतृक नै मानिन्छ । बाबुले आर्जन गरेको सम्पत्तिलाई स्वआर्जनको मानी त्यसमाथि सन्तानको हक नलाग्ने गरी व्याख्या गर्ने हो भने पैतृक सम्पत्तिसम्बन्धी अवधारणा निरर्थक हुन जान्छ र अंशबण्डासम्बन्धी कानूनी व्यवस्था कमजोर हुन पुग्ने । (प्रकरण नं.८) पुनरावेदक वादी तर्फबाटःविद्वान अधिवक्ताहरू श्री पद्मराज काफ्ले, श्री लोकभक्त राणा, श्री हरिप्रसाद उप्रेती, श्री मुक्ति प्रधान र श्री खिमराज पौडेल विपक्षी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान अधिवक्ताद्वय श्री हरिकृष्ण कार्की र श्री बद्रीप्रसाद शर्मा अवलम्बित नजीरः नेकाप २०६५, अङ्क ८, नि.नं.७९९९ सम्बद्ध कानूनः § अ.वं. ३०, ८३(१) र ३९ § दान बकसको १ र ५ नं. § अंशबण्डाको १८ र १९(१) फैसला न्या.अनूपराज शर्माः पुनरावेदन अदालत पाटनको मिति २०५७।४।२३ को फैसलाउपर वादीको पुनरावेदन परी पेश हुँदा संयुक्त इजलासबाट जटिल कानूनी प्रश्न समावेश भएको भनी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (घ) बमोजिम यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः हामीहरू बुबा मनोहर शमशेर ज.ब.रा., मुमा, म र भाइ समेत गरी जम्मा ४ जना जीवित अंशियार छौं । हामीबीच अंशबण्डा भएको छैन । म फिरादी विदेशमा रहेको अवस्थामा म समेतको अंश हक लाग्ने पुख्र्र्यौली सम्पत्ति का.जि.का.न.पा.वडा नं. २३(ग) कि.नं. ५६२ को ७–७–१–१ रोपनी जग्गामध्ये दक्षिण–पूर्वतर्फबाट ५–१३–० (कि.का. हुँदा कि.नं. ५६३ कायम) जग्गा मिति २०५०।३।१८ मा विपक्षी बुबा मनोहर शमशेरले विपक्षी रेखा घिमिरेका नाउँमा हा.व. पारीत गरी दिएको कुरा २०५१।४।१९ मा नक्कल सारी थाहा पाएकोले सो लिखतमा उल्लिखित जग्गामध्ये ४ भागको १ भागमा मेरो हक पुग्ने हुँदा सो लिखतको आधारमा विपक्षी रेखा घिमिरेका नाउँमा भएको दर्ता समेत बदर गरी कि.नं. ५६२ को (कि.का. भई कायम कि.नं. ५६३ को) उत्तरतर्फबाट पूर्व पश्चिम गरी १–७–१–० (एक रोपनी सात आना एक पैसा) जग्गा मेरो नाउँमा दर्ता गरिपाऊँ भनी अ.वं. ८२ नं. दानबकसको १, ५ नं. अंशबण्डाको १९ नं. बमोजिम अशोक शमशेर ज.व.रा. दायर गरेको फिरादपत्र । मिति २०२८।९।२६ मा