निर्णय नं. ७५१ - निषेधाज्ञा जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५१ - निषेधाज्ञा जारी गरिपाउँ भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/12/27 २५३७ निर्णय नं. ७५१ ने.का.प. २०३० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२९ सालको दे.विविध नम्बर ६७५ फैसला भएको मिति : २०२९।१२।२७।२ मा निवेदक : काठमाडौं जिल्ला ठमेल १५।९० घरमा बस्ने जि.न्या.डिल्लीबहादुर कार्की विरूद्ध विपक्षी : श्री बिमा संस्थान, मुकाम आर.एन.ए.सी.भवन टुंडिखेल काठमाडौंसमेत मुद्दा : निषेधाज्ञा जारी गरिपाउँ (१) बिमा गरिएको रकम पाउने हकदार (नोमिनी) को नाम स्पष्ट उल्लेख भएको देखिए बिमा ऐन, २०२५ बमोजिम बिमा सम्बन्धी कारोवारमा निषेधाज्ञा जारी गर्न नमिल्ने । मेरो एकाघरको छोरा सहसे उलेन्द्रध्वज कार्की हवाई दुर्घटनामा परी परलोक भएको र निजले इन्सोरेन्स गरेको बिमा संस्थानबाट पाउने रकम रू.८०,०००। असी हजार बुहारी मन्जूलाई मात्र एकलौटी दिने आशंका भएकोले अंशबण्डाको १, ५, १८ नं.ले बण्डा लाग्ने सम्पत्ति नागरिक अधिकार ऐन, २०१२ को दफा ३ र ऐ.दफा ६ को (छ) समेतको अधिकारमा आघात हुने आशंका भएकोले दफा १७ को उपदफा (२) अनुसार निषेधाज्ञा जारी गरिपाउँ भन्ने निवेदकको मुख्य निवेदन जिकिर भएकोमा प्रतिरक्षीहरूबाट प्राप्त हुन आएका लिखितजवाफमा बिमा ऐन, २०२५ को दफा १५ अन्तर्गतको प्रस्तुत मुद्दा हुँदा निषेधाज्ञा जारी हुन पर्ने हो होइन भन्ने मुख्य जिकिर लिइएको पाइयो । तत्सम्बन्धमा कानूनी व्यवस्था के रहेछ भनी हेर्दा बिमा ऐन, २०२५ को दफा १५ मा “इच्छाएको व्यक्तिले पाउने” भनी उपदफा (१) मा कुनै “जीवन बिमा लेखेको अवधि समाप्त हुनु अगावै सो बिमा लेख लिने व्यक्ति मृत्यु भएमा बिमा लेख अनुसारको रकम निजले आफ्नो बिमा लेखमा इच्छाएको व्यक्तिले पाउने छ । निजले कसैलाई इच्छाएको रहेछन् वा इच्छाएको व्यक्तिको मृत्यु भएमा निजको देहाएका नाता पर्ने आश्रितहरू मध्ये क्रमानुसार जुन अघिल्लो जीवित रहन्छ उसैले पाउने छ भनी (क) मा “पति वा पत्नि” (ख) मा अविवाहित छोरा छोरीहरूमा बराबर हिस्सामा” र (ग) मा “बाबु आमा” भन्ने उल्लेख भएको देखियो प्रस्तुत केशमा विवादमा आएको बिमा ऐन, २०२५ बमोजिम राष्ट्रिय बिमा संस्थान र एयर बोर्न सपोर्ट ट्रान्सपोर्ट विङ्ग त्रिभुवन एयरपोर्टका बीच करार भई सह–सेनानी उलेन्द्रध्वज कार्कीसमेतका व्यक्तिहरूका जीवन बिमा भएको बिमा संस्थानका तर्फबाट उपस्थित बिमा अधिवक्ताले बेञ्च समक्ष देखाउनु भएको बिमा लेखको प्रतिलिपिबाट देखिन्छ । उक्त बिमा लेखमा बिमा गरिएको रकम पाउने हकदार (नोमिनी) मा श्रीमती मन्जू कार्कीको नाम स्पष्ट उल्लेख भएको देखिएबाट बिमा ऐन, २०२५ बमोजिम बिमा सम्बन्धी कारोवारमा निवेदकका मागबमोजिम निषेधाज्ञाको आदेश जारी गर्न मिल्दैन, निवेदन खारेज हुने ठहर्छ । प्रस्तुत मुद्दा कोर्टफी लागी दायर भएको हुनाले सजाय गर्नु परेन । श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा किनारा भएको जाहेरार्थ एकप्रति प्रतिलिपि मौसूफका विशेष जाहेरी विभागमा पठाई, मिसिल नियमबमोजिम गरी बुझाई दिनू । (प्रकरण नं. ६) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : अधिवक्ता झुलेन्द्रप्रसाद छत्कुली अधिवक्ता मोतिकाजी स्थापित फैसला न्या. वासुदेव शर्मा १. नागरिक अधिकार ऐन, २०१२ को दफा १७ को उपदफा २ अन्तगरत बागमती अञ्चल अदालतमा मिति २०२९।९।६ मा दर्ता भएको प्रस्तुत केशमा श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभाग सवारी शिविर सुर्खेतमा परेको द.नं.८७ को निवेदन पत्रमा बक्स भई आएको