निर्णय नं. ७४५ - जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४५ - जग्गा भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/02/19 २०७४ निर्णय नं. ७४५ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२७ सालको दे.फु.नं. १२३ फैसला भएको मिति : २०३०।२।१९।३ निवेदक : जि.बारा प्र.टोकरी मौजे बडाफर घर भई हाल रामशाहपथ डेरा गरी बस्ने वासुदेवप्रसाद उपाध्याय विरूद्ध विपक्षी : काठमाडौं पकनाजोल बस्ने गोपवालादेवी धितालसमेत मुद्दा : जग्गा (१) प्रमाण दिनसमेत नसकी कुनै विवादै नउठाएकोमा अदालतले ठहर गर्न नमिल्ने । ०२५।८।२।१ को डिभिजन बेञ्चले निर्णय गर्दा रमेशचन्द्रलाई छुट्याएकै विगाहा २७७।। बाहेक अरू बाँकी जग्गामा अर्को बन्दोवस्त भएको देखिएकोसमेत भनी वादीसमेतले नभएको ०१५।१६।१० को चलानी पूर्जीको मान्यता नरहेको भन्ने मुख्य बुँदा उल्लेख गरेको हकमा प्रतिवादीहरूले आफ्नो प्रतिवादीमा वादीसमेतले पाएको दर्ता बहाली यो यस कारणबाट अमान्य भई सो दर्ता बहालीबाट पाएको जग्गामा वादीसमेतको हक टुटिसकेको छ भन्ने जिकिर लिन र त्यस कुराको प्रमाण दिनसमेत नसकी त्यसतर्फ कुनै विवादै नउठाएकोमा अदालतले वादीसमेतले पाएको दर्ता बहाली मान्य अमान्य कुन स्थितिमा छ भन्ने कुराको विवेचना गरी वादीसमेतले पाएको दर्ता बहाली अमान्य भएकै भनी ठहर गर्न नमिल्नेमा ठहर गरेको मिलेको देखिएन । (प्रकरण नं. ११) निवेदक तर्फबाट : अधिवक्ता गजेन्द्रबहादुर प्रधान विपक्षी तर्फबाट : अधिवक्ता गणेशराज शर्मा फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुनआएको छ । २. मुद्दाको विवरण यसप्रकार छ : जि.वा.प्र.को बडाफरक्ने जग्गा विगाहा ६२५ बाट २७७।। टेकचन्द्रले पाएको बाँकी २७७।। मसमेतको सुकुम्वासी जवान ५१ ले १६ सालका बालीदेखि पोत बुझाई खानु भनी चलन पूर्जी गरिदिए अनुसार पूर्व बगर नदी उत्तर पश्चिम दक्षिण वन यति भित्र पर्ने मध्ये कि.नं.११५, ३४, ११० को जम्मा विगाहा ५।।।१ दर्ता गराई भोग गरी आएको कन्जरभेटरबाट मेरो जग्गा नापी हुँदा केही बढ हुन गएकोसमेत जग्गा माल जिम्मा लगाई हुन्डा लगाइदिनेसमेत भएकोले त्यस उपर मसमेतको उजूर परी कारवाई भइरहेको अवस्था विपक्षी गोपवालादेवीले दिएको निवेदनको आधारमा मेरो जग्गा दर्ता गरिदिनु भनी विपक्षी क्षेत्रविक्रम सवारी मन्त्रालयबाट निर्णय दिई पठाएबाट मालबाट गोपवालादेवीलाई बहाली दिएको २१।२।२ मा थाहा पाई नालेस गर्न आएको छु । मेरो जग्गा विगाहा ५।।।१ मलाई फिर्ता दिलाई मेरै हक सदर गरिपाउँ भन्नेसमेत वासुदेवप्रसादको फिरादपत्र । ३. बडाफरको जग्गा विगाहा ६२५ हाल आवादी पाउँ भन्ने वादीसमेत ५१ जवानले निवेदन दिएकोमा कारवाई भएको सोही जग्गा पाउँ भन्ने रमेशचन्द्रसमेतले विन्तीपत्र चढाउँदा दिनु भन्ने हुकुम बक्सेको रहेछ । उक्त जग्गा सम्बन्धमा कारवाई हुँदा सो जग्गा विगाहा ६२५ मध्ये ७० विगाहा अनियमित रूपले आवाद गरिसकेको देखिएकोले कारवाई भइरहेको सो बाहेक विगाहा ५५५ मध्ये आधा २७७। रमेशचन्द्रसमेत लाई र आधा २७७।। वादीसमेत ५१ जवानले विगाहा ५९।१ दरले पाउने गरी बारा मालले चलन पूर्जी दिएकोमा वन सीमानाभित्र परेकोले दिन नमिल्ने भनी वादीसमेत ५१ जनाको चलन प