निर्णय नं. ६५६ - जग्गा वाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५६ - जग्गा वाली भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/११/१३ २३९३ निर्णय नं. ६५६ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२७ सालको देवानी फुल बेञ्च नम्बर ११८ फैसला भएको मिति : ०२८।११।१३ निवेदक : याङरुप गङ्गा वा.बस्ने बुद्धिराज राई समेत बिरुद्ध विपक्षी : ऐ.ऐ. गंगावा बस्ने टेकबहादुर लिम्बु मुद्दा : जग्गा वाली (१) बदर गराउन नसकी अन्तिम भई बसेको कुनै पनि अदालतको फैसलाको विपरित पछि गरिएको जिकिरले बदर हुन नसक्ने । हालको वादीमा बढी किल्ला पक्रेकोसमेत ध्यान आकर्षित गरिएन भन्ने तर्कलाई अघिका फैसलामा उल्लेख भएका किल्ला कहाँ पर्दो रहेछ हाल वादीले पक्रेको जग्गा सो किल्ला भित्र बाहिर के रहेछ र प्रतिवादीले हाम्रो रैकर भनी इन्कार लिएको धोजे दर्ताको जग्गा कहाँ रहेछ भनी त्यसतर्फ यकिन गर्न २ थर रोहवरमा रही लेखाई देखाई सहिछाप गरेको गाउँको प्रधानपञ्च सदस्यसमेत रोहवरमा रही खडा भएको २२ सालको नक्सा हेर्दा वादीले किपट भनी लेखाएको ताप्लेजुङ अमिनिको १५ सालको फैसलामा लेखिएको मेवाखोला दोभान गजर सिं लिम्बुसमेतको साँध भन्नेसमेतका ४ किल्ला उल्लेख भएका ठाउँको नाउँ त्यो हैन सो नाउँ गरेको ठाउँ यो हो भनी प्र.जिकिर लिन नसकी अघिका फैसलामा किल्ला उल्लेख भएको नाउँको ठाउँ सोही नै हो भन्ने कुरामा प्रतिवादी पनि सहमतै भएको देखियो, सोही ४ किल्ला भित्रको जग्गालाई मेरो किपट बारी हो बुद्धिराजसँग झगडा पर्दा जितेको भनी वादीले र हाम्रो धोजे दर्ताको रैकर भनी प्रतिवादीहरूले जिकिर लिएकोमा अघि झगडा पर्दा फिरादीले जितेको जग्गा यो हैन यस बाहेक अन्यत्र यस ठाउँमा छ भनी प्रतिवादीले जिकिर लिन देखाउन नसकेका र प्रतिवादीले हारी १५ सालमा ताप्लेजुङ अमिनिबाट र सो इन्साफमा सदर भई धनकुटा अपीलबाट १६ सालमा छिनिएको फैसला बदर गराउन प्रतिवादीहरूले नसकेको न्याय प्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा १० को उपदफा (क) मा कुनै मुद्दामामिलामा अदालतले गरेको निर्णय अन्तिम हुनेछ र सो निर्णय त्यस मुद्दामामिलाका दुवै पक्षलाई मान्न कर लाग्नेछ भन्ने उल्लेख भएकाले उक्त फैसलाको विपरित हाल गरेको जिकिरले सो फैसला बदर हुन नसक्ने । वादीले १५ सालमा लेखाएका ४ किल्ला भित्रकै जग्गामा हाल झगडा परेको देखिए पनि अघि झगडा परी जिती पाएको जग्गा भनी वादी पक्षले र हाम्रो धोजे दर्ताको रैकर जग्गा हो भनी प्रतिवादीले जिकिर लिएको कुरा २ ठाउँमा लेखिएकाले सो मध्ये नक्सा नं.२ वादी टेकबहादुरको घर पाली खाली कटेरो भन्ने ठाउँको जग्गा फिरादीको किपट र सो बाहेक बरबोटे भन्ने जनिएको ठाउँको सिर डाँडादेखि पश्चिम मेवाखोला तर्फको धोजे दर्ता भनेको भन्ने उल्लेख भएको न.नं.३६ को जग्गा प्रतिवादीहरूको धोजे दर्ताको रैकर देखिन्छ भनी निवेदक प्रतिवादी पक्षका वकिलले छलफलमा उठाउनु भएको तर्कलाई सो बमोजिम हो भन्ने कुरा प्रतिवादीहरूले आफ्नो प्रत्यूत्तरमा जिकिर लिन नसकेको बुद्धिराजको घर भनी जनिएको ठाउँ नजिकमा धोजे दर्ता मेरो हकको भनी बुद्धिराजले भनेको भन्ने पनि जनिएको सोही ठाउँ नजिकै पिपरा रानिबाट सट्टा पाएको बारी भनी वादीले भनेको भन्ने पनि जनिएको पिपरा रानिबाट वादीले सट्टा पाएको जग्गा धोजे दर्ताको रैकरमध्येको हो भन्ने कुरा अघिका फैसलाहरूबाट देखिनाले सो ठाउँमा भएको धोजे दर्ताको रैकर जग्गाका नाताले भिर डाँडादेखि पश्चिमको न.नं.३६ को जग्गा पनि धोजे दर्ताको कायम गर्न उपरोक्त कारणल