निर्णय नं. ७४४ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४४ - जग्गा खिचोला भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/03/29 २६०३ निर्णय नं. ७४४ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२९ सालको दे.फु.नं. १२४ फैसला भएको मिति : २०३०।३।२९।६ निवेदक : चितवन मौजे वरौजी बस्ने हिटालाल मरी मुद्दा सकार गर्ने पार्वती गरुङ्ग विरूद्ध विपक्षी : ऐ.नौरड्डे वसन्तपुर बस्ने सुवे.चन्द्रसिंह कुँवर क्षेत्री मुद्दा : जग्गा खिचोला (१) कस्तोमा ऐनको हदम्याद नाघेपछि नालेस गरेको भन्ने प्रश्न नउठने । प्रतिवादी हिरालालले ०१८।११।२६।६ मा पाएको चलानी पूर्जी कायमै रहिरहेको र निजले जग्गा भोग चलन गर्न पाएकोसमेत भए सो मितिले उपरोक्त जग्गा मिच्नेको २१ जग्गा पजनीको ३४ नं.को म्याद २ बर्षभित्र नालेस उजूर नगरेको भन्ने पनि प्रश्न उठ्न सक्ने थियो तर सो पूर्जी कायमै राखिएको नभई प्रतिवादी हिरालालले चलनी पूर्जी पाएको ५ महिना करिबमै उपरोक्त कमिटीको ०१९।४।२१ को निर्णय अनुसार बदर हुन गई प्रतिवादीले हक भोग गर्न पाउने स्थिति कायमै नरहेकोले सो पूर्जी बदर गराउने सम्बन्धमा बीचमा अरूले नालेस उजूर गर्नु पर्ने आवश्यक नभएको र रिट निवेदनमा ०२२।७।२२।३ मा फुल बेञ्चबाट निर्णय भएपछिमात्र उक्त पूर्जी पुनः कायम हुन आई पछि प्रतिवादी हिरालालले जग्गामा खिचोला उठाएको भनी नयाँ मुलूकी ऐन जग्गा पजनीको १७ जग्गा मिच्नेको १८ नं.को म्यादभित्रै ०२३।४।२०।५ मा वादीको यो नालेस परकै देखिन आएकोसमेत हुँदा यस्तो स्थितिमा ऐनको हदम्याद नाघेपछि नालेस गरेको भन्ने प्रश्न उठ्न सक्ने देखिँदैन । (प्रकरण नं. १०) (२) एकाले पाएको जग्गा नियमपूर्वक जफत नभई दोहरा पर्ने गरी अर्कालाई दिए पाएको कानूनी मान्न नमिल्ने । मगराबाट वादीले राजीनामा गराई लिएको दावीको जग्गासमेत आफ्नो ४९।। विगाहाको पलटभित्र परेकै भन्ने कुरा प्रतिवादीले स्वीकारै गरी राखेकोले पहिले वादीको दर्ता मगराले पाएको जग्गा नियमपूर्वक जफत नभई दोहरा पर्ने गरी प्रतिवादीलाई दिए पाएको कानूनी मान्न नमिल्ने र रिट निवेदनमा भएको ०२२।८।२२।३ को फुल बेञ्चको निर्णयमा अरूले पाइसकेको जग्गा हो त्यसमा मुद्दा पर्ने सम्भावना छ भने त्यस्तो परेमा अदालती निर्णयबाट जग्गामा हक कसको कायम हुन आउँछ उसको हुने छँदैछ भन्ने उल्लेख भएकोबाट हकबेहकमा अदालतमा नालेस गर्न पाउने हक सुरक्षितै रहेकोसमेत हुँदा उपरोक्त उल्लिखित कारणहरूसमेत बाट मगराको राजीनामा बमोजिम वादीको हक भएको दावीको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहराएको राप्ती दून विकास क्षेत्रको जमीन बिक्री वितरण कमिशनको सदर गरी ०२८।१२।६।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ, कोर्टफी राखेकोले निवेदक प्रतिवादीलाई अरू सजाय गर्न परेन, नियमबमोजिम मिसिल बुझाई दिनु । (प्र.नं. १३) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने ०२९।४।२० मा हुकुम प्रमांगी बक्स भई दोहरिएकोबाट यसबेञ्च समक्ष पेस हुन आएको छ । २. तथ्य यसप्रकार छ : चितवन इलाका राप्तीदून विकास योजना अन्तर्गतको जग्गा बन्दोवस्त गर्न पाउने अधिकार भएको कमिटिले टुक्रा प्लट गरी मौजे बरौजीको नं.४५ को जग्गा विगाहा ४ मगरा महतोले कमिशनबाट पाई दर्ता गराई भोग ग