निर्णय नं. ७४६ - हक कायम गरी जग्गा निखनाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४६ - हक कायम गरी जग्गा निखनाई पाउँ भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/02/30 २०२२ निर्णय नं. ७४६ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ को दे.फु.नं. १७७ फैसला भएको मिति : २०३०।२।३०।३ मा निवेदक : सिरहा प्र.पकरीया मौ.जगतपुर बस्ने विलटसिंह राजपुत विरूद्ध विपक्षी : जि.स.प्र.पक्री मौ.कोइलाडी बस्ने ललिटप्रसाद सिं राजपुत मुद्दा : हक कायम गरी जग्गा निखनाई पाउँ (क) प्रतिउत्तर परेपछि थैली अड्डाले सुनाउन पर्ने र सो सुनाएको मितिले ३५ दिनभित्र थैली धरौटी दाखिल गर्न पाउने कानूनी व्यवस्था नभएको । (ख) प्रतिउत्तर परेकै मितिबाट थैली धरौट राख्ने म्यादको सिर्जना हुने । उपरोक्त लेनदेन व्यवहारको १५ नं.मा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिनभित्र थैली अड्डामा ल्याई धरौट राख्नुपर्ने प्रष्ट उल्लेख भएको प्रतिउत्तर परेपछि थैली अड्डाले सुनाउनु पर्ने र सो सुनाएको मितिले ३५ दिनभित्र थैली धरौट दाखिल गर्न पाउने कानूनी व्यवस्था नभएकोमा यस्तो थैलीमा मुख मिलिराखेकै कलममा उक्त लेनदेन व्यवहारको १६ नं. बमोजिम प्रतिउत्तर परेको मितिबाट थैली धरौट राख्ने म्यादको सिर्जना हुने र थैली धरौट राख्नु पर्ने दायित्व वादीकै हुनाले प्रतिउत्तर परेपछि वादी आफैंले थैली थाहा पाउने प्रयास गरी सो प्रतिउत्तर परेको ३५ दिनभित्रै थैली धरौट राख्न ल्याउनु पर्ने प्रष्ट हुन्छ यस्तै सिद्धान्त प्रतिपादित भई दे.फु.नं.२६२ वादी रत्नबहादुर सुनुवार विरूद्ध नरबहादुर पाण्डेको हकसफा मुद्दामा ०२२।१।२२।३ को फुल बेञ्चबाट र दे.फु.नं.७२ जयनारायण न्यौपाने विरूद्ध असलबहादुर तामाङ्गको थैली बुझाई पाउँ भन्ने मुद्दामा ०२५।३।१५।६ को फुल बेञ्चबाट निर्णय भइराखेको पनि छ । (प्रकरण नं. १०) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : व.अधिवक्ता कुञ्जविहारीप्रसाद सिंह, वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली उल्लिखित मुद्दा : ( दे.फु.नं. २६२ रत्नबहादुर सुनुवार वि.नरबहादुर पाण्डे, हकसफा दे.फु. नं. ७२ जयनारायण न्यौपाने वि.असलबहादुर तामाङ्ग थैली बुझाईपाउँ) फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भइआएको हुकुम प्रमांगी बमोजिम दोहरिएबाट पेस हुन आएको छ । २. मुद्दाको विवरण यसप्रकार छ : अनिरुद्रदेवीको म छैटौं पुस्ताको नाति हुँदा निजले जगतपुरको जग्गा विगाहा ७।३।।३ प्र.विलट सिंलाई बिक्री गरी ०२२।१०।२० मा पास गरी दिनु भएकोले थैली रू.१७३९५। बुझ्न लगाई हक कायम गरी जग्गा निखनाई पाउँ भन्नेसमेत वादी । ३. वादी ६ पुस्ताभित्रको हकदार नहुँदा निखन्न नपाउने हुँदा मेरो लिखत दर्ता सदरै गरिपाउँ भन्नेसमेत विलट सिंको प्रतिवादी । ४. वादी ६ पुस्ताभित्रको हकदार देखिन आएकोले वादीले धरौट राखेको थैली प्रतिवादीलाई बुझाई निखनाई दिने ठहर्छ भन्नेसमेत सिरहा जि.अ.को फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा अञ्चल अदालतबाट निर्णय हुँदा थैली धरौट रहेकै र ६ पुस्ताभित्रको हकदार देखिन आएकोले इन्साफ सिरहा जि.अ.को मनासिव ठहर्छ भन्नेसमेत सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चबाट भएको फैसला । ६. उक्त अञ्चलअदालतको इन्साफमा चित्तबुझेन भन्ने प्र.को पुनरावेदन