निर्णय नं. ७४८ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४८ - जग्गा खिचोला भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/03/08 २०६६ निर्णय नं. ७४८ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको दे.फु.नं. १६८ फैसला भएको मिति : २०३०।३।८।६ निवेदक : जि.कास्की पुराना कास्की भीरमुनि बस्ने गोविन्दप्रसाद अधिकारीसमेत विरूद्ध विपक्षी : ऐ.पुराना कास्की छिपछिपे पानी बस्ने टीकाराम त्रिपाठीसमेत मुद्दा : जग्गा खिचोला (१) शंकासम्मको आधारमा सन्धी ठहराउन मिल्ने नदेखिने । उपरोक्त जिल्ला भित्रको झगडा परेको जग्गा मध्ये बीचमा भएको नं.नं.२९ को वान्नोदेखि पूर्वतर्फको जग्गाको हकमा घडेरीहरूसमेत भएको नक्साबाट देखिन्छ प्रतिवादी जिकिर अनुसार सन्धीको जग्गा भए त्यसरी घडेरीसमेत हुनुपर्ने थिएन । नं.नं.२९ को पर्खालदेखि पश्चिमको जग्गा पनि दर्ता भित्रको भए सो जग्गालाई बाहिर पारी सो नं.नं.२९ को वान्नो लगाउनु नपर्ने र जग्गा पनि पानीको आहाल बुटेन बाँझो चौरसमेत भएको देखिएकोले कसो हो भन्ने शंका उठेको हकमा सो नं.नं.२९ को वान्नो देखी पूर्व र पश्चिम तर्फको धेरै जनाका नाममा दर्ता भएको जग्गा हुनाले दर्तावाला मध्येका कसैले आफ्नो भागको जग्गा मलाई मात्र घेरी सो नं.नं.२९ को पर्खाल लगाएको पनि हुन सक्ने कुरा हो आहाल चाहिँ ९१ सालकै दर्खास्तको किल्ला गौंथली आहाल भएको र चौर बुटेनको हकमा दर्ताको भए पनि खर घाँस पाल्न जग्गा आवाद नगरी बाँझो राखेकोबाट त्यस्तो हुन सक्नेसमेत हुँदा ९१ सालमा दर्ता हुँदा दर्खास्तमा लेखाई राखेको ४ किल्लाभित्रै पर्ने नं.नं.४४ को भत्केको घडेरी नं.नं.५१ वान्नो नं.नं.११४।११५।११६ बासको झ्याङ्ग नं.नं.३० भिमप्रसादको घर आवादी पाखोसमेत भएको जग्गालाई उपरोक्त शंकासम्मको आधारमा सन्धी ठहराउन मिल्ने देखिँदैन । (प्रकरण नं. १३) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल फैसला न्या. धनेन्द्रबहादुर सिंह १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहोर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२८।८।१२।१ मा हुकुमको प्रमांगी बक्स भई दोहोरिएकोबाट यसबेञ्च समक्ष पेस हुन आएको छ । २. मुद्दाको विवरण यसप्रकार छ : २५।४० साल अगावै प्राचिन कालका जाँचमा हाम्रा पुर्खा बाजेहरूको दर्ताको गोडा लगाई बाजेहरूका नाउँमा र सोही गोडा लागी ९१ सालका जाँचमा पूर्व भञ्ज्याङ थुम्की पश्चिम गौंथली आहाल उत्तर पानी ढलो दक्षिण थेप्चे ढुड्डो यति ४ किल्ला भित्रको पहेर पानी बाथले डाँडो भन्नेसमेतको पाखो जग्गामा म नन्दलालका बाबु धनपतिका नाउँमा बीजमाना ।।१।५ म दिलनाथको जेठा बाबु जयलालका नाउँमा बीजमाना ।।.।१।५, म चन्द्रकान्तको पिता हरिलालका नाउँमा ।१।५, म रामप्रसादका पिताज्यू रुद्रमानका नाउँमा बीजमाना ।।१।५, म मनहरिका पिता गोविन्दका नाउँमा बीजमाना ।.।१।५ म गोविन्दका पिता भागिरथका नाउँमा बीजमाना ।१।५ म पवनलालको दाजु नरपतिका नाउँमा बीजमाना ।।१।५ म पदमलालकै दाजु आत्मारामका नाउँमा बीजमाना ।.।१।५ म पदमलालका नाउँमा बीजमाना ।।१।५ म जयलालको पिता रविलालका नाउँमा बीजमाना ।।१।५ म विरस्पतिको पिता जगन्धरका नाउँमा बीजमाना ।.।१।५ म देवीप्रसादको पिता मनिरत्नका नाउँमा बीजमाना ।।१।५ म टिकारामको पिता शिवलालका नाउँमा बीजमाना ।।.।१।५ म वालारामको दाजु लिलेका नाउँमा बीजमाना ।।१।५ म सानु जयलालको पिता कलेका नाउँमा बीजमाना ।।१ म हरिप्रसादको पिता कञ्चनका नाउँमा