निर्णय नं. ७५० - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/01/28 २१९२ निर्णय नं. ७५० ने.का.प. २०३० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्वराज सम्वत् २०२८ सालको रिट नम्बर १०३२ आदेश भएको मिति : २०३०।१।२८।५ मा निवेदक : जि.धनुषा तारापट्टि सरसिया पं.वार्ड नं.७ बस्ने डाक्टर हुकुमदेव शाह विरूद्ध विपक्षी : श्री ५ को सरकार, स्वास्थ्य सेवा विभागको महानिर्देशकसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अस्थायी पदबाट दिएको राजीनामा स्वीकृत गरिएको भई स्थायी पदबाट दिएको राजीनामा स्वीकृत भएको नदेखिए स्थायी नियुक्ति भएको पदमा कामकाज गर्न दिनु भन्ने परमादेशको आदेश दिने ठहर्ने । तसर्थ निवेदकले डडेलधुरा अस्पतालको मेडिकल अधिकृत पदको स्थायी नियुक्ति भएको पदबाट राजीनामा गरेको नभई अस्थायी नियुक्ति भएको अवस्थामा विशेषज्ञ भएको हुँदा सरकारी मिति अनुसार सहुलियत प्राप्त स्थानमा सरुवा गरियोस अन्यथा राजीनामा स्वीकृत गरिपाउँ भनी शर्त सहितको माग गरेकोमा अस्थायी पदबाट दिएको राजीनामा स्वीकृत गरिएको र निजले स्थायी नियुक्त भएको पदबाट राजीनामा दिएको स्वीकृति भएको नदेखिँदा निवेदकलाई स्थायी नियुक्ति गरिएको पदमा कामकाज गर्न दिनु भनी श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयका नाउँमा परमादेशको आदेश दिने ठहर्छ । यो आदेशको प्रतितिपि विपक्षीकहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाइदिनू । (प्रकरण नं. ६) निवेदक तर्फबाट : अधवक्ता शुसिलकुमार सिन्हा विपक्ष तर्फबाट : सरकारी अधिवक्ता प्रचण्डराज अनिल आदेश न्या. वासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी स्वास्थ्य सेवा विभागको मिति ०२७।१०।७ को आदेश र श्री ५ को सरकारको मिति ०२७।१०।२।६ को निर्णय तथा मिति ०२८।५।७ को निर्णयसमेत बदर गरी परमादेशको रिटद्वारा निवेदकको स्थायी नियुक्ति पदमा कामकाज लगाई हक प्रचलन गराई पाउँ भनी मिति ०२८।९।११।१ मा रिट निवेदन दर्ता भएको रहेछ । २. यस रिट निवेदनमा संक्षिप्त तथ्य यस प्रकारका छन् : श्री ५ को सरकारको मिति ०२६।९।२२ को निर्णय बमोजिम निवेदक डडेलधुरा अस्पतालको मेडिकल अधिकृत पदमा हाजिर भएका मितिदेखि तलव खान पाउने गरी ६ महिनाको अस्थायी नियुक्ति पाई स्वास्थ्य मन्त्रालय, स्वास्थ्या सेवा विभागबाट मिति ०२६।११।१३ मा भ्रमण आदेश लिई मिति ०२६।१।१२।७ गते डडेल्धुरा अस्पतालमा बहाल गरेको रहेछन् । डाक्टरहरूको सरुवा तथा नियुक्ति विषयमा श्री ५ को सरकारको मिति निर्धारण सूचना २०२७ साल भाद्र १८ गतेको गोरखापत्रमा प्रकाशित हुँदा सो नीति बमोजिम निवेदक चाइल्ड स्पेसलिष्ट विशेषज्ञ हुँदा सो सेवा उपलब्ध गराउने अस्पतालमा सरुवा गरिपाउँ भनी स्वास्थ्य सेवा विभागमा निवेदन गरेकोमा कुनै कारवाइको सूचना नपाएको हुँदा सरकारी नीति बमोजिम सरुवा नभएको हुँदा सरकारी नीति बमोजिम विशेषज्ञ उपलब्ध अस्पतालमा वा अन्यत्र सहुलियत प्राप्त अस्पतालमा सरुवा गरिपाउँ अथवा राजीनामा स्वीकृत होस् भनी मिति ०२७।७।१२ मा अस्थायी पदबाट राजीनामा गरेको रहेछन । निवेदकले स्थायी तथा पेन्सन पाईन मेडिकल अधिकृत पदहरूको लागि लोकसेवा आयोगको परीक्षा दिएकोमा उत्तिर्ण भएको लोकसेवा आयोगको सिफारिसमा श्री ५ को सरकारले मिति ०२७।८।९ को निर्णयद्वारा डडेलधुरा अस्पतालको रा.पं.(प्रा.) तृतीय श्रेणीको मेडिकल अधिकृत पदमा स्थायी नियुक्ति गरेकोमा सो नियुक्तिपत्र स्वास्थ्य सेवा वि