निर्णय नं. ७४७ - बहाल भराई घरबाट उठाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४७ - बहाल भराई घरबाट उठाई पाउँ भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/03/11 २२०० निर्णय नं. ७४७ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको दे.फु.नं. १५० फैसला भएको मिति : २०३०।३।११।२ निवेदक : का.जि. पाको पोखलड्याङ बस्ने अष्टनारायणकी श्रीमती जगतमाया मानन्धर्नीसमेत विरूद्ध विपक्षी : ऐ.बस्ने इन्द्रनारायण मानन्धर मुद्दा : बहाल भराई घरबाट उठाई पाउँ (१) तत्काल प्रचलित अपुतालीको ११ नं.–जसले सही संभार गर्छ उसैले अपुताली पाउने बज्यै चिगडीको वादी इन्द्रनारायण आफ्नै छोरापट्टिको नाति र प्रतिवादी अष्टनारायण सौतेनी छोरापट्टिको नाति भन्ने देखिएकोले वादी तथा वादीतर्फका विद्वान अधिवक्ताको जिकिर अनुसार चिगडी मरेपछि निजको हकको सम्पत्ति स्वतः वादीको हक हुने हो कि भन्नलाई चिगडी र वादीसमेत एकाघर सगोलमा बसी आएका नभई चिगडी वादीको बाबु पञ्चनारायण प्रतिवादी अष्टनारायणसमेत सगोलमा मिली खान बस्नसमेत नसकी भिन्दा भिन्दै बस्न पर्दा भन्नेसमेत व्यहोरा पारी १९७४ सालमा बण्डापत्र भए गरेको र सो बण्डापत्र हुँदा यो झगडा परेको घर चिगडी र प्रतिवादी अष्टनारायणको भागमा आधि बण्डा परेको भन्ने तथ्यलाई वादीसमेतले मानी राखेकैले यसरी छुट्टी भिन्न भई बेग्लै बसेकी चिगडी मरेपछि उनकै छोरापट्टिको नाति भएको नाताले स्वतः वादीको हक हुन सक्ने देखिँदैन किनकि तत्काल प्रचलित अपुतालीको ११ नं.मा छोरा छोरीले सम्भार नगर्दा हकवाला दाजुभाइले आफूसित लगे वा उसैका घरमा गई सही सम्भार गरेको रहेछ भने त्यो मरी अपुताली पर्यो भने सही सम्भार गर्ने हकवाला दाजु भाइले पाउँछ सही सम्भार नगर्ने छोरा बुहारी हकवालाले पाउँदैन भन्ने लेखिएको छ त्यसकारण जसले सही सम्भार गरेको थियो उसैले पाउने प्रष्ट छ । (प्रकरण नं. १३) (२) हदम्याद नाघी सकेकोमा असत्य कुराको भूमिका बनाई नालेस गरी दावी गर्नेलाई कानूनले कुनै मद्दत गर्न नसक्ने । तत्काल प्रचलित अपुतालीको २५ नं.मा जसको अपुताली परेको हो सो मरेको ३ बर्षभित्र खोजी नगरे माया मारेको ठहर्छ । म्याद नाघिसकेपछि नसुन्नु भन्ने कानूनी व्यवस्था छ । चिगडीको अपुतालीको घर अष्टनारानले भोग चलन गरी राखेकोमा आफ्नो हक लाग्ने भए उक्त ऐनको हदम्याद ३ बर्षभित्रै वादीले हक खोजी नालेस गर्नु पर्ने थियो सो नगरी उक्त ऐनको हदम्याद नाघिसकेपछि बहालमा बस्न दिएको भन्ने असत्य कुराको भूमिका बनाई नालेस गरी पछि अपुतालीको हकबाट दावी गर्ने वादीलाई कानूनले कुनै मद्दत गर्न सक्तैन मेरो ब्लक नं. १९६।१९७ र झगडा परेको नं.१९८ को घर मध्ये केही भाग मिलाई नयाँ बनाउनलाई झगडा परेको घर मेरो आफ्नै भनी उत्तर साँध लेखी ०१२ सालमा नक्सा पासको दर्खास्त दिई पास पूर्जिसमेत पाएको सो नक्सा पास गर्दा का.न.पा.ले म्याद टाँस गरेकोमा वादीले विरोध उजूर गर्न नसकेको भनी का.न.पा.को छापसमेत लागेको का.न.पा.गो.बाट भनी १२।८।७।३ को मिति राखी दिएको नक्सासमेत प्रतिवादी तर्फबाट हाल छलफलमा देखाइएकोमा सो नक्सा पासको सम्बन्धमा वादी तर्फबाट कुनै सन्तोषजनक विरोध दर्शाउन पनि नसकेकोसमेत हुँदा अपुतालीको नाताले प्रतिवादी अष्टनारायणले हक भोग गरी राखेको चिगडीको भागको घरमा ०१८ सालमा परेको यो नालेसबाट वादीको दावी लाग्न सक्ने देखिएन । (प्रकरण नं. १६) निवेदक तर्फबाट : अधिवक्ता सर्वज्ञरत्न तुलाधर, अधिवक्ता नारायणमान श्रेष्ठ विपक्षी तर्फबाट : अधिवक्ता